शरणार्थी समस्या समाधानका लागि प्रधानमन्त्रीको निर्देशन

७मंशिर
बेलडाँगी÷ ९ दिन देखि अनसनमा बसेका शरणार्थी समाधानका लागि प्रधानमन्त्री डा। बाबुराम भट्टराईले गृह मन्त्रालयमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
काठमाण्डौंमा रहेका भूटानी अगुवा कमल कोइरालाले प्रधानमन्त्री समक्ष पीडित शरणार्थीको माग सुनवाई गर्न महिला समूहले पठाएको ज्ञापन पत्र बुझे पछि प्रधानमन्त्री सचिवालय मार्फत उनले सो निर्देशन दिएका हुन् । ३ दिन अघि राहत बन्चित पीडित शरणार्थी समूह मुल समितिका संयोजक नन्दु पौडेलले समेत हेल्लो सरकार मार्फत शरणार्थीको आमरण अनसनबारे सरकारको ध्यानकर्षण गराएको जनाएका छन् ।
दमक स्थित भुटानी शरणार्ी शिविर बेलडाँगीमा पहिचानको माग सहित ९ दिन देखि आमरण अनसनमा बसेका शरणार्थी महिलाहरुको स्वास्थ्य अवस्था भने गम्भिर बन्दै गएको छ । अनसनमा बसेका मध्ये रेनुका मगर र चन्द्रमाँया खड्काको स्वास्थ्य स्थिती गम्भिर बने पछि बुधबार अस्पताल भर्ना गरिएको छ । यस अघि समेत ४ जना अनसनकारी महिलाको स्वास्थ्य अवस्था गम्भिर बने पछि अस्पताल भर्ना गरिएको थियो । अनसनकारीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गए पछि आम्दा अस्पताल मार्फत संचालित उपस्वास्थ्य केन्द्रका धनप्रसाद अधिकारी सहितको टालीले अनसन स्थानमानै खटिएको छ । स्वास्थ्य अवस्था गम्भिर भएका अनसनकारीलाई अनसन स्थलमानैं स्लाईन दिईने र अवस्था जटिल बनेमा उपचारका लागि ुरेफरु गरिने जनाईएको छ ।
बुधबार अनसन स्थलमा पुगेर नेपाल मानब अधिकार संगठनका केन्द्रिय सदस्य तथा पूर्वााचल सायोजक डा। केपि सुवेदीले शरणार्थीका माग बारे संगठनको केन्द्रिय समितिले सरकारको ध्यानाकर्षण गराईरहेको बताए । टोलीमा संगठनका केन्द्रिय सदस्य चित्रबहादुर बस्नेत तथा शरणार्थी अगुवा डा। भम्पा राई समेत सहभागी थिए ।
अनसनमा बसेका शरणार्थी महिलाहरुले माग पूरा गर्न नेपाल सरकार र दातृनिकायबाट ुबिस्वसनियु प्रतिबद्धता नआए सम्म अनसन नतोड्ने अडान दोहोर् याएका छन् । परिचय तथा राहत पिडीत शरणार्थी महिला समूहकी सायोजक दुर्गादेवी बिष्टले वास्तविक शरणार्थीहरु राहत र पहिचानबाट बिाचत हुनु परेकाले माग पूरा नभए सम्म आन्दोलन नरोक्ने बताईन् ।
यसै बिच अनसनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झापा क्षेत्र नम्बर-७ का सभाषद विश्वदिप लिङ्देन बुधबार साँझ अनसन स्थलमा पुगेका छन् । सो क्रममा शरणार्थीका माग प्रति ऐक्यबद्धता जनाउँदै उनले ति माग बारे संसदमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

0 प्रतिकृया:

Post a Comment