शरणार्थी स्थानान्तरण तिब्र

७मंशिर
बेलडाँगी÷ झापाको भूटानी शरणार्थीबाट शरणार्थीहरुलाई बेलडाँगी स्थान्तरण गर्ने कार्यले तिव्रता पाएको छ ।
बुधबार सम्म टिमाईबाट १४ घर परिवारका ८० जना शरणार्थीलाई स्थान्तरण गरिसकिएको टिमाई शिविर सचीव युवराज राईले बताए । केही समय अघि झापाका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालसहितको टोली स्थान्तरण गर्न उपयुक्त नभई थप छाप्रा मर्मत गर्नु पर्ने बताएका थिए ।
शिविर स्थान्तरणका लागि शनिश्चरे र बेलडाँगी गरी ९ सय १४ छाप्रा निर्माण गरिने विश्व लुथनरन फेडेरेशनले जनाएको छ ।
पछिल्लो समय भूटानी शरणार्थी शिविर टिमाईको जनसंख्या ५७ सय जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

0 प्रतिकृया:

Post a Comment