बादलले भने-कब्जा जग्गा फिर्ता हुँदैनु

एकिकृत नेकपा माओबादीका महासचिव रामबहादुर थापा ुबादलुले युद्धका क्रममा पार्टीले कब्जा गरेको सम्पत्ति फिर्ता नहुने बताएका छन् । सो क्रममा पार्टीले कब्जा गरे पनि ति जग्गा भुमिहिनहरुले उपभोग गरि रहेकाले फिर्ता गर्न नसकिने बताएका हुन् ।
बुधबार दमकमा पत्रकारहरुसँग कुरा गर्दै उनले युद्धको क्रममा कब्जा गरिएको सम्पति उपभोग गरि रहेकाहरुलाई बैकल्पिक व्यवस्था नगरि फिर्ता गर्न नसकिने अडान दोहोर् याए । सो अघि उनले कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणमा पार्टी नेतुत्व क्रान्तिकारी धारबाट बिचलनतर्फ लागेको आरोप लगाएका थिए । उनले पार्टीलाई बैचारीक रुपमा बचाई राख्ने नयाँ निर्णयका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
उनलॆ लडाकुको पुनबर्गिकरण आत्मसमर्पण भएको भएको समेत बताए । उनले देश र जनताका लागी लडेका जनमुक्ति सेनाका लडाकुहरु समान्य हिसाबमा समायोजनाको स्पष्ट खाका नआइ बर्गिकरणमा जानुले उनीहरुका भबिष्य अन्यौलमा रहेको टिप्पणी गरे ।

कार्यक्रममा पार्टी सचिव सीपी गजुरेलले बीपा सम्झौता सातबुँदे सहमति लागायतका बिषयले जनता र कार्यकर्तामा निराशता बढाएको टिप्पणि गरे । उनले बिचारबाट स्खलितहरुले ुसर्वहारा वर्गको मुक्तिको आन्दोलनु लाई हाँक्न नसक्ने बताए । कोचिला राज्य समितिले आयोजना गरेको प्रशिक्षणका २ सय भन्दा बढि कार्यकर्ता सहभागी थिए ।

0 प्रतिकृया:

Post a Comment