थालियो महोत्सवको तयारी

९ मंशिर
दमक÷ आगामी मंसिर १६ गते देखि हुने प्रथम ऐतिहासिक तोपगाछी महोत्सव २०६८ को तयारी पूरा तिव्र पारिएको छ ।
महोत्सवको तयारीका लागि बजार तथा चोक सरसफाई थालिएको छ । बजारमा छाडा चौपाया नछोड्न प्लाष्टिक तथा फोहर नफाल्न लगायतका आग्रह गर्दै झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखा स्टार क्लव मेची युनेस्को क्लव लगायतले माईकिङ तथा मोटरसाईक र् याली गरेका छन् । झापा उध्योग वाणिज्य संघ शाखा तोपगाछीको आयोजना तथा तोपगाछी गाविस मेची युनेस्को क्लव सृजना क्लव स्टार क्लव सह-आयोजक रहेको महोत्सवमा नमूना मूल कृषक समूह र नेपाल आदिवासी जनजाति महासंघ इकाई तोपगाछीको प्राविधिक सहयोग रहने छ । यसैगरी महोत्सवलाई व्यवस्थापन गर्ने जिम्मा कोर्खा बजार व्यवस्थापन समितिको रहेको छ ।
आगामी २०६८ साल मंसिर १६ गते देखि पुष ३ गते सम्म साचालन हुने महोत्सवमा विभिन्न खाद्यवस्तु तथा सेवाहरुको एकै स्थलमा प्रदर्शन गरिने स्थानीय वस्तु तथा सेवाको बजार प्रबदद्धन गर्नुका साथै उद्योगी व्यवसायीलाई प्रोत्साहान गर्ने उत्पादक र उपभोक्ताबीच राम्रो सम्बन्ध स्थापित गर्ने कृषि पेशालाई व्यवसायिक बनाउन अभिप्रेरित गर्ने व्यवसायिक चेतना अभिवृद्धि गर्ने सूचना प्रविधि सम्बन्धी जानकारी गराउने पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रको अवसर खोजी गर्ने तोपगाछी गाविसलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने लगायतका उद्देश्य रहेको महोत्सव साचालन उप-समितिका सचिव प्रदीप राईले जानकारी दिए ।
एक लाख दर्शक भित्र्याउने र ३ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिइएको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा चौधरी ग्रुप्सले मूल प्रायोजकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment