मिलन एफसी बीले उपाधि जित्यो

दमक । दमक १२ मा भएको खुल्ला नकआउट फुटवल प्रतियोगिताको शनिवार भएको फाइनल खेलको उपाधि मिलन एफसी बीले हात पारेको छ । उसले थप १० मिनेटको समयमा फरेन युनाइटेड क्लव दमक १२ लाईपछि पादै उपाधि जितेको हो । बिजेता मिलनको टिमले नगद ११ हजार रुपैयाँ र उपबिजेता फरेनले ८ हजार रुपैयाँ ट्रफी र प्रमाण पत्र पाएको थियो । खेल अवधि भर दुवैटिमबाट कुनै गोल नभए पनि थप समयको ३ मिनेटमा मिलनको तर्फबाट १–० गोल अन्तरले हराएको थियो ।
खेलको म्यान अफ द टुनामेन्ट फरेन क्लवका खेलाडी विशाल तामाङ, प्रतियोगिता अवधि भर धेरै गोल गर्ने मिलन एफसी एका बिवेक कुमाल र फाइनल खेलको म्यान अफ दी म्यार्च मिक्चन तामाङलाई समापन कार्यक्रमका प्रमुख अतिथि दमक १२ का समाजसेवी गजेन्द्र लावतीले  मेडल प्रदान गरेका थिए । प्रतियोगितामा ११ टिम सहभागी रहेको आयोजक भिएफसी दमक १२ले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment