‘अधुरो जीवनको मेरो अन्तिम आत्म कथा’ - कृति समीक्षा

– प्रविन राई ‘‘आँसु’’
यो मनले के भन्छ थाहा छैन यो अर्ध चेतन मनले कता डोहे¥याउँछ त्यो पनि थाहा छैन, यदि थाहा छ यसको अन्ततः मृत्यू पो रहेछ । मृत्यू जीवनको दोसाँधमा अन्ति घडीको पर्खाईमा स्वास लिई रहेको छु मृत्यू सबैको हुन्छ त्यो धु्रव सत्य हो, तर किन त्यो कोहि मृत्यूले अंगाल्न सकेको छैन मलाई । अब त सहनुको सिमा कति जीवनमा जीतै जीत पनि त चाहेको थिईन, जीवन जीत र हारको संगम पनि हो तर किन जीवनमा हारै हार भो ।
आम मानिसहरुले जस्तै जीवनलाई भोग्न चाहन्थेँ तर किन आज यस्तो भो जीवन, कस्लाई भन्ने दैव या नियती मृत्यू भन्दा पनि गाह्रो भो यो शरीरले भोगीरहेको यातनाहरु यस धर्तीमा आमाको काख बाट जन्म लिए देखि गर्नुपर्ने कामहरु त गरीनै रहेकै थिएँ जस्तै लाग्थ्यो तर किन आज यस्तो भो । मलाई ? एउटै छुुट्टै कहानी बोकेर जीवनको यो अन्तिम घडीमा जीवनलाई जलाएर आज नजीकबाट चिहानको पर्खाइमा बसिरहेको छु । धेरै छन् ब्यथाहरु यती लामो यातनाहरु कमैले मात्र भोगेका होलान् यो निर्दयी समयले जीवनमा दिएको सङ्कटहरुलाई कस्ले पो छेक्न सक्छ र ? यो शरीरले त साथ दिन छोडिसक्यो झन् एलोपेथिक औषधीहरुको थुप्रोले चुर्लुम्म पुरीसक्यो ।
त्यती मात्र कहाँ हो र ? यो जीर्ण शरीर अनि यी औषधीहरुको साईड इफेक्टहरुले चेतनालाई पनि अर्ध चेतन अवस्थामा पु¥याई सक्यो । आईया आथ्था मरेँनी आमा शरीर जलेर भत्भती पोल्यो मैले सायद पाप गरेको थिएँ की ? किन यसरी तड्पीनु प¥यो ? आँखा भासिई सक्यो, यत्रो मोटो शरीर अब त हाड र छाला मात्र बाँकी छ । हुन पनि किन नहोस् ? शरीरमा अन्नका दाना परेकै छैन, खाना पटक्कै रुचेको छैन । जबरजस्ती खाए पनि ओकलीहाल्नु पर्छ । कहिले आउला त्यो काल किन यसरी तड्पाउँदै छौ ? यसरी नै बरबराई रहन्छु । सहनुको सिमा नै छैन, वर्षाको त्यो कालो महिना हिलो झरी सँगै हरहर रुँदैछु । यो एक मुठी सास छोड्न खोज्दा नी कहाँ पो जान्छ र ? झन् कष्ट थपिँदै छ । दुबै खुट्टा भरी आलो घाउ पाकेर पिपको खोला बगी रहेको छ । लैजा न ए काल लैजा पल्लो घरे त साह्रै पो भएछ क्यारे, आज देखिको हैन जुग वितिसक्यो... केको श्राप प¥यो की ? भद्र पशु तड्पीरहन्छ पलपल । कान्छा ए कान्छा कस्तो तिमीलाई छ ? काठमाडौँबाट उपचार गरेर आको हैन ? अब त ठीक हुनुपर्ने ठूलो ठाउँमा उपचार गरेर अब त राम्रो हुनुपर्ने यस्तै आवाजहरु गुञ्जीरहन्छन् ।
 यसमा कुनै कुरा मृत्यूलाई त जित्न सकिन जीवन प्रेमलाई संगाल्न सकिन तै पनि हाँसोले सजाएर आफूलाई आँशुलाई त जितेनी तर मिलनको सपना संगालेर बाँच्दै थिएँ । सम्हाल्न सकिन  विछोडको त्यो घाउलाई यस्तै रहेछ समयको कठ्घारामा उभिएर बाध्यतामा जिउनुपर्ने जीवन । यो जीवन त मेरो यस्तै वित्यो यदी अर्को जन्म लिएँ भने म मेरो आमा–बुवा, ईष्ट–मित्र सम्पूर्णलाई अनि मेरो परिवार सँगै सारा खुसी बाँडेर विताउँला बाबा आमाको बुढेस्कालको साहारा बनौँला । जीवन जिउन्जेल सबैलाई सहयोग गरौँला । जती गर्नुपर्ने मेरा लागि मैल गर्न सकिन र कसैको लागि पनि गर्न सकिन । मेरो जीन्दगि देखि धिक्कार लागेको छ । म जन्मे देखि अन्त्य काल सम्म हेर्छु तर सबै मेरो साथी भाई हरु परदेश गए, पैसा कमाए, आफ्नो इच्छा आकांक्षा पुरा गर्दै रमाउँदै छन्, आमालाई सुनको बाला, बाबालाई दशैँमा टोपी, बहिनीलाई तिहारमा सप्तरङ्गी टिका लगाउँदा यो मन भक्कानिन्छ । यो कुरा पनि मैले गर्न सकिन । पुरा मन भरी पीडा अनि यो कर्तव्यको भारी बोकेर जाँदैछु । त्यो एक्लो शुन्यतामा म विलिन हुँदैछु । यो संसार देखि आफ्ना आफन्तहरुदेखि टाढा हुँदै छु । दशैँको टिकामा म नहुँदा यी मेरा बाबा–आमा, बहिनीको मन कति जल्दो हो ?  भाईटिकामा मेरो बहिनी ज्योतीको उज्यालो छर्दै मेरो प्रतिक्षामा भाईटिकाको बस्दीहुन् । सयपत्री मखमलीको माला उनेर मलाई नै पर्खेर रुँदिहुन् । नरोउ है मेरी बहिनी म बादल बनेर तिमीलाई शान्तवना दिन आउँदैछु   ।
तिम्रो पीडाहरु मलाई पोखीदेउ । म वर्षा बनेर तिम्रो आँशुको वर्षाले यो धर्तीलाई सिंचने छु । अनि शितलता ल्याउने छु । यो पापी कालले लाने भो मलाई म सम्झना भएर तपाईँहरुको मनमा सधैँ रहनेछु । नरुनुहै कहिल्यै , आशिर्वाद दिनुहोस् मलाई म अर्को जन्म लिन सके मेरो कर्तव्य पुरा गर्न सकुँ मेरो अधुरो जीवन पूर्ण रहोस् । म टाढा भएपनि मेरो अन्तमा तपाईँहरुको वरिपरी रहने छु । हेर्दैछु एक टकले मेरो घरको गाईको गोठलाई मात्र भाटा बाँकी छ, खर जती सबै सकिसक्यो । अड्याउने खम्बा नि ढल्नै लागे । बारको त के कुरा अनि उभ्याएर त्यो गाईको गोठ सँगै आफुलाई धमिराले जीर्ण भएको यो खोक्रो शरीर अनि ढल्न लागेको गाईको गोठ करिव–करिव उस्तै झैँ लाग्छ । अन्त हुँदैछ । यो जीन्दगी बन्दै छ एउटा कहानी, अधुरो जीवनको अपूरो कहानी अन्त हुँदैछ सदा–सदाको लागि । बाँकी अर्को जन्म लिए पछि ।

आँशु मात्र हैन जीवन
हार पनि त जीवन हो
जति संघर्ष गरे पनि
मेरो जीवनमा सदा सदाको लागि
हार भो ।

0 प्रतिकृया:

Post a Comment