शरणार्थीको घर फिर्तीलाई सुनिदेऊ

कमन देवान
शरणागत भूटानीहरुले स्वदेश फिर्तीको इच्छा पटक–पटक जाहेर गर्दै आएका छन् । भूटान सरकारले विभिन्न आरोपमा देश निकाला गरेका नेपाली मुलका भूटानीहरुले लामो समयदेखि स–सम्मान घर फिर्तीको गुहार उठाउँदै आएका छन । आइर्तबार मात्र झापाको दमक स्थित बेलडाँगी शिविरका दुई दर्जन बढी शरणार्थीहरुले आफूहरुलाई भूटान फर्काइदिन नेपाल सरकार सहित अन्तराष्ट्रिय निकायहरुसँग गुहार मागेका छन् ।
२० वर्ष लामो समयदेखि झापा र मोरङका विभिन्न शिविरहरुमा शरणार्थीहरु बस्दै आएका छन् । पछिल्ला केहि वर्ष अघि शरणार्थीहरुको जीवन कष्टकर भएको भन्दै राष्ट्रसंघीय संस्था(यूनएचसीआर) सहितका दातृ निकायले तेस्रो मुलुक पूर्नावासको प्रकृया जारी राखेका छन् । पश्चिमा मुलुकका ८ ओटा विकसीत देशहरुमा शिविरका शरणार्थीहरुलाई धमाधम पूर्नावास गराउने कार्यमा तिव्रता दिएका छन् । ठूलो संख्यामा शरणार्थीहरु पूर्नावास प्रकृयामा सामेल भएका छन् । तर पूर्नावाससँगै स्वदेश फिर्ता हुने शरणार्थीहरुको प्रकृया भने रोकिएको छ । यसले घर फिर्ता हुने शरणार्थीहरु आक्रोसीत छन् ।
पूर्नावास प्रकृया शरणार्थीहरुको लागि विकल्पका रुपमा अघि सारिएको पूर्नावास प्रकृयाका अधिकारीहको भनाई छ । उनीहरुले पुर्नावास स्वेच्छीक भएको भन्दै आएका छन् । तर शिविरमा पूर्नावासले पारिवारीक बेमेल बढाएको स्वम भुक्तभोगीहरु बताउँछन । परिवारका सदस्यहरु भित्र फाटो सृजना गराएको छ । एकै परिवारका सदस्यहरुको मित्रवत्त मेलमिलापको सम्बन्ध टुटेको छ । धेरै प्रौढहरु घरफिर्तीमा देखिएका र छोराछोरीहरु भने पूर्नावास रोज्ने हुँदा अधिकांस शरणार्थीहरुका घरायसी मिलाप खल्बलिएको छ । अधिकांस जेष्ठ शरणर्थीहरु आफ्नो घर पुगेर मर्न इच्छा राख्छन् । यो कारुणीक भोगाईलाई पूर्नावास अधिकारी नेपाल सरकार कानमा तेल हालेर बसेको गुनासो उनीहरुको छ । जबकि पूर्नावास शुरु हुनासाथ धेरै शरणार्थीहरुले सो प्रकृयासँगै घर फिर्तीको समेत आवश्यक प्रकृया थाल्न माग उठाउँदै आए पनि त्यसको सम्बध पक्षहरुबाट सुनवाई नपाएको बताउँछन । कतिपयले घरमुलीको मञ्जुरी बीना तेस्रो मुलुक पूर्नावास नगराउन समेत माग उठाए पनि त्यस्ता विषयले प्राथमिकता नै नपाएको उनीहरुको भोगाई छ ।
शरणार्थी मामिला सम्बोधन गर्न जटिल प्रकृया नै हो । नेपालमा ठूलो संख्यामा भूटानी शरणार्थीहरुको भोगाई करिब २० वर्ष भन्दा बढी समयदेखि जारी रहँदा अहिलेसम्म ती समस्याको दिगो समाधानका लागि सरकारले कुटनीतिक पहल समेत गरेको छैन् । ६–७ वर्ष जति देखि यो मुद्दा सरकारले उठाउन समेत छाडेको छ । यसले गर्दा भूटानी शरणार्थीको दिगो समाधानका लागि नेपाल सरकारले सोँझै भूटान सरकारसँग कुटनीतिक पहल गरिनु पर्छ । किनकि यो मुद्दा नेपाल र भूटान बीच मामिला भएकाले तथा नेपालले आफ्नो देशमा आश्रय दिइ आएकोले उनीहरुलाई घर फिर्तीकालागि दवाब सृजना गर्न सक्नुपर्छ । मुद्दा सुन्न चाहने भने भूटान सरकार विरुद्ध अन्तराष्ट्रिय अदालतमा यो विषयलाई प्रवेश गराउनु पर्छ । अहिले पाका घर फिर्न चाहने भुटानी शरणार्थीहरुले गरेको अपिलले समेत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले भूटान फर्कन पाउने वातावरण निर्माण गरिदिन नेपाल सरकार र विदेशी नियोगहरुसँग अपिल गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment