हे निरीह कलम, म के लेखुँ ? - कविता


सरस्वती प्रसाद रिजाल
हालको २१ औं शताब्दीको विश्वसम्म
युद्ध नै युद्ध ।
कोही विपन्न असाध्यै,
कोही धनाढ्य ।
दुःख पिर अभावले रोइरहेका,
सुख सुविधाले मात्तिएका
मानवहरु यो विश्वमा ।

मानव संरचनामा
भगवानको सृष्टिमा नै विभेद भएजस्तो,
विज्ञानको प्रतिक्रिया प्रणालीबाट पनि पक्षपात जन्मिने
अतिवृष्टि, अनावृष्टि, प्राकृतिक प्रकोपले
जतिबेला ज्यानै जान सक्ने,
मृत्यु जन्मेपछि अनिश्चित
जहिले पनि मरिनुपर्ने,
रुप, रङ्ग, वर्ग, विभेद
रिस, आरिस, वैभव हुने,
मानव–मानव बीच ।

राजनीतिक गर्नेहरु पनि
पदलोलुप्त स्वार्थी
पद पैसा प्रतिष्ठामा मात्र
राष्ट्र अविकसित
देश अघि बढ्न नसक्ने

विश्व संसारमा
कोही दुःख पाएर रोइरहेका
कोही सुखले हाँसिरहेका
यस्तो विभेदपूर्ण विश्व संसार सम्झिँदा
हे निरिह कलम, म के कविता लेखुँ ?
लखनपुर–१, झापा

0 प्रतिकृया:

Post a Comment