बहिर्गमित लडाकु रिहा

आजबाट बजार–पसल खुल्ने
बिर्तामोड/ सवारी साधन बन्द गराउँदै हिँडेका ७ जना बहिर्गमित माओवादी लडाकु सोमबार पक्राउ पछि रिहा भएका छन् ।
बहिर्गमित जनमुक्ति सेना पूर्वी कमाण्डको आह्वानमा गरिएको हड्तालका क्रममा  सवारी साधन रोक्दै गरेको अवस्थामा बिर्तामोडबाट उनीहरु पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडमा राति अबेरसम्म भएको छलफलपछि पक्राउ परेकाहरु कमाण्डका मेची सह–संयोजक प्रशान्त थापा सहित उनीहरु रिहा भएका हुन् । झापा उद्योग वाणिज्य संघ बिर्तामोडको उपस्थितिमा भएको छलफलमा आजबाट बजार, पसल तथा उद्योग, कल–कारखाना खुलाउने सहमतिपछि आफूहरु रिहा भएको थापाले बताए ।
बाणिज्य संघका अध्यक्ष बलराम कार्कीका अनुसार बजार पसल खुलाउनेसँगै अत्यावश्यकीय बस्तुको आयात तथा रात्री बस सञ्चालनमा अवरोध नगरिने समेत सहमति भएको छ । प्रहरी निरीक्षक छविरमण भट्टराईले पक्राउ परेकाहरुलाई राजनीति व्यवहार गर्दै माथिल्लो निकायबाट आदेश लिएर पक्राउ गरिएकाहरुलाई रिहा गरिएको बताए ।

0 प्रतिकृया:

Post a Comment