सप्तकोशीमा बिज्ञान प्रदर्शनी

 उर्लाबारी/मोरङको उर्लाबारीस्थित सप्तकोशी उच्च माबिमा सोमबार  एकदिने  बिज्ञान प्रोजेक्ट तथा चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।
सोही बिद्यालयमा अध्ययरत रहेका बिद्यार्थीहरुद्धारा निर्माण गरिएका एफएम स्टेसन, रोवर्ट, इन्भटर, ज्वालामुखी मोडल, आलुबाट बिजुली, पानीबाट बिजुली निकाल्ने नमुना, आइटोपावार, हवाईजहाज, मोडिफाई कार, पानी जहाज, केम्किल रकेट, क्विज बोर्ड लगायत बिभिन्न प्रदर्शनीहरु राखिएको थियो । ३ दर्जन हस्तलिखित चित्र पनि प्रर्दशन गरिएको थियो ।  बिद्यार्थीहरुलाई बिज्ञान प्रदर्शनीले थप उर्जा प्रदान गर्ने भएकाले एक दिने प्रदर्शनीको आयोजना गरिएको प्रिन्सीपल लेखनाथ भट्टराईले बताउनुभयो । सोही बिद्यालयमा ८ सय भन्दा बढी बिद्यार्थीहरुले प्रर्दशनीको अवलोकन गरेका थिए । सोही अवसरमा बिद्यालयमा आयोजित भलिबल, फुटबल, भाले जुदाई, हाईजम्प, दौड लगायतका खेलका प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो  भने  २०६७ सालको शैक्षिक सत्रमा प्रथम, द्धितिय र तृतिय स्थान हात पार्ने पनि पुरस्कृत गरिएको शिक्षक कमल गौतमले बताउनुभयो ।   प्रिन्सीपल लेखनाथ भट्टराईको अध्यक्षता तथा कोपेव्सन संयुक्त क्लष्टरका अध्यक्ष सुवास राईको प्रमुख अतिथीमा भएको थियो । कार्यक्रममा भाषबिद् प्रा.डा. टंकप्रसाद न्यौपाने लगायतले यस्ता प्रदर्शनीले बिद्यार्थीको अध्ययनमा सहयोग पुग्ने बताएका थिए । निजिस्तरको सो बिद्यालयमा ८ सय ७५ जना बिद्यार्थी अध्ययरत रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment