लखनपुर–१ मा लिम्बुवान महिला

दमक/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् मातहतको संघीय लिम्बुवान महिला परिषद्ले लखनपुर–१ मा कमिटी गठन गरेको छ ।
मनु सुब्बाको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षत्रयमा सिमा फुँयाल, तुलसा बस्नेत र गोमा कार्की, सचिवमा सुशीला कार्की, सहसचिवमा गंगा सुब्बा र कोषाध्यक्षमा ममता राई रहेका छन् ।
त्यसैगरी सल्लाहकारमा कल्पना कार्की र सहसल्लाहकारमा रिना राईलाई चयन गरिएको छ । सोमबार परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको प्रमुख आतिथ्य र क्षेत्रीय सदस्य बिरेन्द्र उप्रेतीको सभापतित्वमा भएको भेलाले सो कमिटी गठन गरेको हो । भेलामा महिला परिषद्की दमक नगर अध्यक्ष मनिष ‘एवई’ महिमाले स्वागत मन्तव्य थिइन् । भेलामा सन्त चेम्जोङ, परिषद्का लखनपुर गाउँ सचिव सरोज सुब्बा, महिला परिषद्की गाउँ उपाध्यक्ष मेरी राजवंशी, कोषाध्यक्ष साबित्रा गुरुङ लगायतले बोलेका थिए ।
भेलाको सञ्चालन संघीय युवा मञ्चका क्षेत्रीय अध्यक्ष देवु गड्शनले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment