झापामा फेरि वर्डफ्लु

सुरुङ्गा/झापामा तेश्रो पटक वर्डफ्लु पुष्टी भएको छ । यस वर्ष भने झापामा दोश्रो पटक वर्डफ्लु पुष्टी भएको हो ।
केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशालामा गरिएको परीक्षणबाट दक्षिणी झापाको टागनडुब्बा–७ र कुमरखोद–१ मा वर्डफ्लु पुष्टी भएको जिल्ला पशु सेवा कार्यालय झापाले जनाएको छ ।
वर्डफ्लु देखिएको स्थानमा सोमबार कुखुरा, हाँस तथा अण्डा नष्ट गरिएको छ । पशु सेवा कार्यालयका प्रमुख डाक्टर राधेश्याम मण्डलका अनुसार कुमरखोद–१ सितुमाडी मा ९ घरमा पालिएका ५५ ओटा कुखुरा र ४३ अण्डा तथा टागनडुव्बा–७ कामाटोलीका ३ घरमा पालिएका ४२ ओटा हाँस तथा कुखुरा नष्ट गरिएको हो ।
ति स्थानहरुमा मंगलबार (आज) बाट ‘सर्भिलिएन्स’को काम शुरु हुने उनले जानकारी दिए । सो अन्तर्गत कुखुराका खोर तथा सुली सफा एवम् नष्ट गरिने तथा ४ किल्ला तोकेर बिशेष सतर्कता अपनाइने मण्डलले जानकारी दिए । यस वर्ष झापा दोश्रो पटक वर्डफ्लु पुष्टी भएका दुवै गाविस भारतसँग सीमाना जोडिएका छन् ।
ति स्थानमा संकास्पद रुपमा कुखुरा मर्न थाले पछि १५ दिन अघि नमुना परीक्षणका लागि पठाईएको थियो । गर्मी समय शुरु भई सकेकाले अव भने वर्डफ्लुको आशंका न्युन रहेको कार्यालय प्रमुख मण्डलले बताए ।
यस अघि गत माघ–२९ गते झापाकै अर्जुनधारा तथा चारपानेमा वर्डफ्लु पुष्टी भएको थियो । नेपालमा नै पहिलो पटक २०६३ सालमा झापाको मेचीनगरमा वर्डफ्लु पुष्टी भएको थियो ।

0 प्रतिकृया:

Post a Comment