बन्द अनेक प्रश्न एक – दोस्रो लेख

कृष्ण दंगाल
लोकतान्त्रिक मुलुकमा आप्mना माग सम्बोधन गराउने गतिलो माध्यमको रुपमा बन्द हड्ताललाई लिने गरिन्छ । सत्तासिन सरकारको ध्यान आकर्षण गर्ने अन्य वैकल्पिक तुरिका हुँदा हुँदै पनि नेपालमा सबैभन्दा सजिलो बन्द हड्ताललाई लिने गरिन्छ । एकवर्षका बन्द हड्तालका सबै तथ्याङ्क सार्वजनिक गर्ने हो भने स्थिति कहाली लाग्दो हुन जान्छ । कति बन्द हड्ताल कसले किन र के प्रयोजनका निम्ति गराएको हो  धेरै जनाले थाहा पाउदैनन् । अहिले मुलुक संक्रमणको अवस्थामा रहेको छ र देशमा आप्mना माग सम्बोधन गराउने नाममा पालो पर्खेर  बन्दहड्ताल गराउने लहर चलेको छ । बन्द हड्तालको प्रकृति विचित्रको रहेको छ। एक थरीले हुनुपर्छ भनेर हड्ताल गर्छ भने अर्को हुनु हुँदैन भनेर गर्दछ । यस्ता बन्दहड्तालको आवाज कसैले सुन्ने गरेकै छैन । यदाकदा सरकारले बन्दकर्तासँग वार्ता गरेर माग पूरा गरेको घोषणा गरेपनि यस्ता घोषणा व्यवहारमा लागु भएकै  छैनन् । बिसौं दिन बन्द भएर जनताले सास्ती खेप्नु परेको छ । त्यसमा बन्दप्रति साधारण जनतालाई चासो छँदैछैन । उपचार गर्न नपाएर सुत्केरी महिला र शिशुको मृत्यु भएको खबर बाहिर आउँदैछ । बन्दकर्ताले त्यो सुनेकै छैनन् शायद सुनेका भए त्यसैलाई आप्mनो बन्द सफल  भएको ठान्दै होलान् । विभिन्न गन्तव्यका लागि हिंडेका यात्रुलाई विचल्ली बनाएर तमाशा हेर्दै होलान् । यहाँ बन्दको विरोध हो । बन्दकर्ता निर्वाध मोटरसाइकलमा गु्डने र अरुलाई डोहो¥याउन लगाउने जस्ता काम पनि सडकमा दल र देखिन्छन् । राजनैतिक  दल र विभिन्न जातिहरू समेत बन्द हड्तालका नाममा बन्द हड्ताल गर्दैछन् र यस्ता बन्द हड्तालको मार सहरी क्षेत्र र सडक क्षेत्रको वरिपरि पर्र्दैछ । माथि हिमाल र पहाडमा रेडियोले हिजो पनि बन्द भयो र आजपनि बन्द छ भनेर समाचार सुनाउदैछ र धेरै नेपाली घरका पिढीमा बसेर यस्ता खबर सुन्दैछन् । जनताको हितका निम्ति गरिने बन्द हड्तालले  जनतालाई नै आघात  पु¥याउछ भने त्यसको के अर्थ रह्यो । आदरणीय बन्दकर्ता बन्धुहरू तपाईहरूलाई एउटा प्रश्न सोध्न मनलागेको छ । प्रश्न गर्दा रिसाएर ढुङ्गा मुढा पट्टि नलाग्नु होला ।  अहिलेको संक्रमणको अवस्थामा गरिएका बन्द हडटालबाट कसले के कति उपलब्धि पाएको छ । यदि उपलब्धि हुँदैन भने के का निम्ति बन्द हड्ताल गर्नु ? बन्द हड्तालबाट सदैव निश्चित क्षेत्रका जनता मारमा पर्र्दैछन् । बन्द हड्तालले श्रमजिवी मजदुरलाई अप्ठ्यारो पर्दैछ । तपाई धेरै जसो बन्दकर्ता मजदुरको हितको वकालत गर्नुहुन्छ र गरीब निमुखा जनताको पक्षमा भाषण गर्नु हुन्छ । यस्को वास्तविक कारण बुझिएको छैन । कतै क्षेत्रीय विषय कतै जातीयण् विषय कतै अस्तित्वको पहिचानलाई आधार बनाएर बन्दका क्रम तिब्र भएकाछन् । तपाई बन्दकर्ताहरूले धेरै विषयमा कागजी सहमति समेत गर्नु भएको होला र हरेक विषयका माग शुरुमा कागजमै सम्बोधन हुन्छ भन्ने जवाफ दिनुहोला तर यस्ता कागजी कुरा कतिसम्म व्यवहारमा लागू भएका होलान् । बन्दका  कारणले श्रीमान, श्रीमति वा सन्तानको मृत्यु हुनेको पिडा कसरी बुझ्नु भएको छ र बन्द समाप्त भएपछि त्यस्ता पिडित पट्टि कस्तो ध्यान पु¥याउनु भएको छ? अचेल बन्दकर्ताका भिडमा लाज पचेका अर्काथरि बन्दकर्ता थपिएका छन् । आपैm सरकारमा बसेर आपैm बन्द गर्नेहरू पनि देखिएको छ । सरकार भनेको मुलुकको सर्वोच्च निकाय हो । सरकामा प्रतिनिधित्व गर्ने स्वयंले बन्द हड्ताल गर्छन भने उनीहरूको माग सम्बोधन  कसले कसरी गर्ने । स्वयं धामी र बोक्सी भएपछि त्यसको के अर्थ हुन्छ । स्वयं सरकारमा बसेर घुर्की लगाउनेको जमात ठूलै देखिएको छ । यस्ता नकच्चराहरूले देशको उन्नति वा अवनति के गर्छन् ? जनतालाई पिर गर्नुको पनि हद हुन्छ । जे गरे पनि नेपाली जनता बोल्न सक्तैनन् भन्ने सबैले सोचेका हुन भने त्यो सोचाईलाई मिल्काए हुन्छ । हरेक बन्द कर्ताले बन्द सफल बनाउन पर्चा पम्पलेट वा माइकिङको माध्यमबाट अनुरोर र धम्की दिने गरेको पाइन्छ तर आज सम्म बन्दबाट भएको उपलब्धि थोरैले सार्वजनिक गरेका होलान् । अचेल बन्द पनि छोटे, बढे विभिन्न खालका रहेकाछन् । यस्ता बन्दका विभिन्न सवारी साधनमा आगजनी गरेर बहादुरी प्रदर्शन गर्नेको संख्या पनि ठूलै रहेको छ । भरखरै शैक्षिक भ्रमणमा निस्किएको विद्यार्थी बोकेको बसमा विद्यार्थी भित्रै भएको अवस्थामा मट्टितेल छर्किएर आगजनी गरिएको र प्रशासन मुक दर्शक भएको खबर पनि सार्वजनिक भएकै हो । के बन्द हड्तालको निम्ति नियम कानुन वा आचार संहिता केही हुँदेन ? जसले जे गरे पनि हुन्छ ? अभैm गम्भिर विषय जब देशमा संक्रमणको अवस्था आउछ तब सबैले विरोधमा उत्रनै पर्छ ? बन्द हड्तालका कारणले देशमा भएको क्षति कसरी पुरा हुन्छ अथवा यस्ता बन्दले क्षति हुँदैन ?
    अन्त्यमा– यो लेखको आशय बन्द हड्तालको विरोध होइन तर बन्द हड्तालका नाममा गरिने बन्द हड्ताल ज्यादतिपूर्ण व्यवहारको विरोध हो । बन्द हड्तालले पारेको पिरको बोली हो । बन्द हड्ताल गर्नै पर्नेले आप्mना मात्र सम्बोधन गराउन यो बाटो अवलम्बन गरेपनि यसैलाई मुख्य आधार विन्दु बनाइनु राम्रो होइन । विरोध गर्ने र सरकारको ध्यान तान्ने अरु उपाय अवलम्बन गर्न सके देशलाई राम्रो हुने  थियो कि ? आफै सरकारमा बसेर देशलाई अनिर्णयको बन्दी बनाउन बन्द हड्ताल गर्नेहरूले एकपल्ट गम्भिर हुनै पर्दछ । अहिले नेपाली जनता मौन बसे पनि भोलि आजका ज्यादतिको हरहिसाब पक्कै गर्नेछन् । लेखको अन्त्यमा आदरणीय बन्दकर्ता बन्धुहरूसँग एउटा प्रश्न गर्न चाहन्छु “के तपाईहरू निरन्तर बन्दहड्ताल गरेर ठीक गरि रहनु भएको छ?” बिसौं दिनका बन्दले साधारण जनतालाई कस्तो भएको होला ? बन्द निरन्तर चल्दैछ  र कतै यस्ता बन्दले भोलि देशमा अशान्ति र साम्प्रदायिक सद्भावमा कटुता ल्याउने वातावरण सृजना गर्ने हो होइन त्यो भने हेर्न बाँकी छ ।

0 प्रतिकृया:

Post a Comment