बजार समितिको निर्वाचन हुने

दुधे, चैत्र १६/ सतासीधामस्थित दुधे बजार विकास समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जाने निर्णय भएको छ ।
सर्वसम्मत रुपमा चयन भएको भनिएको सिंहबिर थाम्सुहाङ नेतृत्वको समितिमा प्रतिनिधित्व  गरेकाहरुलाई एमाओवादी, एमाले, राप्रपा सहित पाँचवटा दलले फिर्ता बोलाएका कारण राजिनामा दिएपछि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रियामा जाने निर्णय भएको हो ।
बुधबार सतासीधाम गाविसका सञ्चालक समिति अध्यक्ष छत्रबाबु ओझाको अध्यक्षता र सतासीधाम बहुमुखी क्याम्पसका प्रमुख गोपाल लक्समको प्रमुख आतिथ्यमा भएको विशेष साधारण सभाले सो निर्णय गरेको हो । सभाले क्याम्पस प्रमुख लक्समलाई निर्वाचन संयोजकमा चयन गरेको छ ।
सभाले समितिको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । निर्वाचनको मिति भने तय भइनसकेको जनाइएको छ । विकास समितिमा ३ सय ५० जना सदस्य (मतदाता) रहेका बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment