दुई गाँजा तस्कर पक्राउ

मोरङ, चैत्र ७/सोमबार सीमा प्रहरी चौकी बुधनगर मोरङले २६ केजी गाजासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
शरीरमा लुकाएर भारततर्फ लैजाादै गर्दा २६ केजी गाजासहित बुधनगर ६ का ३० वर्षीय विद्यानन्द सरवरिया र तेतरिया ९ का ४५ वर्षीय टुनकना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका सरवरिया र चौधरीलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment