दोस्रो ‘टी–२०’ क्रिकेट शुरु

दमक, चैत्र ७/दमकस्थित दमक बहुमुखी क्याम्पसमा आजबाट पूर्वाञ्चलस्तरीय अन्तर कलेज दोेश्रो ‘टी–२०’ क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
दमक बहुमुखी क्याम्पस खेलकुद समितिको आयोजनामा शुरु हुने प्रतियोगितामा पूर्वाञ्चलका बिभिन्न १५ क्याम्पसका टोली सहभागी रहेको खेल संयोजक सुवास काफ्लेले जानकारी दिए । आगामी चैत–१७ गतेसम्म चल्ने प्रतियोगिताको बिजयीले ८ हजार १ रुपैयाँ सहित ट्रफी तथा प्रमाण पत्र पाउने छ ।
प्रतियोगिता अन्तर्गत आज आयोजक रातो र मनकामना कलेज बिर्तामोड बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment