राजनीतिक रङ्गमा हराएका बेरङ्गहरुलाई दिशाबोध गर्दै गन्तव्य थिएटर – पहिलो लेख

ओमप्रकाश गौतम
देश प्रसव पीडामा गुज्रिरहेको छ । भ्रष्टाचारले सीमा नाघिसकेको छ । सत्ता हत्याउने खेलमा दलहरु कसरत गर्दैछन् । संघीयता विरोधीहरु सडकमा अलप भएका छन् । भाइ–भाइबीच जातीत्वको लडाइमा देशलाई कुरुप बनाइरहेका छन् । संघीयताको वस्तुयथार्थ वहस चलाउन त कहाँ हो कहाँ ? जम्बो नेतागणहरु देशलाई अनिर्णयको बन्दी बनाउँदै विदेश भ्रमणको योजना बनाउन मन्त्रालय धाउँदै छन् । अब हामी सबै नेपालीले तिनै हाम्रा नेताहरुलाई सोधौँ त ? के राजनीति भनेको छेपारोले बाहैं्रमास फेरिरहने रङ्ग हो कि तपाईहरुलाई सर्वसम्पन्न बनाउने रङ्ग रङ्गहरुको खेल खेलाई रहने बेरङ्ग हो ।
हामी चेतनशील जनताले वकालत गर्नै पर्दा रङ्गहरुको झगडा भइरहँदा घाइते मानव मात्र बन्छ । यदी त्यही घाइते मानवको अस्तित्वलाई कुल्चिएर ग्रसित जसले बनाएको हुन्छ । आखिर त्यही रङ्ग–रङ्गहरुको मेलबाट नै सच्चा रुपी प्रेममा आपसी हार्दिकताको भावना अजर र अमर बनिरहन्छ । त्यो सच्चा अनुयायी नै हामी मानव हौँँ । किन कि त्यही मानव आज मानव हुन सकिरहेको छैन । एकले अर्काको अस्तित्वको पहिचान स्वीकार्न सकिरहेको छैन र दिनानुदिन अपहरण, हत्या, आतंकको खैलाबैलाले मानवको रगत चुसिरहेको छ ।
आजका आधुनिक भलाद्मी भनाउँदा हाम्रा नेताहरु रोग, भोक र शोकसँग लड्दै गरेका घाइतेहरुलाई मलम पट्टी लगाउन त परै जाओस् गैर जिम्मेवारीको पराकाष्ठाको दर्जालाई दर्ज गर्दै १७ जना जम्बो सभासद् तथा मन्त्रीहरु गणतन्त्रलाई चुनौति दिँदै विदेश भ्रमण गर्ने चाँजोपाँजो मिलाउदैछन् आज ।
देशमा गणतन्त्रको विजारोपण गर्ने सशस्त्र विद्रोहका सपुतहरुको मर्म र भावनामा घात पछिको प्रतिघात गर्दै आफू रकमी बन्न उद्यत राजनीतिक रङ्गका बहुरङ्गी नेताहरुको सल्बलाहट भइरहेको बेलामा जनचेतनाको संघखोष गर्नका लागि दार्जिजिङ्ग, भोजपुर र इलाम पश्चात पूर्वका सुन्दर नगरी झापा जिल्लाको दमकको रेडक्रस भवन भित्र राजनीतिक व्यङ्ग्ग्यवाणको उद्घोष गरेको छ – गन्तव्य थिएटरको नाटक मञ्चनले । सो नाटक बेरङ्ग रङ्गहरुका परिकल्पनाकार, निर्देशक तथा नाटककार पुर्वेली युवा साहित्यकार प्रकाश आङ्देम्बेले गजलयुक्त काफिया र रदिफबाट शुरुवात गरेका मर्मस्पर्शी  काव्यका सृजनाले हामी दर्शकहरुलाई मर्माहित बनाउन सफल भयो त्यो दिन । जुन दिन सो नाटकका कलाकार किरण पेले गुरुङ्ग, दिलन समाल, काँसी कडेँल, केशव भुजेल, अनिल लिम्बू, ओविद राई, चेतन आङ्थुपो, तुलसा आङ्देम्बे, रुपा लिम्बू, सम्झना ओली लगायतका कलाकारहरुले साँच्चै नै बेजोड तरिकाले नाटकको सफल प्रस्तुति गत महिनाको फागुन २८ गते नाटक प्रस्तुत गरेर हामीलाई दिशाबोध गराएका थिए । यसका लागि हामी दर्शकको तर्पmबाट संयोजक विनोद तिम्सिना, सूर्यकुमार लिम्बू, सन्तोष दुलाल, महेश भण्डारी, विकास बाँस्तोला,  नवीन प्राचीन र रुद्र डाँगी लगायतका अन्य सृजनशील साहित्यकारहरुलाई हाम्रो तर्पmबाट साधुवाद छ ।
किनकि आज देश दुःखेको छ । नेपालको नक्सा क्षत–विक्षत भएको छ । गरीबका आशाहरु तुहिएका छन् । मानवअधिकार विक्षुब्ध अवस्थामा छ । मानव–मानवबीच द्वेष, क्लेसले जरो गाडेको छ । यही बेलामा हराएर हिडिरहेको मानव शरीर सहारा खोज्दा–खोज्दै मरुभूमिमा एक्लो जीवन जिएर बाँच्न बाध्य भइरहेको मानव अब कहिल्यै पनि हिंसामा परेर सधै भरी हराउनु नपरोस् भन्ने भावनाले एक–एक जना व्यक्तिको आर्थिक सहयोगले साहित्यको भण्डार स्थापना गराउनका लागि पूर्वकै साहित्य संगमको थलो दमकमा नै “पढ्ने घर”को स्थापना होस् भन्ने हेतुले आज धेरै पूर्वेली साहित्य स्रष्टा तथा  शुभेच्छुकहरुको आर्थिक सहयोगले पुस्तकालय स्थापनार्थको सहयोगमा नाटक बेरङ्ग रङ्गहरु हामी माझ उदाँउदो तारा बनेर चम्किरहनेछ । गन्तव्य थिएटरको यो साहसिक यात्रालाई हामी कलमजिवीहरुले जीवन रहेसम्म लेखि नै रहनेछौँ । जो इतिहासका पानामा स्वर्ण अक्षरले लेखिनेछ । हुन त यो पंक्तिकारले मेरा आत्मीय मित्र दमक निवासी कलाकार राम बुढाथोकीको संसर्गमा रहेर विगतका दिनहरुमा ५,६ वटा नाटक मञ्चन यही दमकमै अभिनय गरेर देखाएको थियो । त्यसैले म सधैँ भरी साहित्य, कला, संस्कृतिको उत्थान गर्न कहिल्यै पनि पछि नहट्ने भएको हुनाले दमकको भूमि र छिमेकी जिल्लाहरुमा धेरै नै कलाकार र साहित्यकारहरुको जन्म दिनानुदिन बढ्दै गइरहेको हुनाले आगामी सफल दिनहरुमा असफलता–असफलता तिर देशलाई राजनीतिक, सामाजिक, नैतिक, धार्मिक, साँस्कृतिक विचलनतिर धकेलिरहने नेताहरुको मानसपटलाई  शुद्धिकरण गर्दै रङ्गमा हराएका बेरङ्ग मानवहरुलाई चेतना मूलक परिकल्पनाको मूल ढोका उघारेर नौलो बिहानी ल्याउन गन्तव्य थिएटरका कलाकर्मीहरु तथा मेरा आदरणीय साहित्यकार तथा कलाकार श्रष्टा दाई प्रकाश बुढाथोकी र लोकगायक एल.पी. जोशी ज्यूलाई विशेष धन्यवाद दिँदै हराएका धेरै रङ्गहरुलाई हेर्ने हाम्रा दुई आँखामा गौतम वुद्धको उपदेशले रङ्ग भरिदिउन् ।

0 प्रतिकृया:

Post a Comment