विद्यार्थीको मृत्युपछि विद्यालयमा आगजनी

गाइघाट/ गारो भत्केर किच्दा विद्यार्थीको मृत्यु भएको विरोधमा त्रियुगा नगरपालिका–११ स्थित एक निजी विद्यालयमा मङ्गलबार दिउँसो स्थानीयले आगजनी गरेका छन् ।
चर्पी गएका बेला भत्केको गारोले किचेर त्रिनपा–१३ चुहाडेका मुकेस प्याकुरेलको घटनास्थलमै मृत्यु भएको विरोधमा जम्मा भएको ठूलो  सङ्ख्याका अभिभावकले उदयसी उमाविमा आगजनी गरेको प्रत्यक्षदर्शी राधारमण खतिवडाले बताए ।
दिउँसो साढे ३ बजे भएको घट्ना लगत्तै जम्मा भएका स्थानीयको ठूलो भीडले विद्यालय प्रशासन, पुस्तकालय र प्रधानाध्यापक कार्यकक्षमा आगजनी गरेका थिए । आगजनीबाट विद्यालय भवनभित्र रहेका कागजात, विद्यालयको अभिलेख र फर्निचरलगायत अन्य भौतिक सामग्री जलेर नष्ट भएको विद्यालय प्रशासन र इलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment