हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सहकारीबीच सहकार्य हुनुपर्नेमा जोड

दमक । सहकारी संस्थाहरुबीच प्रतिष्पर्धा छोडेर सहकार्य गर्नुपर्ने आवश्यक रहेको दमकमा बिहीबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको उद्घाटन कार्यक्रमका  बक्ताहरुले बिभिन्न बाहनामा प्रतिष्पर्धा भन्दापनि एक अर्काबीच सहकारीले समन्वय गरेर काम गर्नु पर्ने बताएका हुन् । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेलले  अव सहकारीले बचत गर्ने होडबाजी गर्ने भन्दा पनि आयात प्रतिष्थापन गर्नु पर्ने बताए । प्रमुख अतिथि गजुरेलले अहिले बार्षिक २० अर्वको चामल  मुलुक बाहिरबाट आयात हुने हुँदा त्यसलाई कमी गदै लैजानुपर्ने बताए । राष्ट्रिय कर्मचारी सहकारी संघका केन्द्रिय सचिव खोम बगालेले संस्थालाई ब्यवसायीमुखी बनाउनु पर्नेमा जोड दिए । बगालेले सदस्यलाई आधुनिक सुचना प्रविधिलाई  प्रयोग गरेर सप्mटवेयर मार्फत पारदर्शी सेवा दिन सुझाए । दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकुल श्रेष्ठले  मुलुक कृषि प्रदान देश भनिए पनि बिदेशबाट खाद्य आयात गर्नु परीरहेको बेला त्यसलाई कम गदै स्वदेशमै उत्पादन गर्नमा सहकारीहरुले भुमिका खेल्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ झापाका सहसचिव गोपाल झापालीले सहकारीले मुलुकभित्र रहेको गरिबी निवारण गर्ने खालका कार्यक्रम सहकारीले दिनु पर्ने सुझाव दिए । संस्थाका अध्यक्ष खेम दाहालको सभापतित्वमा भएको कार्यक्रममा  संस्थाकी कोषाध्यक्ष अनिता केसीले संस्थाको कार्ययोजना र
ब्यवस्थापक राजेन्द्र बिमलीले गतिबिधिको बारेमा जानकारी दिएका थिए । अहिले झापामा ९ सय ५० बढी सहकारी संस्था दर्ता भइसकेको संघले जनाएको छ । दमकमा मात्रै १सय २० वटा सहकारी संस्था रहेको बताइएको छ । नयाँ बाटो सहकारीले उद्घाटनपछि बिहीबारबाट कारोबार शुरु गरेको छ । 

तिब्र गतिले बस दुर्घटना, १ को मृत्यु

दमक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दुधेमा बिहीबार भएको बस दुर्घटना हुदा एक बृद्धाको मृत्यु भएको छ ।  अपरान्ह ४ः३० वजे भएको दुर्घटनामा झापा जलथल ७ की ८५ वर्षीया बेदमाया ढकालको मृत्यु भएको हो । काकडभिट्टाबाट बिराटनगर जाँदै गरेको को १ ख ३१५९ नम्वरको बस पल्टिदा  घाइते भएकी  ढकालको  बिर्तामोडस्थित बिएमसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर बिनोद निरौलाले बताए । २५ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुकोे बिर्तामोड, दमक, सुरुंगा र बिर्तामोडका अस्पतालहरुमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । तिब्र गतीमा भएको गाडीको स्टेरिङले काम नगरेपछि सडकबाट दक्षिण पल्टिएकोे प्रहरीले जनाएको छ । गाडी क्षतिग्रस्त अवस्थामा छ । गाडीको डिजेल पोखिएर आगलागी हुन नदिन दमकबाट गएको दमकलले आगलागी नियन्त्रणमा लिएको थियो  ।

दमक रबि सडकको मतदान आजदेखि

 – उमेद्वारहरु भोट माग्दै पहाडमा

दमक । दमक चिसोपानी रवि       (फाल्गुनन्द मार्ग ) सडक उपभोक्ता समितिको निर्वाचन आज मतदान हुँदैछ । आज पहिलो दिन इलामको बाँझोस्थित खलंगे बिद्यालयमा हुँदैछ । भोली शनिबार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा हुने छ । खलंगेमा हुने मतदानका लागि सम्पुर्ण तयारी पुरा भएको निर्बाचन समितीका संयोजक बिश्वदिप लिङदेनले जनाए । त्यसका लागि निर्बाचन समितीको टोली र उमेद्धवारहरु बिहीबार बिहानैदेखि बाँझोतिर लागेका छन् । प्रकाश बुढाथोकी र रेवतराज पुरी नेतृत्वको उमेद्धवारहरुको टोली बिहीबार बिहानैदेखि बाँझो पुगेर मत मागिरहेको छ । मतदान हुने अन्तिम दिन उम्मेद्धवारहरु इलाम र पाँचथरको घरभैलोमा भोट माग्न ब्यस्त छन् । कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेदवार बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलको प्यानलबाट अध्यक्षका उम्मेदवार पुरीको प्यानल एकल र समुहमा मत मागिरहेका छ । बुढाथोकी नेतृत्वको टोली इलाम र पाँचथरका गाउँ टोलमा रहेका मतदातासंग मत मागीरहेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले जानकारी दिए । पुरी नेतृत्वको टोली इलाम र पाँचथर भोट मागिरहेको एमाओवादी दमक नगर इन्चार्ज रमेश गुरागाई जानकारी दिए । दमकमा भने एमाओवादी सहितको प्यानलले निर्वाचनको पूर्व तयारीका बिषयमा छलफल गरेको गुरागाईले बताए । दुबै पक्षका उमेद्धवार र दलका नेता कार्यकर्ताहरुले दमक, लखनपुर र तोपगाछीमा पनि मत मागिरेहका छन् । दुईदिन हुने मतदानमा ११ सय १ मतदाता रहेको र तीमध्ये २ सय ६९ जना पहाडी क्षेत्रतर्फ र बाकी दमकतर्फ रहेको निर्बाचन समितीले जनाएको छ ।

साहित्यकारले पनि पठाए राहत

मोरङ । महाभूकम्पबाट प्रभावितहरुका लागि मोरङका साहित्यकारहरुले पनि प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा राहत रकम पठाएका छन् । बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत ६८ हजार ४ सय १८ रुपैयाँ पठाएका छन् । प्राज्ञ विवश पोखरेल नेतृत्वको टोलीले प्रजिअ कार्कीलाई उक्त नगद रकम हस्तान्तरण गरेको हो । प्राज्ञ विवश पोखरेल, लोचन रिजाल, मधु पोखरेल, ऋतु आसिक, मीनकुमार नवोदित, ज्योति जंगल, शिवनारायण पण्डित सिंगल, सरला चापागाईं, शोभा लामा, रोमा निरौलालगायतका साहित्यकारहरुले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका थिए । पूर्वाञ्चल साहित्य प्रतिष्ठान, वाणी प्रकाशन, विराट साहित्य संगम, डा. नरेन्द्र चापागाईं स्मृति साहित्य प्रतिष्ठान, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान लगायतका साहित्यिक संघसंस्थाको सक्रियतामा राहत संकलन गरिएको थियो ।

राहत दिने र बाँड्ने क्रम जारी

दमक । तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको तौथली गाविसमा २ सय परिवारको लागि त्रिपाल वितरण गरिएको छ । भूटानी शरणार्थी शिविर पथरीशनिश्चरे मोरङका सचिव चम्पासिङ राईको नेतृत्व तथा क्यामबाटै प्रकाशित खबर पत्रिका र जिरिखिम्तीको कंचनजंघा दैविप्रकोप ब्यबस्थापन समितिको सहकार्यमा राहत वितरण भएको शिविरका हेम गिरीले जनाए । त्यहाँ १ लाख मुख्यका २ सयवटा त्रिपाल वितरण गरिएको हो । दुवै संस्थाको संयुक्त आयोजनामा त्यहाँ राहत वितरण गरिएको यो दोस्रो पटक  हो ।
उता, उर्लाबारी परिवार हङकङले भिजन फाउण्डेशन नेपाल मार्फत भूकम्प पीडितहरुका लागि ३ लाख ५० हजार ३६ रुपैयाँ सहयोग गरेको छ । उर्लाबारी परिवार हङकङका सल्लाहकार मनिप राईले सो रकम भूकम्प पीडितहरुका लागि प्रदान गर्न फाउण्डेशनका अध्यक्ष राजु लामालाई हस्तान्तरण गरेका छन् । हङकङ समाजले प्रदान गरेको
 सो रकम भिजन फाउण्डेशनको संयोजनमा सिन्धुपाल्चोक जिल्लाको भोताङ गाविसका भूकम्प पीडितहरुका लागि वितरण गरिनेछ । यसअघि फाउण्डेशनले सोही गाविसका भूकम्प पीडितहरुका लागि राहत सहयोग गर्दै पिडितहरुको घाउमा मलमपट्टि गर्न एक हप्तासम्म सो गाविसमा रहेर सहयोग गरेको थियो ।
उता, संघीय लिम्बुवान पार्टी नेपालले विहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले विभिन्न ठाउँका भूकम्प पीडितका लागि राहत वितरण गरेको बारेमा जानकारी गराएको छ । पार्टी अध्यक्ष कुमार लिंदेनद्वारा जारी विज्ञप्तिमा भूकम्पबाट निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारलाई समवेदना र घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पीडितहरुको पुनस्र्थापनामा समेत जोड दिएको छ । 

सडक बिस्तारमा स्थानीयको आक्रोस

चन्द्रगढी । सडक विस्तार तथा स्तर बृद्धि गर्दा सरोकारवाला व्यक्तिलाई जानकारी नदिँदा भद्रपुर नगर क्षेत्रमा विकासमा विवाद देखिन थालेको छ । भद्रपुर नगरपालिका अन्र्तगत साविक चन्द्रगढी गाविस क्षेत्रमा सुरु भएको सडक विस्तार तथा स्तर बृद्धिको काममा स्थानीय सरोकारवाला व्यक्ति भन्दा बाहिरका व्यक्तिले बढी चलखेल गर्दा विवाद देखिन थालेको हो । सम्बन्धित जग्गा धनीलाई जानकारी नै नगराई आफ्ना निकटका केही व्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरी खनिएको वाटो नियम संगत नभएको जग्गाधनीले आरोप लगाउन थालेपछि विकासमा विवाद अवरोधक बनिन थालेको छ ।  चन्द्रगढी स्थित भद्रपुर नगरपालिका १३ र १५ नम्वर वडाको सिमानामा पर्ने लेखनाथ मार्ग हुदै हल्दिवारी जाने ग्राभेल सडकलाई फराकिलो बनाउन गरिएको कार्यलाई विभेदपूर्ण तरिकाले खनिएको भन्दै सरोकारवाला स्थानीयले आपत्ती जनाएका हुन् । उपभोक्ता समितिले सोझा सिधाको जग्गालाई मात्र जेसिभी लगाई चाहिने भन्दा बढी माटो निकालेर केहि समाजका टाठा बाठाले थिचोमिचो गरेको जग्गा धनी शंकर भण्डारीले आरोप लगाए । स्काभेटर जग्गा छेउमा आएपछिमात्र आफुलाई जानकारी भएको भन्दै उनले केही व्यक्तिले कुनै कुनामा बसेर गठन गरेको समिति वैधानिक नभएको दावी गरे । समितिले सडकको दुवैतर्फ बरावरी चौडाई र गहिराई गराउनु पर्ने भएतापनि सो अनुरुप नगरी लापरवाही तरिकाले खन्न लगाएको जग्गाधनी तेजप्रसाद अधिकारीले आक्रोस पोखेका छन् । समितिले वाटोको उत्तर भाग भन्दा पनि दक्षिण तर्फ बढी मिची तानासाही रुपमा काम गरेको जग्गाधनि हुतराज नेपालले बताए । समितिका अध्यक्ष तुलसी पोखरेललाई अनुगमन समितिका संयोजक माधव गौतमले आफनो काधमा राखेर सडकमा राजनिति गरेको नेपालले बताए । सो क्षेत्रका वडा सचिव मनकुमार डाँगी भने बाटो स्तरबृद्धिका लागि बोलाइएको भेला अत्यन्तै न्युन रहेको स्वीकार गर्दै अनिवार्य रुपमा जग्गाधनीलाई बोलाउन नसक्दा अहिले विरोध आएको बताए । यता नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले अहिले उपभोक्ता समितिले गरेको काम पछि सडक कालोपत्रेमा कायम नहुन सक्ने बताए ।

विद्यार्थीका लागि नाटक

चुलाचुली । दक्षिणी इलामको चुलाचुलीमा रहेको चुलाचुली थिएटरले ‘विद्यार्थीका लागि नाटक’ कार्यक्रम सञ्चालन गरेको छ । ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ भन्ने मुल नाराका साथ नाट्य गतिविधिमा सक्रिय थिएटरले विहीबारबाट चुलाचुली गाविस हलमा २ दिने कार्यक्रम अगाडी बढाएको छ । भूकम्पका विषयमा कथावाचन शैलीमा प्रस्तुत नाटकले बालबालिकालाई त्रसित नभई अध्ययनमा सक्रिय रहने सन्देश दिएको त्यसका अगुवा चेतन आङ्थुपो डरले बताए । टिकट प्रणालीमा प्रस्तुत गरिएको नाटकमा स्थानीय विद्यालयका बालबालिकालाई दर्शक बनाउने अभियान छ । नाटकमा मानाहाङ लावती, केशव भुजेल, सन्दीप राई, जेम्स लिम्बू, लक्ष्मी तामाङ, प्रमिला खेवा, शिखर लामगादे, खिनीमाया सुनुवार, भगिमाया हिङमाङ, चन्द्र लावती र करुणा केरुङको अभिनय रहेको छ ।
शुक्रबारको कार्यक्रम भनें नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भूकम्पको त्रास भुलाउने नाटक समेत प्रस्तुत गरिने छ । प्रतिष्ठानले भूकम्पको त्रासलाई सृजनाबाट भुलाउने अभियान ल्याएको छ । जेठ १६ मा गीत, गजल, कविता, नाटक, मोरङको पथरीशनिश्चरेस्थित वाणिज्य संघको हलमा र १७ गते दमकको गणतन्त्र चोकमा दिउँसो सो कार्यक्रम तय भएको छ ।

भूकम्पको पीडा सृजनाले भुलाऔं

भूकम्पको त्रास अझै सेलाएको छैन । भूकम्पका पराकम्पनहरु आइरहने क्रमले मानसिक रुपमा असर पारिरहेको छ । बालबालिकाहरु त झन विद्यालय जान डराइरहेका छन् । यस्तो अवस्थामा भूकम्पको त्रास भूलाएर मानिसहरुलाई सहज जीवनतर्फ फर्काउन नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले सृजनात्मक अभियान अगाडि बढाएको छ । प्रतिष्ठानले यसरी जनस्तरमा गाउँ गाउँमा आएर यसखाले कार्यक्रम गर्नु आजसम्मकै पहिलो काम सरह बन्ने भएको छ ।
देशभरी सञ्चालित अभियान अन्तर्गत पूर्वमा जेठ १५ देखि शुरु हुने छ । प्रतिष्ठानले झापाको दमकमा सर्जकहरुसँग अन्तरक्रिया गरी अभियानको स्थान, मिति र स्थानीय समन्वय सम्बन्धि योजना तय गरेको छ । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पूर्वी क्षेत्रको अगुवाई गर्नुभएको छ । आखिर जीवनको मोह नै सवैभन्दा महत्वपूर्ण ठानेर प्रतिष्ठानको नियमित कार्यक्रमलाई सन्देशमुलक कार्यक्रममा रुपान्तरण गरेको कुरा सदस्य सचिव रसिकले सुनाउनु भयो ।
भूकम्पबाट बढेको मनको त्रासका लागि मनोसामाजिक परामर्शको आवस्यकता पर्छ । जसका लागि गीत संगीत, साहित्य, नाटक परामर्शका प्रभावकारी माध्यम बन्छन् । भूकम्पबाट नेपाल जोखिमपूर्ण ठाउँमै पर्ने भएकाले यसबाट सधैं त्रसित नभई भूकम्पलाई सामान्य मान्दै यसबाट बच्न सजक हुनु आजको आवश्यकता रहेको छ । विद्यालयका बालबालिकालाई बढी मात्रामा सहभागि गराउँदा त्यसखाले कार्यक्रम सान्दर्भिक रहने योजना बनाइएको छ । विदेशमा भूकम्प प्रतिरोधि घर निर्माण हुने भएकाले भूकम्प आएको अवस्थामा घरभित्र भए टेबुल, बेञ्चमुनी लुक्नु भनिएको भएपनि नेपालका सन्दर्भमा सो कुरा लागू नहुने सन्देश दिन पनि गाउँघरमा यसखाले सचेतनाको आवश्यकता खड्किएको छ । त्यही कुरा सिकाउने र पढाउने गर्नाले बाहिर चौरमा रहेका बालबालिका भूकम्प आएपछि भाग्दै कक्षाकोठाभित्रको डेक्समुनी पस्दा तलाले किचिएका उदाहरण पनि छन् ।
जेठ १५ देखि २४ गतेसम्म गीत, साहित्य र नाटक प्रस्तुतिको कार्यक्रम अगाडि बढ्ने छ । जेठ १५ मा इलामको चुलाचुली, १६ मा मोरङको पथरी, १७ मा झापाको दमक सहित झापा, मोरङ र इलामका विभिन्न स्थानमा कार्यक्रम गरिने छ । सो अवसरमा चुलाचुली थिएटर र मोरङको कंचनजंघा नाट्य समूहको नाटक प्रस्तुति रहने छ ।
अभियानमा ८० वर्षीय विशिष्ट लोकगायक एलपी जोशीको अगुवाई हुने छ ।  साथमा गायक गणेश रसिक सहितको उत्साहमा भूकम्पको त्रासलाई कम गरेर सामान्य जीवनमा फर्किन सृजनात्मक सन्देश छर्ने कार्यक्रम अघि बढ्ने छ । पूर्व त्यति धेरै पीडित नभएपनि भूकम्पका त्रासदीपूर्ण खबरहरु सुन्दा सुन्दा त्रासकै मनस्थिती बनेको छ । पूर्वेलीहरुका लागि समेत यसखाले अभियान मनोसामाजिक विमर्शको प्रभावकारी थेरापी हुन सक्ने देखिन्छ । अझ पीडामा प्रत्यक्ष रुमलिएकाहरुलाई यो खाले कार्यक्रम निरन्तर अगाडि बढाउनु आवश्यक छ ।

दकम–चिसोपानी–रवि रडक निर्माणका एजेण्डा केके छन् ?

जेठ १५ र १६ मा दमक– चिसोपानी–रवि सडक निर्माण उपभोक्ता समितिको निर्वाचन हुँदैछ । यसका लागि २ वटा गठबन्धन प्रतिष्पर्धामा उत्रिएको छ । कांग्रेस, एमाले, राष्ट्रिय जनमुक्ति र राप्रपा नेपाल सहितको गठबन्धनले प्रकाश बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमाओवादी, संघीय लिम्बूवान पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी र नेपाल कम्यूनिष्ट पार्टी एकीकृतको अर्काे गठबन्धनबाट रेवतराज पुरी (गगन) अध्यक्षका उम्मेदवार रहेका छन् । बुढाथोकी कांग्रेसका महासमिति सदस्य हुन् । उनी निवर्तमान समितिका सचिव तथा वाटो निर्माणको प्रारम्भदेखि नै सदस्य थिए । पुरी एमाओवादीका सक्रिय राजनीति गर्ने कोचिला राज्यसमिती सदस्य हुन् । दमक निवासी बुढाथोकी र पुरीसँग सडक र चुनावी सन्दर्भमा गरिएको कुराकानी : —

------------------------------------------------------------------------------------------------------------------------‍
प्रकाश बुढाथोकी
- तपाईको अध्यक्षको उम्मेदवारी किन ?
►यो सडकमा शुरुवातबाटै क्रियाशिल भएको हुँ । सडक निर्माण पुरा गर्न र  सडकले भेट्ने क्षेत्रमा स्पष्टरुपमा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, अग्र्यानिक खेतीको अवधारणा पुरा गर्ने मनसायले म उम्मेदवार बनेको हुँ । सडक बन्ने कुरामा दुईमत छैन । सडक निर्माणका लागि कांग्रेस र एमालेको संयुक्त सरकारले पनि सहज बनाउँछ । यस क्षेत्रका सभासदहरुको पनि सरकारमा पहुँच रहेको अवस्थाले कांग्रेस र एमालेको अगुवाईको समिति बन्नु पर्छ भन्ने मेरो मान्यता हो ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
► यो सडकका लागि साह्रै धेरै समय खर्चिएको छु । जसका कारण तराईदेखि पहाडसम्मकाले चिनेका छन् । भावनात्मक रुपले यसमा म लागेको हो भन्ने सवैले बुझेका छन् । अनि यो सडकको भूगोल र यसका समस्या अनि समाधानका कुरा पनि मलाई थाहा छ । यो भूगोल नै नबुझेका साथीहरुले अगुवाई गर्न हत्ते गर्नु सान्दर्भिक छैन भन्ने लाग्छ ।

- तत्कालिन योजना के छ ?
► यो सडक राष्ट्रिय योजना आयोगको बहुबर्षीय योजना अन्तर्गतको प्राथमिकता नम्बर १ मा परिसक्यो । जस अनुरुप सडक विभागले माङ्मालुङ सहितका क्षेत्रमा निरीक्षण गरिसकेको छ । आगामी वर्षबाट सवै महिना गाडी गुड्न सक्ने बाटो बनाइसक्छौं । आगामि आर्थिक वर्षका लागि १० करोड र अर्काे वर्षका लागि १२ करोड गरी चालु वर्षसमेतको ८ करोड गरी ३० करोडमा सडकको काम सक्ने योजना सरकारले बनाइसक्यो । तत्काल त्यही योजनालाई सहयोग गरी पर्यटन क्षेत्रको विकासका लागि माङमालुङमा रक गार्डेन र पहाडका ४ वटा गाविसलाई अर्गानिक भिलेजका योजनाहरुमा छलफल गरिने छ ।

- राजनीति क्षेत्रमा पनि चिनिएको मान्छे सडक समितिमा बस्ने योजना किन नि ?
► म कुनै पार्टीको राजनीतिक कार्यकर्ता भएपनि मैले कार्यकारी तहमा बसेर यसबेला राजनीति गरेको छैन । अनि समाजसेवाका काममा संलग्न रहेको अवस्था र यो बाटोको सपना बुन्नु मध्येको एउटा मान्छे म पनि भएकाले सवैको समन्वय पाउने भएपछि विशुद्ध सडक निर्माणको काम गर्न म आएको हुँ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► साँच्चै भन्नुपर्दा म राजनीतिक तिकडमबाजी गर्ने मान्छे होइन । मैले त सहमतिमा समिति बनाउने पहलमै आफुलाई केन्द्रीत बनाएको हो । लोकबहादुर धिमाल, केहेरसिंह योङ्याको नाम मैले नै अध्यक्षका लागि सहमतिमा लान प्रश्ताव गरेको हो । अर्काे मोर्चाका साथीले पनि पहिले त हुन्छ भनेका हुन् तर पछि उनीहरुले हामीभित्र खेल्न खोजेर सहमति भाँडेका हुन् । त्यसो भएपछि म बाध्य भएर अध्यक्षका लागि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► यसमा पार्टीकै राजनीति गर्नु त ठिक होइन । यसलाई सामाजिक संस्थामा सक्षम मान्छे पठाउने र त्यहाँ समितिको विधि विधान अनुसार काम गर्ने हो । बहुदलीय मुलुकमा दलमा समावेश भएका मान्छे देखिनु अस्वाभाविक मान्नु हुँदैन । तर त्यहाँभित्र आ आफ्नो पार्टीको राजनीति गर्ने थलो बनाउनु हुँदैन भन्ने मान्यतामा म अडिग छु ।

- चुनाव जितिन्छ त ?
►  ठूला पार्टीसहितको मोर्चाबन्दी हामीसँगै छ । निरन्तर सडककै लागि पसिना बगाउनेहरुको ठूलो संख्या हामीसँगै छ । ४ जना उम्मेदवार त पूर्व गाविस अध्यक्ष नै छन् । द्धन्दको बेला काम गर्न सक्ने स्थिती नहुँदा केही बजेट फ्रिज भएको कुरालाई अरु साथीले निहुँ बनाउनुको कुनै तुक छैन । पहाडी क्षेत्रको समेत उम्मेदवार मिलाएर राखिएको छ । हामीले सडकलाई यत्तिको बनाएर राम्रै बजेट आउन थालेपछि सवैको आँखा परेर अहिले निकै मजाले चुुनाव लागेको हो । यो सवै मेहनत गर्नेहरुको टिम हामीसँग भएकाले अंकगणितीय हिसावले पनि हामी जित्छौं ।

------------------------------------------------------------------------------------------------------------------------‍
रेवतराज पुरी (गगन)
तपाईको अध्यक्षको उम्मेदवारी किन ?
► दमक रवि बाटोमा २२-२३ वर्षदेखि निर्माण कार्यमा लागेपनि उपलब्धि नभएको अवस्था हो । उपलब्धि हाँसिल गर्न कुशल नेतृत्वको खाँचो छ । जुन नेतृत्वले एकैसाथ करोडौं बजेट ल्याउन सकोस् र आएको बजेट फ्रिज हुन पनि नदियोस् । अनि सडक विभाग, निर्माण व्यवसायी र स्थायी उपभोक्ताबीच कुशल, समन्वयकारी, नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्तिको खाँचो छ । त्यसका लागि म नै उपयुक्त छु भन्ने लाग्छ ।

- तपाई नै उययुक्त भन्ने आधार के के छन् नि ?
►म सँग राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक योजना मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, मुख्य सचिवको कार्यालय, विदेशी नियोक र दातृ निकायका आधिकारिक व्यक्तिहरुसँग सिधा र सरल सम्पर्क छ । जुनसुकै पार्टीको सरकार आउने÷जाने कुराले फरक पर्दैन । व्यूरोक्रेसीका उपल्लो निकायसँग हटलाइन कन्ट्रयाक छ । मेरो यो पहुँच र सामथ्र्यलाई बाटो निर्माणमा खर्चिने छु । म युवा हुँ, प्रक्रियाका बारेमा मलाई राम्ररी जानकारी छ । ४ वर्षभित्र दमकदेखि रविसम्मको सडकको चौडाई बढाएर ग्राभेल र पक्की ढल निर्माण गर्दै ७ वर्षभित्र कालोपत्रे गर्ने योजना छ । सडक अन्तर्गत पर्ने चोकहरुलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने, पहाडी इलाकाका कतिपय गाउँलाई रक गार्डेन तथा अर्गानिक भिलेजका रुपमा विकास गर्ने कुरा पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिसकेका छौं । यसका साथै लारुम्बालाई बृहत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, भारतको सिमाना फत्तेपुरबाट चीनको घाङ्ला जोड्ने आधारमार्गका रुपमा दमक रवि सडकलाई विकास गर्न सकिने यथार्थपरक योजना म सँग छ ।

- तत्कालिन योजना के छ ?
► नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर बहुवर्षीय सम्झौता गर्नका लागि अविलम्ब ४०/५० करोडको व्यवस्था गराउने छु । आगामि आर्थिक वर्षदेखि हिउँद वर्षा गाडी गुड्ने गरी बाँकी काम फत्ते गर्ने र नेपाल सरकारको ध्यान यो बाटोमा केन्द्रीत गर्न सञ्चारकर्मी तथा आम उपभोक्तामार्फत राष्ट्रिय मुद्धाका रुपमा उठाउने तत्कालिन मेरो योजना हुनेछ ।

- राजनीति क्षेत्रमा सक्रिय मान्छे सडकको समितिमा बस्ने योजना किन नि ?
► हो, म राजनीतिमै सक्रिय मान्छे हुँ नै । त्यही भएर झापामा ५÷७ वर्षको अवधिमा मेरो पहलमा दमकबाट मधुमल्ला जाने सडक र महेशपुरमा करोडौंको झोलुङ्गे पुल सहितका धेरैवटा विकास निर्माणका योजना मैले ल्याएको छु । अनि नेपालको पूर्वी भागमा रणनीतिक महत्व राख्ने सडक भएकाले मैले यसमा चासो र चिन्ता व्यक्त गरेको हुँ । यसलाई चुस्त तरिकाले सञ्चालन गर्न मेरो अगुवाई सवैले महसुस गरेपछि मैले यस क्षेत्रबाट समाजसेवा गर्न लाग्नु परेको हो । पहिलो कुरा मेरो मामली अहिले पनि इलामको फुयतप्पा पहाड हो । म मेरो आमासँग हाफपाइन्ट लगाएर पेरुङ्गे, टोड्के, कुसुण्डेको बाटो हुँदै रतुवाको जंघार तरेको छु । कैयौं पटक पार्टीको जिम्मेवारी इलाममा हुँदा उकाली ओराली गरेको छु । म भन्दा अग्रजहरुले देखाएको सपना पुरा गर्न म फेरि एकपटक दमकबाट चुली पस्छु र माथिसम्म उकालो लाग्छु । त्यहाँका स्थानीयसँग मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना छ ।

- अनि सहमतिको पहल चाँही कत्तिको गर्नु भो नि ?
► सहमतिको पहल त धेरै गरियो । तर एमाले र कांग्रेसले नै मानेन । लोकबहादुर धिमाल, केहरसिंह योङ्याहरुको नाम लिएर हामी गएका थियौं । त्यसमा सहमतिमा नगएपछि म अध्यक्षका लागि अगाडि आउनु परेको हो ।

- सामाजिक संस्थामा पार्टीहरु नै लागेर यस्तो राजनीति गर्नु ठिक हो ?
► राजनीतिलाई समाजसेवामा लानु पर्ने हो, राजनीति नै समाजसेवा हो । तर त्यस्तो संस्कार बसिनसकेकोले हामीलाई पार्टीले राजनीति गरेको भन्ने बुझाई छ । बहुदलीय लोकतान्त्रिक मुलुकमा जो कोही पनि कुनै न कुनै पार्टीको सदस्य हुने भएकाले यसमा राजनीतिक प्रभाव पर्नु स्वभाविक हो । अनि अर्काे कुरा राजनीतिक तबरले कुरा नउठाउने हो भनें यो बाटो बनाउन सरकारसम्म दवाव दिन र समितिलाई चुस्त बनाउने कुरामा खबरदारी गर्न पनि सकिदैनथ्यो । यति राजनीतिक जागरण नभएको भए बाटो समितिको फेरि पनि निर्वाचन हुँदैनथ्यो । मात्र सवाल के रह्यो भने निश्चित मुल्य, मान्यता र प्रक्रियामा रहेर राजनीति गरौं भन्ने मेरो अरु गठबन्धनलाई पनि आग्रह हो ।

- चुनाव जितिन्छ त ?
► नजित्ने कुरै छैन । समितिको काम कारबाहीको चुस्तता र बजेटलाई चलाएमान बनाएर सक्रिय काम नभएको अथवा ९ वर्षसम्म साधारसभा नभएको अवस्थामा हामीले यी सवै कुरालाई चिर्दै आएर उपभोक्तालाई प्रष्ट्याएका छौं । मैले माथि नै भनिसकेंका सवै महत्वपूर्ण कारणहरुले हामी चुनाव जित्छौं ।

भोट माग्दै उमेद्वारहरु घरदैलामा

दमक । दमक चिसोपानी रबि सडक उपभोक्ता समितिको नेतृत्व हात पार्न उमेद्ववारहरु भोट माग्न ब्यस्त छन् । उमेद्ववारहरु बिहानदेखि बेलुकासम्म भोट माग्न मतदाताहरुकै घरदैलो पुगेका छन् । राष्ट्रिय राजनितीकको झल्को दिने गरि उमेद्धवारहरु आ आफ्नो प्यानल लिएर मतदाताहरुको घर घरमा पुगेका थिए । मतदान १५ गते इलामको बाझोस्थित खलंगे बिद्यालय र १६ गते रेडक्रस भवन दमकमा हुने निर्बाचन समितीले जनाएको छ ।
कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेद्ववार प्रकाश बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलहरुको गठबन्धनका तर्फबाट अध्यक्षका रेवतराज पुरी (गगन) को प्यानल भोट माग्न ब्यस्त छन् । बुढाथोकी नेतृत्वको बुधबार टोलीले दमक १, २ र ३ को दुर्गा पाञ्चायन मन्दिरमा भेला भई भोट मागेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले बताए । उनीहरुले यसअघि ९ ,१०, १३ र १४ मा रहेका मतदातासंग भोट माग्ने काम सकिएको जनाएको छ । यसैगरी अध्यक्षका उम्मेदवार पुरी नेतृत्व टोलीले बुधबार दमक चोकका मतदाताहरुसंग भोट मागेको एमाओवादी नगर इन्चार्ज रमेश गुरागाईले जनाए । उनीहरुले बुधबार दमकको २, १०, ११, १२, १३ र १४ वडामा पुगेर भोट मागेका छन् ।