हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

नौलो संसारको शुभ मुहूर्त

दमक/टेलिकथानक चलचित्र नौलो संसारको यहाँ शुभमुहूर्त गरिएको छ ।
सर्वज्ञान म्युजिक प्रालि दमकको ब्यानरमा निर्माण थालिएको सो टेलिचलचित्रको शुभमूर्हत गरिएको हो । दमक–१३ स्थित दुर्गा मन्दिरमा गीतकार ज्ञानेन्द्र कोइरालाले नरिवल फोरेर शुभमुहूर्त गरेका हुन् ।
 पारुहाङ वान्तवाको कथा र निर्देशन रहेको चलचित्रको सम्पादन र छायाँकन भानु फोटो स्टुडियोका भानुभक्त न्यौपानेले गरेका छन् । सामाजिक कथावस्तु रहेको सो चलचित्रकोे निर्माता शोभा कार्की र डिएन खरेल रहेका छन् ।
पुनम न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा रामप्रसाद भट्टराई, शोभा कार्की लगायत कलाकारले अभिनय गरेका छन् । मेची र कोशीका विभिन्न जिल्लामा छायाँकन गरिने सो टेलिचलचित्र हिमशिखर टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ ।

प्राकृतिक विपत्ति र संस्कार

निधिरत्न अधिकारी
नेपाल प्राकृतिक रुपमा सुन्दर रहँदा रहँदै पनि यसको भौगोलिक बनावट हिमाल, तराई र पहाड तीन भू–खण्डले घेरिएर रहेको छ । हिमाल पग्लिएर बग्ने सदावहार नदीदेखि साना–साना जरुवा खोला खोल्सा नदीहरू हिमाल, पहाड र तराई हुँदै बग्दछन् । यसरी बग्ने क्रममा जब वर्षा ऋतु शुरू हुन्छ, त्यतिबेला तिनै नदीहरूमा पानीको मात्रा धेरैभन्दा धेरै बढेर पानीको वहाब बढ्दछ । अनि यो बहाव बढाईको परिणाम तराईका उर्वरा भूमिहरूभित्र आफ्नो बाटो तयार गरी ठूला–ठूला बाढीद्वारा ती जमिनहरू बगरमा परिणत हुन्छन् । जराले गर्दा प्रत्येक वर्षको वर्षा ऋतुमा तराईका किसानहरूको बिल्लीबाट हुने भूमिहीन हुने क्रम वर्षेनी बढ्दो रुपमा छ । नेपाली राज्यको गैह्र जिम्मेवारीपनको कारणले यस्तो आपत्ति र विपत्ति भोग्नुपरेको कुरा सत्य हो । किनभने पृथ्वी सृष्टिका सबै रुपको भूगोल हामीसँग छ । यी तिनै अवस्थित भौगोलिक कारणले प्राकृतिक सम्पदा हामीसँग प्रचुर मात्रामा छ । विज्ञानको नियम अनुसार विकासको अर्थ ती सबै प्राकृतिक स्रोत र साधनलाई हामी मानिसको अनुकूलतामा हाम्रै लागि प्रयोग र उपयोग गर्न हामीले जान्नुपर्दछ । ती साधनहरूलाई समुचित परिचालन गर्नुपर्दछ ।
यसो गर्न नसकेको कारण र हाम्रा प्राकृतिक स्रोत र साधनको विकास गर्नुभन्दा त्यसलाई जोगाउनुभन्दा नष्ट गर्ने दिशातिर हामी लागिपरेका छौं । नदी तटबन्धन छैन, हाम्रो वनजङ्गल दिनानुदिन मासिँदै गएका । त्यसको नकारात्मक असर, बाढी, पहिरो जानु नै हो ।
आज विश्व दुनियाले प्रविधि विकासको चरम चुलीमा पुग्दा विशाल समुद्रमाथि शहर बजार बस्ती बसालेका छन् । त्यहाँ माथि खेती गरेका छन् । तर हामी समुद्रभन्दा टाढा जमिन नै जमिनको समुद्रभन्दा धेरै उच्च ठाउँमा हामी बसोबास गर्दछौं । तर पनि हाम्रो विकासको रुप वर्षैपिच्छे बाढी, पहिरोबाट ग्रसित छौं । हाम्रा विकासका पूर्वाधारहरू अति नै कमजोर छन् । हाम्रा जमिनको भू–क्षमताको मापन गर्ने कुनै यन्त्र, मानवीय जनशक्ति हामीसँग छैन । समुद्र किनारका मुलुकहरूले समुद्रमाथि बसेर त्यत्रो विकास गर्दा हामी हाम्रा यी साना नदीहरूको दीर्घकालीन व्यवस्था गरी त्यसको आसपासका साविक उर्वरा भूमिहरू किन जोगाउन सक्दैनौं ? कति लाजमर्दो कुरा ?
हामीले हाम्रो सरकारले यहाँका टाठा, बाठा, बुज्रुकले जानेको कुरा के हो भने कति बेला बाढी पहिरो आउँछ र त्यसको नाममा बजेट निकासा हुन्छ, छुटिन्छ अनि तिनै अमूक केही बुज्रुक, टाठाबाठाको कमाई खाने भाँडो यो सोचभन्दा माथि अरु के हुन सकेको छ ? किनभने नेपालको इतिहास तयार भएको कति भयो ? यी नदी खोला हिजोदेखि मात्र बगेका हुन् र ? नेपालीको समृद्धि र देश विकास गर्छौं भनेर कति नेपाली संस्कार आए गए ? आज आएर पनि उस्तै बाढी पहिरोबाट आपत विपत भोगिरहनुपरेको छ, नेपाली जनताले । विकासको रुप भनेको पानीको बहाव जत्रो भए पनि वैज्ञानिक रुपले उसको सीमाभित्र बगाउन सक्नुपर्छ । त्यही आधारमा नदीको किनारका मानव वस्तीहरू दीर्घकालीन रुपमा विश्वस्त भएर बसाउन सक्नुपर्छ । वनजङ्गल बढाउनु सबैलाई प्रेरित गर्नुपर्छ । भू–क्षय हुने, पहिरो जाने नजाने, त्यहाँको माटो, चट्टानको मात्रा हेरी वैज्ञानिक तरिकाले माटो चेकजाँच गरी दीर्घकालीन पूर्वाधार विकास र मानव वस्ती बसाउन राज्यमा रहेको जनताको प्रतिनिधि मुलुक संस्था सरकार सक्षम र पारदर्शी हुनुपर्दछ । यो मापदण्ड अनुसार गरिने विकासको विरुद्धमा पनि आउने प्राकृतिक प्रकोप, विपत्तिहरूबाट चित्त बुझाउने आधारहरू हुन सक्छन् । तर जब विपत्ति आउँछ, अनि दुःख व्यक्त गर्ने, करोडौंको हेलीप्याड चढेर त्यहाँ पुग्ने अनेक नामको अनुहार देखाउने अनि मिठा, गुलिया, चिल्ला, सैद्धान्तिक थुप्रा लगाईदिने अन िव्यवहारमा आपत परेका जनसाधारणको हातमा शून्य । यस्तो गैह्र जिम्मेवार प्रवृत्तिले नेपाली जनताको जीवनस्तर र नेपालको भूक्षय, बाढी, पहिरोको रुप दिनानुदिन कस्तो होला ?
आजको प्रविधिमा अति चरम रुपमा रहेको युग नेपालमा पनि इच्छाशक्तिका साथ गर्दा नहुने कुरा केही छैन । त्यो वैज्ञानिक प्रविधिलाई हाम्रो प्रचुर मात्रामा रहेको स्रोत र साधनलाई उपयोग गरी विकास गर्न सजिलै सकिन्छ ।
संसारका अरु विकसित मुलुकहरूमा बेला–बेलामा आउने प्राकृतिक विपत्तिबाट उनीहरूले गरेका पूर्वाधार विकासमा भएका थोरै कमजोरीबाट पनि अगाडि आउने विपत्तिको लागि समाधान गर्ने पाठ सिक्छन् । तर हाम्रो सरकार र हाम्रो प्रवृत्ति ठीक त्यसको उल्टो छ । मर्ने मर्छ, उसको पहुँच छैन भने केही पाउँदैन, झुक्कियो भने थोरै चारो पाउँछ । त्यस आपत्तिको पीडित मालिक जो पहुँचवाला छ, उसैले राहत पाउँछ, यस्तै छ नेपालको चलन । अब के गर्ने सुधारको लागि । सबैले सोचौं ।

कलाका नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धा सुमन

ओमप्रकाश गौतम
जीवनपछिको मृत्यु अकाट्य छ । मृत्यु निश्चित छ तर समय निश्चित छैन । मानिस यसैका परिधिभित्र रमाइरहन्छन्, दुःखी भइरहन्छन् । यो एउटा निरन्तर प्रक्रिया हो । बुझ्न सक्नेका लागि जीवन एक नदी हो जो अविरल बगिरहन्छ, बुझ्न नसक्नेका लागि जीवन एक महान् समस्या हो । किनकि त्यही समयको परिधिभित्र बाँधिएर मानिस सङ्घर्ष गरिरहन्छ तापनि ऊ कहिल्यै समस्या नै समस्याको पहाड छिचोल्न पछि पर्दैन । हो आज यस्तै सङ्घर्षको आँधी बेहरीबाट कहिल्यै पनि नथाक्ने अविरल बगिरहने नेपाली चलचित्र रजतपटका वरिष्ठ नायक श्रीकृष्ण श्रेष्ठ हामीमाझ रहेनन् । जीवनममा कहिल्यै फर्किएर नआउने गरी हामीमाझ विदा भएर गए ।
जीवनको मध्यान्तर पार गरेर विवाह बन्धनमा बाँधिएका नायक श्रीकृष्ण श्रेष्ठको मृत्युले नायिका स्वेता खड्काको उज्यालो मुहारलाई सदाका लागि बाललले ढाकिदियो । जीवन न हो, एक दिन मरेर गइन्छ, तापनि यस्तो प्रकारको मृत्यु कसैको पनि नहोस् जस्तो श्रीकृष्ण श्रेष्ठको ४६ वसन्त पार नगर्दै रोगले ग्रसित बनाएर जीवन इहलीला समाप्त भयो । आज एक सफल कलाकारका रुपमा नेपाली सिने दर्शकमाझ परिचित नायक श्रेष्ठको निधनले जो कोहीलाई मर्माहत बनाएको छ र सारा नेपाली कलाकर्मीहरूलाई भावविह्वल बनाइदिएको छ । अब्बल अभिनय पस्कने एक नायकको अन्त्यले नेपाली चलचित्र क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ । उनको राष्ट्रिय सम्मानका साथ पशुपतिको आर्यघाटमा दाहसंस्कार गरियो, हजारौं नेपाली सरिह भएको कुरालाई नेपालका सबै पत्र–पत्रिकाले पहिलो पृष्ठमा महत्वका साथ खबर प्रकाशित गरे । नेपाली टेलिभिजनका च्यानलहरूबाट शवयात्राको दृश्यलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरे जो हामी शुभेच्छुक कलाप्रेमी हृदयदेखि नै सम्मान गर्दछौं कि उनको आत्माले चीर शान्ति प्राप्त गर्न सकोस् । आज नेपाली चलचित्र क्षेत्रभित्र पनि राजनीति रङ्ग भरिँदै गएको हुनाले चलचित्रकर्मी–कर्मीहरूबीच एक अर्कालाई निषेध गर्ने काम भइरहेको हुनाले चलचित्र क्षेत्र उति फस्टाउँदो अवस्थामा छैन । कलाकारले जति सम्मान प्राप्त गर्नुपर्ने हो त्यो पाउन सकिरहेका छैनन् । श्रीकृष्ण श्रेष्ठकै शब्दमा भन्नुपर्दा –‘म कसैलाई चुरोट, रक्सी खुवाउँदिनँ, त्यसैले होला म कहिल्यै नम्बर एक वा सुपरस्टार कहलाइनँ’ यस्ता अति नै संवेदनशील शब्दहरू उनको मृत्यु हुनुभन्दा अगावै उनले पटक–पटक संप्रेषित गरेका थिए तापनि चलचित्र कलाकर्मी संघसंगठनले उनको कलाकारिताको कुनै कदर गर्न सकेन कलामा राजनीति रङ्ग मौलाएर गयो । अभिनयको अब्बल कलाकारिता मौलाउन सकेन । हिजो फत्तेमान राजभण्डारी, विश्वशंकर, तारादेवी, नातिकाजी, गोपाल भुटानी जस्ता कलाकार, गायकहरू राज्यले जुन सम्मान दिनुपथ्र्यो त्यो भने दिन सकेन । कलाकारिताभित्र मपाइत्ववाद र राजनीति संस्कारको प्रवृत्ति हावी हुँदै गएको हुनाले नेपालमा अभिनय गरेर कार्यथलो बनाइरहेका कलाकारहरू आज धमाधम अर्थोपार्जनका लागि अमेरिका, जापान, हङकङमा श्रम बेचेर जिवीकोपार्जन गरिरहेका छन् । आखिर किन कलाकारिताभित्र राजनीति रङ्ग मौलाइरहेको होला ?
त्यति मात्र होइन, जीवनकालमै श्रीकृष्णहरूलाई मृत्युपछि राष्ट्रिय सम्मान पाइन्छ भनेर थाहा हुन पाएको भएर अर्थात चलचित्र, लोक, आधुनिक, गीत, सङ्गीत, नृत्य, नाट्यचित्र, पत्रकारिता साहित्य आदिका राष्ट्रिय स्तरमा पुगिसकेका अति लोकप्रिय व्यक्तिहरूलाई राज्यले मृत्युमा राष्ट्रिय सम्मानको मापदण्ड बनाएको भए श्रीकृष्णलाई पनि थाहा हुन्थ्यो कि कलाकारको राज्यले उचित सम्मान गरेको छ । यसलाई शक्तिमा बदल्नुपर्ने रहेछ भनेर उनमा स्फुर्ति बढ्ने थियो होला तर त्यो भने हुन सकेन । शक्ति र अर्थको राजनीतिले कलाकारलाई पनि दलको औरे–भौरे बनाइदियो । आगामी दिनमा यसको पनि अन्त्य हुनैपर्दछ, चुनाव जिताउनका लागि कम्मर मर्काउँदै शहरबाट गाउँ पस्ने प्रवृत्तिको निदान हुनुपर्दछ । झण्डा बोकेर या नातागोताहरूलाई एकेडेमीमा दलको कोटामा नियुक्तिको बक्सिसे हजुरी प्रथा गर्ने चलचित्रकर्मी लगायतका संस्थाहरूमा अन्त्य भने हुनैपर्दछ । कलाकार–कलाकारबीच यो दल, ऊ दल बीचको कटुता अन्त्य हुनुपर्दछ ।
आजसम्म हाम्रो देश नेपालमा अभिनय क्षेत्रमा कहलिएका कलाकार थुप्रै–थुप्रै अभिनय देखाएर आए, गए राजनीतिक रङ्ग छरेर गए तर नायक श्रीकृष्ण श्रेष्ठले कहिल्यै पनि कलाकारितादेखि राजनीतिकर्मीको लबेदा नसमाई ‘ट्रक ड्राइभर’, ‘कसम’, ‘आफ्नो मान्छे’, ‘कहाँ भेटिएला’ देखि उनको अन्तिम नेपाली चलचित्र ‘कोहिनूर’ लगायत सयौं चलचित्र भन्दा बढी चलचित्रमा उनी सफल कलाकर्मी बनेर नेपाली मनहरूको हृदय छुन सफल भए । उनको अभिनयका चमक कहिल्यै हराएन, बिलाएन, उनी चम्किनका लागि पित्तल बने न पग्लिएर जाने मैन, आज त्यही मैनबत्तीको शिखा उनी मरेर गए पनि संसारभर दीप बलिरहेको छ जो चिरस्थायी रुपमा बलिरहनेछ । भावपूर्ण श्रद्धाञ्जली श्रीकृष्णको श्रेष्ठको कलाकारिताको यात्रालाई ।
omgautam817@gmail.com

इच्छाशक्तिको तगारो पार्टी भित्रको बेथिति

नरपति पाण्डे
मुलुकको प्रमुख प्राथमिकता शान्ति स्थापना गरेर नयाँ संविधान बनाउनु थियो । त्यसका लागि दीर्घदृष्टि भएको राजनीतिक नेतृत्व चाहिएको थियो । संविधानसभाको निर्वाचनबाट उदाएका साना ठूला आकार भएका राजनीतिक दलहरू शान्ति स्थापना गराउने प्रमुखकर्ता थिए । प्रतिनिधित्व हुन नसकेका अन्य राजनीतिक समुह र नागरिक समाजहरू सहायक कर्ता थिए । मुलुकको हितका लागि शान्तिपूर्ण स्थीरताको आवश्यकता थियो । त्यस्तो वातावरण सिर्जना गर्न कै लागि विस्तृत शान्ति सम्झौता दलहरू बीच भएको थियो । निर्वाचित हुन वा नहुन गन्तव्य शान्ति स्थापना गरी मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा बलियो बनाउनु थियो । तर दलहरूमा निस्पृहपन बढ्न थाल्यो । इमान्दार र उत्तरदायी राजनीतिक नेतृत्व नभएसम्म शान्ति र समृद्धिको जनइच्छा व्यर्थै रही रहँदो रहेछ । व्यक्तिवादी राजनीतिक चलखेलले नागरिकहरूलाई समेत राजनीतिक भ्रममा फँसाउन पुग्दोरहेछ । गुट, गुटसमुह र व्यक्ति स्वार्थको संर्कीर्ण हुँदै हुर्किएको राजनीतिमा चमत्कारी व्यक्ति नै पो को चाहिं होला यो परिवेशमा ?
आज हास्न लायक राजनीतिक गफहरू सुन्न पाइन्छ । “यो व्यक्ति भए शान्ति स्थापना हुन्थ्यो, त्यो व्यक्ति नै मुलुकको आवश्यकता हो, त्यसले देशको व्यथालाई च्वाट्टै पार्छ” यो अभिव्यक्ति झन् संकीर्ण राजनीतिक चिन्तनको उब्जनी हो । गुटबन्दीको महामारीले दलहरूको तेजलाई खुइल्याई रहेको संक्रमणमा ‘व्यक्ति प्रदान चिन्तन’ निश्चित समुहको स्वार्थी अभिव्यक्ति मात्र हो । गुट सिर्जना गरी राजनीति गर्ने महाज्ञानीहरूहरूलाई साथ दिने गुट छतौराहरूको रङ्ग निश्चित हुँदैन । गुट समर्थकहरूको ज्ञानगोचर कमाउनेमा मात्र हुन्छ । गुट अभियन्ताहरू आफ्नो स्वार्थपूर्ति गर्न गुटलाठेको प्रचारमा निमग्न रहनु आवश्यक ठान्छन् । यो प्रवृत्ति हाम्रो मुलुकमा कम्युनिष्ट दलहरूमा अचाक्ली बाक्दिैछ । दुःखी र पीडितहरूको समुहमा साखिलो बनेर सहानुभूति बटुल्न सक्ने खुबी त कम्युनिष्ट नेताको छ तर दलभित्र प्रजातान्त्रिक चरित्रलाई धरोहर बनाउन नखोज्नु धुत्याइँ नै हो भन्दा बेठीक नहोला ।
ताक परे कोनि के नत्र ...... र सम्पतिमा हाइहाइ बिपत्तीमा कोही छैन दाजुभाइ भने झै यहाँ पार्टी फुटाउने अनि तथानाम गालीगलौच गरी आत्मरतिमा रमाउने उता पद र सम्पतिको छनक नपाउने बित्तिकै फेरि पहिले कै पार्टीमा प्रवेश गर्ने अनि पहिल्यैको पदमा आसिन गराउने पार्टी मठाधिसहरू नागरिकहरूको टाउकोमा गीर खेल्न पात्रै सिपालु छन् । ऐनमौकामा गुट–गुटको आपसमा गोदागोद, ठोकाठोक, लखेटालखेटीको तमासा देश भरी नै बाक्लिने गर्दछ । अनि फेरि “यो व्यक्ति वा त्यो व्यक्ति प्रधानमन्त्री भए सबै समस्या निख्रिन्छ” भन्दै धमिलो पानीमा खेल्दै आत्मरतिको राजनीति गरिरहने ? ज्ञाननिष्ठा नभएका व्यक्तिले मात्र यस्तो व्यक्तिवादी प्रचार गर्दछ । अझ कम्युनिष्ट कार्यकर्ताले सामुहिक हितको पक्षमा सम्पूर्ण जीवनको ज्ञान प्रयोग प्रयोग गर्दै मुलुकलाई शक्तिशाली बनाउने बाटो तर्फ लैजाने होइन र ? । ज्ञाननिष्ठा भएका जो कोही व्यक्तिले दलिय भद्रगोललाई समेल्न सुझाव निरन्तर दिनु पर्दछ ।
कतिको कन्तबिजोग ! कसैले भनेथे “म त शान्ति स्थापना गर्ने एक मात्र अर्जुनदृष्टि भएको व्यक्ति हुँ मसँग रामवाण नै छ” यो भनेको १८० दिन पूरा नहुँदै उचालपुचाल गर्नेहरूले घु¥यान मै पछारि दिए । अनि फेरि अर्काथरीले अर्का थरी लोभीपापी नेतालाई उचालपुचाल गर्न पुगे उचलपुचालको मोहोरीमा रम्ने अगुवा भनाउँदाको फुरफुरी बतासियो । त्यस्ताले आफूले उचालेको सिद्धान्तको झण्डाको बेइज्जत नै गरेको घटना पनि देशले भोग्यो । सानो दलहका इमान्दार नेताको नेतृत्वमा सबै दलहरू सम्मिलित मन्त्रीमण्डल बनाउनु एउटा विकल्प नै नहुने कस्तो बहुदलीयता ? गुट भित्रको ‘व्यक्ति इगो’ को कारणले बढेको आन्तरिक र बाह्य अन्तरबिरोधलाई यो विकल्पले मथ्थर पार्न सक्थ्यो । राजनीतिक इच्छाशक्ति भए शान्ति स्थापना र संबिधान निर्माण समस्या नै हुँदैनथ्यो । दलहरूको राजनीतिक ज्ञानेन्द्रियहरू नै प्रदुषित र संक्रमित भएपछि नागरिकको इच्छा त हावा नै हुन पुग्यो । यस्तो परिवेशमा व्यक्तिवादी राजनीति स्वाभाविक भएको छ । एउटा व्यक्तिलाई उभ्याएर वरिपरि बेरिएका स्वार्थी सुण्डमुसुण्डहरूले संक्रमणलाई बढाउन मलजल गरेकै हुन् हिजो तर आज यो क्रम रोकिनु पर्छ । अनि नागरिकहरूको तर्फबाट पनि कुनै चमत्कारी व्यक्तिको वकालत गर्नु ज्ञानहीन प्रवृति नै हो । गुटगत अतिरञ्जनाहरू बन्द गरिनु पर्दछ ।
आशा लाग्दा व्यक्तिहरूको राजनीति र कुटनीतिक व्यक्तित्वमा गुटबन्दीले उगाल आउँछ । पद नै अन्तिम हो भन्नेहरूको दुर्दशाको परिणाम कस्तो दुःखदायी हुन्छ अहिलेको घटनाले देखाइरहेको छ । अस्थीर राजनीतिक वातावरणामा व्यक्ति र गुटको त स्वार्थ पूरा होला तर मुलुकले गोता खाइरहने छ । लोकतन्त्रमा हिंसा र उद्दण्डता निषेध हुन्छ । लोकतन्त्रमा हिंसात्मक गतिविधिको आडमा अनुचित फाइदा लिन खोज्नु विचारहीन राजनीतिक प्रवृति हो भने गुटको आधारमा पदको पजनी गर्नु निकृष्ट राजनीतिक काम हो । निष्पौरष अर्थात पराक्रमहीन राजनीतिक व्यक्तिहरू समस्याहरूका कारक पनि बनेका छन् । समस्याहरूको छिनोफानो इच्छाशक्तिले मात्र गर्न सकिन्छ । जनचाहना अनुरुपको शान्ति र संबिधान दिन दृढता मात्रै एउटा उपाय हो । सबै दलहरूले राजनीतिक दृढ इच्छाशक्तिका साथ उभिनु पर्दछ । पक्ष विपक्षको रडाको संविधानसभामा देखिनु हुँदैन ।
दलहरूमा दललाई संकट पर्दा दल छोड्ने अनि दलको अवस्था सुदृढ हुँदा दलमा भित्रिने अवसरवादी झुण्ड चाहे त्यो बौद्धिक वर्गको होस् वा अरु कुनै ति सबै संक्रमण तन्काउने संक्रमित तत्वहरू नै हुन् । यहाँ एउटा जाबो सांसद र मन्त्री हुनलाई रङ्गबिरङ्को आतेजाते गैर राजनीतिक लसपस गर्नेहरूको एउटा भीड मडारिरहेको छ । त्यो भीड कहिले जातको रङ्मा कहिले वर्गको रङ्मा कहिले पहिचानको रङ्मा कहिले बौद्धिक वर्गको रङ्मा त्यही सांसद र मन्त्री नपाएको झोंकमा भौतारिएको छ । पार्टी बिछोड र पार्टी प्रवेशको जायामा निरन्तर यात्रा गरिरहेको त्यो स्वार्थी समुह कुनै पनि मानेमा दुःख पाएको नागरिकको साथी बन्न सक्ने छैन । समस्या छिमोल्ने कुनै इच्छाशक्ति त्यो भीडसँग छैन । त्यो भीड मात्रे राम्रो काम हुन लाग्यो भने जस आफू लिन खोज्छ र समस्याको थाक चुलिदै गयो भने त्यो भीड तथाकथित आरोपहरू लगाउँदै पार्टी छोड्ने अनि सत्तोसराप गरी पखाल्ने गरेको जिउँदा घटनाहरू छन् । यो क्ुनै राजनीति काम नै होइन र यसको कुनै सिद्धान्त र नीति नै हुँदैन । यस्तो प्रवृति हुने जोकोहीको पनि जिम्मेवारीबोध गर्ने साहस र आँट नै हुँदैन । यो पनि नागरिकहरूले बुझ्नु पर्ने अवस्था आएको छ ।
navinnp45@gmail.com

समाज निर्माणमा मर्यादित पत्रकारिताको खाँचो

पिपुल्स टाइम्स समाचार
दमक/समाज निर्माणमा मर्यादित पत्रकारिता जरुरी रहेको झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले पेशागत विकास गर्न सञ्चारकर्मीहरु गतिशील बन्नु पर्ने बताएका छन् । पत्रकार मञ्च दमकको तेश्रो अधिबेशन तथा आठौँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले सञ्चारकर्मीहरुको भूमिका अझ बढ्दै गएको औँल्याए ।
मञ्चको उद्घाटन शत्रमा बोल्दै महासंघका पूर्वाञ्चल संयोजक पोख्रेल
अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले पत्रकारहरुको व्यवसायीक एकताको खाँचो औल्याएका थिए ।  बिचार र आस्थाका आधारमा पत्रकारहरु बिभाजित नभई व्यवसायीक हित र एकताका लागि सदैव एक हुनुको बिकल्प छैन, उनले भने । पत्रकारको क्षमता अभिवृद्धि सँगै पेशागत मार्यादा समेत कायम राख्नु अहिलेको चुनौति रहेको उनले  बताए  ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले पेशागत विकास सँगै क्षमता बृद्धिका लागि सञ्चारकर्मीहरु गंभीर हुनु पर्ने बताए । उनले पत्रकारिता क्षेत्रको विकास गर्न सकिए मात्र यो पेशा जिबीकोपार्जनका लागि माध्यम बन्न सक्ने औँल्याए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाई ,आदीबासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, संघीय प्रेस यूनियन झापाका सल्लाहकार दिपेनबाला राई,  इलाका प्रशासन कार्यालयका उपसचिव बासु कोइरालाले पत्रकारीता पेशालाई मार्यादित बनाउन र समाजलाई जिम्मेवार बनाउन पनि चुनौती रहेको बताए ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, दमक जेसीजका अध्यक्ष भगवान बस्नेत, प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल गड्तौला, आदिबासी पत्रकार महासंघ झापाका अध्यक्ष गणेशमान मुखियालले पेशागत चुनौतीहरु रहेपनि व्यवसायीक पत्रकारीताको अभिबृद्धिका लागी मञ्चले गरेको कामको प्रशंसा गरेका थिए । 
कार्यक्रमको उद्घाटनमा क्रान्तिकारी पत्रकार संघ झापाका उपाध्यक्ष टिकाराम उप्रेती, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष नेत्र दाहाल, कांग्रेस क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, एकिकृत माओवादीका दमक नगर इन्चार्ज रमेश गुरागाइँ, राप्रपाका नगर अध्यक्ष प्रविण चाम्लीङ्ग, संघीय लिम्बुवान पार्टीका संगठन बिभाग प्रमुख प्रेमदीप थाम्सुहाङ्गले व्यवसायीक पत्रकारीताको बिकासका लागी पत्रकारको क्षमता अभिवृद्धिमा समेत जोड दिनुपर्ने बताए ।
--------------------------------------------------------------------------------------------------------------------

मञ्चमा नयाँ नेतृत्व

पत्रकार मञ्च दमकको तेस्रो अधिवेशनले बिष्णु पोखरेललाई  अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । शुक्रवार दमक –१० स्थित पाथिभरा पार्टी प्यालेसमा भएको अधिवेशनले समितिको उपाध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् ।
मञ्चका निर्वाचित कार्यसमिति सामूहिक तस्वीर खिचाउँदै ।
सचिवमा नगेन्द्र मणी न्यौपाने, सहसचिवमा नगेन्द्र राई  र कोषाध्यक्षमा मनकुमार तुम्सा चयन भएका छन् । सदस्यहरु राजेश कुइकेल, श्याम लम्साल, निरज अग्रवाल, लक्ष्मी नेपाल, दिलकुमार लावती र मनकुमारी पन्दाक चयन भएका छन् । अधिवेशनको  बन्दसत्रले निवर्तमान अध्यक्ष गोपाल झापालीले प्रस्तुत अध्यक्ष प्रतिवेदन, सचिव कमन देवानले प्रस्तुत सांगठानीक प्रतिवेदन र कोषध्यक्ष कमला श्रेष्ठले प्रस्तुत आर्थिक प्रतिवेदन छलफल पछि संशोधन सहित पारित गरेको थियो । अधिबेशनको वन्द सत्रले कृष्ण कार्कीको संयोजकत्वमा राजन ढुङाना, दिपेनवाला राई र ओम प्रकाश गौतम सदस्य रहेको निर्वाचन समिति, गोपाल गड्तौलाको संयोजकत्वमा विष्णु सुब्बा र टिकाराम उप्रेति रहेको अध्यक्षीय मण्डल चयन गरेको थियो । त्यस्तै चेतन अधिकारीको संयोजकत्वमा विधान संशोधन, पंकज दाहालको संयोजकत्वमा प्रस्ताव लेखन समिति समेत गठन गरिएको थियो ।

‘जेसीजको क्षेत्र ‘क’ सम्मेलन विर्तामोडमा शुरु’

बिर्तामोड/‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको बिर्तामोडमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वीरता लेडी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीज ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३८ वटा शाखाका पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
विर्तामोडमा शुरु जेसीजको सम्मेलनका अतिथिहरु
नेकपा एमाले नेता भरतमोहन अधिकारीले सम्मेलनको उद्घाटन गरेका छन् । उनले माघ ८ गते संविधान बन्ने वातावरण तयार नभएको बताए । अधिकारीले संविधानका केही जटिल मुद्दा समाधान नभएकाले संविधान बन्नेमा ढुक्क हुने अवस्था नरहेको टिप्पणी गरे । ‘संविधान निर्माणका लागि प्रमुख तीन दल जिम्मेवारीका साथ अघि बढ्नुपर्छ’अधिकारीले भने –‘उनीहरुले खुट्टा कमाए माघ ८ मा संविधान जारी हुन सक्तैन ।’ संविधान लेखनका केही मुद्दामा सहमति गरी अघि बढ्नुपर्ने बताउँदै उनले नयाँ संविधानमा लोकतन्त्र, गणतन्त्र र संघीयताको मुद्दालाई मूल आधार बनाउनु पर्ने बताए । संविधान निर्माणका लागि युवा दवाव आवश्यक रहेको उनको भनाई छ  । ‘युवा नै देशका शक्ति हुन्’ उनले भने –‘युवा समाज र मानवताको विकासमा लाग्नुपर्छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीले महिला र पुरुषबीचको विभेद अन्त्य नभएसम्म मुलुक आर्थिक
सम्वृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताए । ‘अव बन्ने संविधानले सम्वृद्धिको ढोका खोल्नुपर्छ’ उनले भने ‘तव मात्र देशको विकास हुन्छ ।’
कार्यक्रममा जेसीजका राष्ट्रिय अध्यक्ष सुशीलबाबु श्रेष्ठ, नेपाली कांग्रेस झापाका कार्यवाहक अध्यक्ष देउमान थेबे, शान्ति समिति झापाका अध्यक्ष सूर्यनारायण गणेश, एमाले नेता कुन्दन भट्टराई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भीम नेम्वाङ, विशाल थापा, राधा सुब्बा, मीरा बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्वती बिमली, श्रद्धा पोखरेल, गोमा भट्टराई, तिलरुपा श्रेष्ठ लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन शुक्रबार साँझ ‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ विषयक अन्तरक्रिया हुँदैछ । कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापा र एमाओवादीका युवा नेता गणेशमान पुनले समसामयिक राजनीतिक विषयमा चर्चा गर्नेछन् । सहभागीले उठाएका विषयमाथि दुई नेताबीच अन्तरक्रिया गरिने छ । त्यस्तै शुक्रबार राती साँस्कृतिक कार्यक्रमसमेत हुने जनाईएको छ । जेसीज शुक्रबारदेखि ५० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।

पब्लिक सहकारीको कारोवार शुरु

गौरादह/पब्लीक कृषि सहकारी संस्था गौरादहले शुक्रवारबाट कारोवार शुरु गरेको छ । संस्थाले औपचारिक रुपमा बचत तथा ऋणको कारोवार शुरु गरेको हो ।
संस्थाको कारोवारको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरि चरण बानियाँले उदघाटन गरेका छन् ।  कार्यक्रममा संस्थाका अध्यक्ष भुपाल राज कटुवालले कृषि क्षेत्रको विकासमा सहकारी लाग्ने प्रतिवद्धता गरेका थिए । उद्घाटन कार्यक्रममा  द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका ब्यवस्थापक धर्मानन्द भट्टराई लगायतले  कारोवारको सफलताको शुभकामना ब्यक्त गरेका थिए । संस्थाको २ करोड शेयर पूँजी रहेको संस्थाका प्रवन्ध निर्देशक हेमन्त कार्कीले बताए । सो सहकारी संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा टेक बहादुर कार्की  छन् भने सदस्यहरुमा टपेन्द्र घिमीरे, सिरु शाह, लक्ष्मी प्रसाई र गंगा कार्की रहेका छन् ।

दमक–११ मा चुम्लुङ

दमक/किरात याक्थुङ चुम्लुङले दमक–११ मा वडा समिति गठन गरेको छ । शुक्रबार सम्पन्न वडा भेलाले कविन्द्र शेर्माको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरेका हुन् । सर्वसम्म्त गठित समितिको उपाध्यक्षमा पूर्ण कुमार साउदेन, सचिवमा विजय लिङदेन ,सह–सचिवमा कृष्ण बेघा र कोषाध्यक्षमा लक्ष्मी प्रसाद चेम्जोङ चुनिएका छन् । 
यसैगरि, सदस्यहरुमा राम बहादुर सम्बाहाम्फे, सन्तकुमार लिङदेन, यमुना योङहाङ (लिङदेन) र अमृता केरुङ (सेनेहाङ)लगायत रहेका छन् । चुम्लुङका नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेला चुम्लुङका नगर सचिव देवेन्द्र चेम्जोङले सञ्चालन गरेका थिए । कार्यक्रम स्थानीय किरात युमा माङहिमको प्राङगणमा भएको थियो भने  पूजारी आईतराज कुरुम्बाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

बर्षाले धराने टोलमा समस्या

दमक/३ दिन यता निरन्तर भएको बर्षाका कारण झापाको दमकका विभिन्न स्थानमा रतुवा नदीले कटान थालेको छ ।
नदीमा पानीको वहाव बढेपछी दमक १८ धराने टोलमा कटान जारी राखेको छ । धराने टोल उत्तरको बस्तीमा नदी पस्ने खतरा बढेपछि स्थानहरुले अस्थायी तटबन्द निमार्ण गरेका छन् । पानी स्पर भत्काउन थालेपछी
बाँस, बोरा लगाएर अस्थायी तटबन्ध निर्माण गरिएको एमाले नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए । त्यस्तै दमक १८ र १५ को सिमानामा पर्ने चक्रपथमा समेत पानीले क्षति पुर्याएको छ ।