हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भुकम्प गयो

काठमाडौं÷बुधबार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अपरान्ह २ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ ।
भुकम्पको केन्द्रविन्दु दैलेख जिल्लाको डाँडा गाउँ आसपास भएको विभागले जनाएको छ । भुकम्पबाट कुनै ठूलो क्षति भने भएको छैन ।

अमेरिकामा नेपालीको हत्या

एटलान्टा÷अमेरिकास्थित जजर्या राज्यको एटलान्टास्थित डेक्लाब काउन्टीमा रहेको बीपी ग्याँस स्टेशनमा कार्यरत एक नेपालीको हत्या भएको छ ।
सो ठाउँ बस्ने ३९ वर्षीय दामोदर पाठक को सोमबार स्थानीय समय राती करिब साढे ११ बजे गोली प्रहारबाट हत्या भएको हो ।
ग्याँस स्टेशन स्टोरमा राखिएको भिडियो क्यामेराबाट हेर्दा रातीको करिब साढे ११ बजे दुई जना व्यक्ति स्टोरभित्र छिरेका र तिनै व्यक्तिहरुले रजिष्टर्डबाट नगद लुटेका थिए ।
पाठकमाथि तिनै लुटेराहरुले गोली प्रहार गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय टेलिभिजनले जानकारी दिएको छ । पाठकको छातीमा गोली लागेको र पाठकलाई स्थानीय अस्पताल पुर् याउँदा पाठकको निधन भइसकेको स्थानीय अस्पतालले जानकारी गराएको थियो । पाठक विगत चार वर्षदेखि सोही स्टोरमा कार्यरत थिए ।

आज खानेपानीको साधारणभा

दमक÷ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको आज १७ औं साधारण सभा हुँदैछ ।
गत कार्तिक-४ गते भएको निर्वाचनले नयाँ कार्यसमिति चयन भएपछि पहिलो पटक साधारण सभा हुन लागेको हो । साधारण सभाले आर्थिक वर्ष ०६७÷६८ को कार्यसम्पादन बारे छलफल र आर्थिक वर्ष २०६८÷६९ को अनुमानित बजेट तथा कार्यक्रम तय गर्ने अध्यक्ष पशुपतिराज गौतमले बताए ।

म्याटि्रक्सद्वारा सम्मानित

बेलडाँगी÷ मनोक्रान्ति मिनि म्याटि्रक्स बेल्ाडाँगी झापाले बुधबार बिभिन्न व्यक्तिलाई अभिनन्दन गरेको छ ।
विगत तीनवर्षदेखि शरणार्थी शिविरमा निःशुल्क योग साधना प्रदान गर्दै आइरहेको म्याटि्रक्सले भूटानी शिविरमा योगदान पुर् याउने विभिन्न विधाका सात स्रष्टालाई अभिनन्दन गरेको हो ।
म्याटि्रक्सको हलमा भएको समारोहमा भूटानी शरणार्थी अगुवा डा। भम्पा राई दार्जिलिङ निवासी संगीतकार मणिकमल क्षेत्री रंगकर्मी प्रकाश आङ्देम्बे भूटानी स्रष्टा याम थुलुङ लिला निशा र मनोक्रान्तिका साधकहरु क्षमानन्द र ग्लिमलाई अभिनन्दन गरिएको हो ।
उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि शिविर सचिव डि।बि। सुब्बा र कार्यक्रम सभापति कमल गुरुङले दोसल्ला र ताम्रपत्र सहित सम्मान गरेका थिए । म्याटि्रक्सका अध्यक्ष लामिन मोक्तानले स्वागत मन्तव्य राखेको सो कार्यक्रम साचालन सिजन दाहालले गरेका थिए ।

पृथ्वी जयन्ती मनाइयो

दमक÷पृथ्वीनारायण शाहको २ सय ९० औँ जन्मजयन्ती बुधबार मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ ।
जयन्तीका अवसरमा काठमाडौंको िसंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरियो । यस दिनलाई राष्ट्रिय एकता दिवसमा रुपमा स्मरण गरिदै आए पनि गणतन्त्र स्थापना भएपछि भने सरकारले दिवस मनाउन छाडेको हो । शाहको जन्म वि।सं। १७७९ साल पुस २७ गते अर्थात् गोरखामा भएको थियो ।
यसै अवसरमा राप्रपा नेपालले बुधबार साँझ बिभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । दमक चोकमा जिल्ला उपाध्यक्ष बीरेन्द्र संग्रौलाको नेतृत्वमा दीप प्रज्वलन गरिएको थियो ।
त्यसैगरी मेचीनगर नगरपालिकामा कल्याण खड्काको तथा भद्रपुर नगरपालिकामा रामचन्द्र शर्माको नेतृत्वमा पृथ्वीजयन्ती मनाइएको उपाध्यक्ष संग्रौलाले जानकारी दिए ।

मुम्बईमा झापालीको मृत्यु

दुधे÷रोजगारको शिलशिलामा भारतको मुम्बईमा रहेका झापा सतासीधाम ६ नहर चोकका एक जनाको रहस्यमय मृत्यु भएको छ ।
३६ वर्षीय लक्ष्मी बस्नेत ८ दिन अघि मृत भेटिएका हुन् । उनको शरीरमा घाउ चोट देखिएकाले मृत्यु रहस्यमय भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै मृतकका दाजु नारायण बस्नेतले जानकारी दिए । उनका अनुसार बस्नेतको मृत्यु विषयलाई लिएर मुम्बई प्रहरीले महाराष्ट्रका एक व्यक्तिलाई पक्राउ समेत
गरेको छ ।उनको शव ८ दिनपछि बुधबार बिहान घर ल्याइएको थियो । उनको सोहि दिन कन्काई नदीमा दाहसंस्कार गरिएको छ ।
स्वर्गीय बस्नेतकी श्रीमती र जुम्ल्याहा छोरा छन् ।

पशुपति सदनका लागि ७० लाख

दमक÷दमक-११ स्थित पशुपति मन्दिरमा पशुपति सेवा सदन निर्माणका लागि स्थानीबासीहरुले ७० लाख रुपैयाँ भन्दा बढी बजेट सहयोग गरेका छन् ।
बिभिन्न दाताहरुले प्रदान गरेको सहयोगका भरमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष नन्दी अधिकारीले बताए । उनका अनुसार भवन निर्माणका लागि दमक नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
७ तला निर्माणको दिर्घकालिन योजना बनाइएको भवनको हाल दुईतला निर्माण गरिएको छ । दानको बचन दिएका दाताहरुबाट २० लाख रुपैयाँ उठ्न बाँकी रहेकाले सो रकम समेत संकलन कार्य भइरहेको निर्माण समितिका सचिव राम थापाले बताए ।
२०६६ सालको जेठदेखि पशुपति सदन निर्माण प्रारम्भ गरिएको हो । सो सदनको लम्बाई ८३ फुट र चौडा ४७ फुट रहेको छ । २ वटै तलामा रहेका सभाकक्षमा बिवाह ब्रतवन्ध लगायतका कार्यक्रम र अन्य सभा समारोहहरु समेत गर्न सकिने जनाइएको छ । २०१९ सालदेखि कर्नेल सन्तबिर लामाले पशुपति मन्दिर लामा निजी गुठीको नाममा कायम गरेको सो क्षेत्रको जग्गामध्ये साढे ६ कठ्ठा जग्गा २०६५ सालमा स्वर्गीय सन्तबिरकी नातिनी बुहारी शान्ता लामाले पशुपति मन्दिरका नाममा हस्तान्तरण गरेकी हुन् ।
पशुपति मन्दिरमा १३ वर्ष अघिदेखि वर्षेनी शिवरात्रीको अवसर पारेर पुराण आयोजना गर्ने गरिएको छ । हिन्दू संस्कारमा महत्वपूर्ण मानिएका १८ पुराण लगाउने उद्देश्यले सुरु गरिएको सो अन्तर्गत हालसम्म १३ पुराण लगाइसकिएको र यस वर्ष समेत १४ औँ पुराण लाग्ने पुराण समितिका अध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिए ।

यातायात बन्द फिर्ता

दमक÷पूर्वमा थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबारदेखि तीन दिनसम्म आह्वान गरेको पूर्वका ६ जिल्ला बन्द फिर्ता लिएको छ ।
शान्तिमन्त्री सत्या पहाडीले बुधबार पत्राचार गरी बन्द हड्ताल छाडेर वार्तामा आउन आग्रह गरेपछि बन्द फिर्ता भएको संघर्ष समितिका अध्यक्ष सन्तोष थारुले जानकारी दिए ।
बुधबार अपरान्ह झापाको बिर्तामोडमा समेत बन्दकर्ताहरुले कोणसभा गरी बन्द कार्यक्रम फिर्ता भएको जनाउ दिएका छन् । कोणसभामा मोर्चाका जिल्ला संयोजक गया राजवंशीले सो जानकारी दिएका हुन् । समितिले विभिन्न ६ बुँदे माग राख्दै तराईका ´ापा मोरङ सुनसरी सिरहा सप्तरी र उदयपुरमा तीन दिने यातायात बन्द आह्वान गरेको थियो ।
यसैबीच बुधबार बिहान बन्दकर्ताहरुले झापाको बुधबारेमा दुईवटा भेन तोडफोड गरेका छन् । उनीहरुले तेल हाल्न आएको मे १ ज २०६१ नम्बर र मे १ ज २३४ नम्बरको भेनमा तोडफोड गरी १ लाख ५० हजार मूल्य बराबरको क्षति पुर् याएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कांग्रेस एमालेले बढाए राजनीतिक सकि्रयता

बिर्तामोड÷ पछिल्लो समय झापामा नेपाली कांग्रेस र नेकपा एमालेले पार्टीको संगठनात्मक राजनीतिक सकि्रयता बढाएका छन् ।
एमालेको भातृ संगठन युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला भोलि पुष २९ गते देखि बिर्तामोडमा गर्ने भएपछि झण्डै १ महिना यता नै केन्द्रीय नेताहरुको दौडधुप जिल्लामा चलिरहेको छ । पार्टीमा वरियताका हिसाबले तेस्रो वरियता पाएका स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको गृह जिल्ला झापामा हुने युवा संघ नेपालको कार्यकर्ता भेलालाई बृहत बनाउन मात्र नभई पार्टी एकता तथा संगठन सुदृढिकरण अभियानको समेत सुरुवात सोही भेलाबाट हुने उद्घोष गरेको एमालेले वडा जाउ अभियान नै सुरु गरेको छ ।
राष्ट्रिय भेलाको तयारीकै लागि युवा संघका इाचार्ज तथा पार्टी केन्द्रीय सदस्य योगेश भट्टराई संगठनका केन्द्रीय अध्यक्ष महेश बस्नेत उपाध्यक्ष हरि राई केन्द्रीय कोषाध्यक्ष निरु पाल लगायत युवा नेताहरु झापा मै छन् । त्यस्तै यस अघि नै नेता केपी शर्मा ओली उपाध्यक्ष विद्यादेवी भण्डारी लगायतका केन्द्रीय नेताहरुले समेत जिल्लामा आएर कार्यकर्ताहरुलाई आवश्यक निर्देशन दिइसकेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले समेत पार्टी प्रशिक्षण गाउँ तथा नगर सम्मेलनहरु सुरु गरिसकेको छ । जिल्ला उपसभापति देउमान थेवेको संयोजकत्वमा जिल्लामा पार्टीको प्रशिक्षण केन्द्र गठन गरेर कांग्रेसले गाउँ तहसम्मका कार्यक्रमहरु तय गरेको जनाइएको छ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरिसंह केसी पुष ३० गते झापा आउँदैछन् । उनले दमक नगर सम्मेलनको उद्घाटन गर्ने नगर सभापित
ढुण्डी भण्डारीले बताए । केन्द्रीय सदस्य तथा झापा क्षेत्रनम्बर ५ का सभासद् केशवकुमार बुढाथोकी केही दिनयता जिल्लाकै पार्टी गतिविधिहरुमा सकि्रय छन् ।
जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमध्ये संविधानसभा निर्वाचनमा १÷१ वटा क्षेत्रमा मात्रै बिजयी हासिल गरेका कांग्रेस एमालेले राजनीतिक सकि्रयता बढाइरहदा पाँचवटा निर्वाचन क्षेत्रमा बिजयी भएको एकिकृत नेकपा माओवादीले भने तुलनात्मक हिसाबले गतिविधिहरु सकि्रय बनाउन सकेको छैन । माओवादीको केन्द्रदेखि नै चलेको त्रिपक्षीय अन्तरसंघर्षले जिल्लामा समेत असर पारेको स्वयम् माओवादीका स्थानीय नेताहरु बताउँछन् ।

लोकतान्त्रिक संविधान ल्याउँछौँ

धरमपुर÷नेपाली कंाग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी जेठ १४ मा नयाँ संविधान जारी हुन नसके कांग्रेसले लोकतान्त्रिक संविधान लिएर जनतासामु आउने बताएका छन् ।
बुधबार धरमपुरमा पार्टीको प्रथम गाउँ सम्मेलन उद्घाटन गर्दै उनले संविधान नबन्नुको दोष सबै दललाई लगाउन नहुने धारणा राख्ो । नेता बुढाथोकीले सबै दललाई एउटै बास्केटमा राखेर हेर्न नहुने तर्क गर्दै संविधान निर्माणको मुख्य बाधक माओवादी भएको आरोप लगाए । कार्यक्रममा जिल्ला सभापति उद्धव थापा सभासद् अमृतलाल रावजंशी क्षेत्र नम्बर-७ का क्षेत्रीय सभापति शेरबहादुर भट्टराई महाधिवेशन प्रतिनिधिद्वय चन्द्रा भट्टराई र गणेश बुढाथोकी लगायतले बोल्ोका थिए ।
पार्टी गाउँ सभापति बिनोद ढकालको सभापतित्वमा भएको सो कार्यक्रमको साचालन नरनारायण ढकालले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति गोपीचन्द्र गुरुङले राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने १३ जनालाई साधारण सदस्यता प्रदान गरिएको छ ।

ुशान्ति र संविधानमा प्रोत्साहनु

उर्लाबारी÷नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज योगेस भट्टराईले युवाहरुलाई शान्ति स्थापना र संविधान लेखनमा सहयोग पुर् याउन प्रेरित गरिनु पर्ने बताएका छन् ।
आगामी पुष-२९ गतेदेखि बिर्तामोडमा हुने युवा संघ नेपालको राष्ट्रिय भेला प्रचारका लागि बुधबार गरिएको मोटरसाईकल र् याली पछि मोरङको उर्लाबारीमा भएको कोण सभामा उनले युवाहरुलाई श्रीजनशील कार्यमा उत्साहित गरिन आवश्यक रहेको बताए । भेलाले पार्टी भित्रको आन्तरिक जीवन एकतामा ऐतिहासिक महत्व राख्ने बताए ।
यस्तै कोणसभामा युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले जातीयताका आधारमा राजनीति गर्नेहरुले देशमा बिखण्डन ल्याउन खोजेको आरोप लगाए । उनले बिखण्डनकारी गतिविधि गर्नेलाई युवा संघले प्रतिरोध गर्ने चेतावनी दिए ।
काँकडभिट्टाबाट शुरु भएको मोटरसाईकल र् याली उर्लाबारीमा पुगेर समापन भएको थियो । भेलाको उद्घाटनका क्रममा एमालेका केन्द्रीय अध्यक्ष झलनाथ खनाल नेता माधव नेपाल केपी ओली बामदेब गौतम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इन्टरनेट म अनि तपाई

इन्टरनेट भनेको के हो भनेर कसैले सोधिहाल्यो भने हामी धेरै जसोले एउटा सामान्य कम्प्युटर देखाउँछौं । त्यसैबाट इमेल पठाउने, पाउने र चाहिएको सूचना प्राप्त गरिन्छ । इन्टरनेटको व्याख्या यतिले मात्र पुग्दैन र सायद मैले पनि पुरा दिन सक्दिन । तर म कोसिस गर्नेछु । यो आँखा नदेख्ने मानिसहरूलाई हात्ती कस्तो छ भनि सोध्दा कसैले खम्बा जस्तो छ, कसैले पहाड जस्तो छ र कसैले पाइप जस्तो छ भनेको जस्तै पनि हुन सक्छ । सबै यसको अन्तर गहिराइसम्म पुग्न सक्दैनन् र आफुले जस्तो रूपमा देख्यो उस्तै जवाफ दिएको पाइन्छ ।
संसारमा करोडौ कम्प्युटरमा सूचना तथा जानकारी राखिएको छ । यसरी राखिएका कम्प्युटरहरूलाई एक सञ्जालमा जोडिएको छ । यो सञ्जाल विश्वव्यापी छ । यो सबै देशमा त पुगेको छैन  तर अन्तरिक्षमा भने पुगिसकेको छ । संसारमा जहाँ सूचनाहरू राखिएका छन् ती कम्प्युटरका आ–आफ्ना ठेगानाहरू छन् । हामीले पनि हाम्रा कम्प्युटर यही सञ्जालमा जोड्यौं भने हाम्रा कम्प्युटरको पनि एक ठेगाना हुन्छ ।
संसारमा जहाँ सूचनाहरू राखिएका छन् तिनीहरूलाई “सर्भर” (server) वा सेवा दिने ठाउँ वा ठेगाना भनी बुझ्नुपर्छ । ती सूचनाहरूलाई जहाँबाट हेरिन्छ वा प्रयोग गरिन्छ तिनलाई ग्राहक (client) भनिन्छ । ग्राहक हामीले देख्ने गरेका कम्प्युटर, ल्यापटप, मोवाइल फोन तथा पीडिए (Portable Digital Assistant)  जस्ता उपकरण हुन् ।
सामान्यतया ग्राहक उपकरणबाट सर्भरहरूलाई कुनै जानकारीका लागि अनुरोध गरिन्छ र सर्भरले जुन ग्राहकले जे जस्तो सूचना खोजेको हो उसैलाई सो उपलब्ध सूचना पठाइदिन्छ । यसरी अनुरोध गर्दा वा सूचना पठाउँदा यो सञ्जाल साहै« ठुलो जञ्जाल भए पनि अनुरोध वा सूचना जहाँ पुग्नु पर्ने हो त्यहीँ पु¥याउनको लागि बीच बीचमा राउटर र स्वीच जस्ता उपकरणको प्रयोग गरिएको हुन्छ । यही इन्टरनेट सञ्जालमा प्रयोग हुने राउटर उपकरणहरूको काम खास गरी एकातिरबाट अनुरोध लिने र अर्कोतिर पठाउने हुन्छ । यसरी अनुरोध पठाउँदा यी उपकरणको काम निर्दिष्ट ठाउँमा पु¥याउन सबैभन्दा राम्रो बाटो (छोटो) बाटो पठाउनु पनि हो ।
यसरी अनुरोधको आदान प्रदान गर्दा एक उपकरण (राउटर, सर्भर र ग्राहक) ले अर्को उपकरणसँग पहिला नै कायम गरिएको प्रोटोकलको आधारमा मात्र गर्न सक्दछ । यसको खास मतलब के हो भने एउटा ग्राहक (उपकरण) ले इमेल सर्भरसँग गर्दा वा वेभ सर्भरसँग सुचना लिन खोज्दा फरक फरक तर निर्दिष्ट तरिकाले अनुरोध पठाउँछ ।
इन्टरनेटको वेब ब्राउजिङ एकदमै जनप्रिय सेवा हो । आजभोलि तात्कालिक सन्देश (Instant Messaging) र ध्वनि (Voice) आदान प्रदान गर्ने सेवाहरू पनि अत्यधिक प्रचलनमा छन् । यस बाहेक फाइल आदान प्रदान गर्ने सेवा (File Transfer Protocol-FTP)  पनि उत्तिकै प्रयोगमा छन् ।
इन्टरनेटमा प्रयोग हुने ठेगाना नम्बरमा ह’न्छ । जस्तै २०२.७०.६४.२ यस्ता ठेगानाहरू मानिसहरूलाई सम्झन गाहो हुने भएकाले यस्ता ठेगानाको सम्झन सकिने नाम दिइएको हुन्छ । जस्तो नेपाल टेलिकमको वेब सर्भरको हालको (पछि परिवर्तन हुन सक्छ)  ठेगाना २०२.७०.६४.२  हो । तर यो सम्झन गाहो हुने भएकाले हामी डब्लु डब्लु डब्लु डट एनटिसी डट नेट डट एनपी (www.ntc.net.np) प्रयोग गर्छौं । नामको ठेगाना नम्बरमा परिवर्तन डोमेन नेम सेवाबाट हुन्छन् । यहाँ ntc.net.np, cnn.com jf bbc.co.uk लाई डोमेन नेम भनिन्छ । डोमेन नेम सेवाले नामका ठेगानालाई नम्बर मा उल्था गरिदिन्छ । हामीलाई इन्टरनेटबाट सुचना चाहिएमा जुन सर्भरमा राखिएको हुन्छ त्यही सर्भरको ठेगाना चाहिन्छ । यदि सर्भरको ठेगाना थाहा पाइएन भने खोज यन्त्र (Search Engine) को सहायता लिन सकिन्छ । अहिले गुगल, याहु र वीङ जनप्रिय खोज यन्त्र हुन् ।
इमेल यही इन्टरनेट भित्रकै एक सेवा हो जसले एकठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने काम गर्दछ । इमेलका लागि पनि छुट्टै ठेगाना हुन्छ । यहाँ लेखकको इमेल ठेगाना dibas@sambad.com.np हो । इमेल ठेगनामा @ हुन्छ नै । @ ले इमेल ठेगानालाई दुई भागमा छुट्याउँछ । सामान्यतया @ अगाडिको भाग प्रयोग कर्ता र पछाडिको भागले उक्त इमेल कुन सर्भरले उपलव्ध गराउँछ त्यसको जानकारी मिल्छ । जस्तो कि rampyari@yahoo.com  इमेलमा rampyari इमेल प्रयोगकर्ता हुन् भने yahoo.com  चाहिँ सर्भरको नाउँ÷ ठेगाना हो ।
म २४ घण्टामा प्रायः इन्टरनेटबाट छुट्टिन्न । मेरो काम इन्टरनेटमा आवश्यक सुचनाको खोजी गर्नु र इमेल सन्देश आदान प्रदान गर्नु हो । प्रायः हामी घरायसी र कामकाजी कुनै काम छिटो छरितो गर्न इन्टरनेट प्रयोग गर्छौं ।
इन्टरनेटमा सूचना प्रवाह गर्न धेरै सजिलो र सस्तो पर्दछ । एउटा वेब सर्भरमा राखिएको सूचना हजारौ जनाले एकैपटक हेर्न सक्छन् । यसै गरी एकै पटकमा लाखौ जनालाई इमेल सन्देश पठाउन सकिन्छ । इन्टरनेटबाट हाम्रो व्यक्तिगत वा कामकाजको सुचनाको पहुँच अरबौ जनासम्म सजिलै पु¥याउन सकिन्छ । जहाँ धेरै जनालाई सुचना पु¥याउन प¥यो त्यहाँ इन्टरनेट भन्दा सस्तो सजिलो अरु कुनै साधन छैन ।
इन्टरनेटमा राम्रोसँग सूचना राखियो भने यसबाट व्यक्ति तथा संस्थाको तस्वीर÷छाप राम्रो पार्न सकिन्छ । कर्पोरेट वा व्यवसायिक कम्पनीले आफ्नो परिचय लगायत सम्पादन गर्ने काम राख्न सक्छन् र उसका सम्भाव्य ग्राहकहरूकोमा उक्त सूचना पुगी व्यवसायमा महत्वाकांक्षी वृद्धि हुनसक्छ ।
इन्टरनेटको अर्को मुख्य विशेषता भनेको यसको स्वामित्व पनि हो । यसको स्वामित्व कुनै एक व्यक्ति, संस्था वा देशमा छैन । यो यति व्यापक छ कि कुनै देश वा महादेश सम्पुर्ण रूपमा ध्वस्त भए पनि काम गर्ने गरी डिजाइन गरिएको छ ।
हामीले इन्टरनेटको के के सुविधा प्रयोग गर्छौ ? इमेल, वेब ब्राउजिङ वा तात्कालिक सन्देश । इन्टरनेट प्रयोग कर्ताले पहिलो हेक्का के राख्नुपर्छ भने इन्टरनेट सबैभन्दा असुरक्षित सञ्जाल हो । हामीले यसका सेवा उपभोग गर्दा संसारको अरबौ मानिसका लागि हाम्रा उपकरण तथा सुचनाहरू खुला गर्छौ । अरबौ मध्ये केही मात्रको इच्छा वा उद्देश्य तपाईं र मलाई बिगार्ने भयो भने पनि हामीलाई क्षति हुन सक्छ । अर्को महत्वपुर्ण कुरा के हो भने इन्टरनेट महासागर जस्तै भएकोले यसमा भएका सबै सुचनाहरू मानवोपयोगी मात्र हुन्छन् भन्न सकिन्न । यसमा उपलब्ध हुने सूचनाहरू संसोधन हुन बाँकी पनि हुन सक्छन् र यस्ता संसाधन हुन बाँकी सूचनाबाट प्रभावित हुने हाम्रा निर्णयहरू परिपक्व र राम्रा नहुन सक्छन् ।
इन्टरनेट धेरै प्रयोग गर्नेहरू यसको अम्मली  पनि धेरै भएका छन् । यसको जहाँबाट जे का लागि इन्टरनेट प्रयोग गरिए पनि त्यसको विवरण राखिएको हुन्छ । यसैले इन्टरनेटमा अरुलाई थाहा हुँदैन भनेर जे मन लाग्यो त्यही हेर्ने वा प्रयोग गर्ने गर्नु हुदैन । यसका थुप्रै विकृतिहरू पनि छन् । तपार्इंका अति गोप्य रहनुपर्ने सूचनाहरूमा पनि यसका अरबौ प्रयोगकर्ताको पनि पहुँच हुने भएकोले इन्टरनेट र यसका सेवाहरू प्रयोग गर्दा गोप्यता गुमाउनु होला, होस पु¥याउनुस है, मैले त सम्झाएको छु नि ।

दिवश न्यौपाने