इन्टरनेट म अनि तपाई

इन्टरनेट भनेको के हो भनेर कसैले सोधिहाल्यो भने हामी धेरै जसोले एउटा सामान्य कम्प्युटर देखाउँछौं । त्यसैबाट इमेल पठाउने, पाउने र चाहिएको सूचना प्राप्त गरिन्छ । इन्टरनेटको व्याख्या यतिले मात्र पुग्दैन र सायद मैले पनि पुरा दिन सक्दिन । तर म कोसिस गर्नेछु । यो आँखा नदेख्ने मानिसहरूलाई हात्ती कस्तो छ भनि सोध्दा कसैले खम्बा जस्तो छ, कसैले पहाड जस्तो छ र कसैले पाइप जस्तो छ भनेको जस्तै पनि हुन सक्छ । सबै यसको अन्तर गहिराइसम्म पुग्न सक्दैनन् र आफुले जस्तो रूपमा देख्यो उस्तै जवाफ दिएको पाइन्छ ।
संसारमा करोडौ कम्प्युटरमा सूचना तथा जानकारी राखिएको छ । यसरी राखिएका कम्प्युटरहरूलाई एक सञ्जालमा जोडिएको छ । यो सञ्जाल विश्वव्यापी छ । यो सबै देशमा त पुगेको छैन  तर अन्तरिक्षमा भने पुगिसकेको छ । संसारमा जहाँ सूचनाहरू राखिएका छन् ती कम्प्युटरका आ–आफ्ना ठेगानाहरू छन् । हामीले पनि हाम्रा कम्प्युटर यही सञ्जालमा जोड्यौं भने हाम्रा कम्प्युटरको पनि एक ठेगाना हुन्छ ।
संसारमा जहाँ सूचनाहरू राखिएका छन् तिनीहरूलाई “सर्भर” (server) वा सेवा दिने ठाउँ वा ठेगाना भनी बुझ्नुपर्छ । ती सूचनाहरूलाई जहाँबाट हेरिन्छ वा प्रयोग गरिन्छ तिनलाई ग्राहक (client) भनिन्छ । ग्राहक हामीले देख्ने गरेका कम्प्युटर, ल्यापटप, मोवाइल फोन तथा पीडिए (Portable Digital Assistant)  जस्ता उपकरण हुन् ।
सामान्यतया ग्राहक उपकरणबाट सर्भरहरूलाई कुनै जानकारीका लागि अनुरोध गरिन्छ र सर्भरले जुन ग्राहकले जे जस्तो सूचना खोजेको हो उसैलाई सो उपलब्ध सूचना पठाइदिन्छ । यसरी अनुरोध गर्दा वा सूचना पठाउँदा यो सञ्जाल साहै« ठुलो जञ्जाल भए पनि अनुरोध वा सूचना जहाँ पुग्नु पर्ने हो त्यहीँ पु¥याउनको लागि बीच बीचमा राउटर र स्वीच जस्ता उपकरणको प्रयोग गरिएको हुन्छ । यही इन्टरनेट सञ्जालमा प्रयोग हुने राउटर उपकरणहरूको काम खास गरी एकातिरबाट अनुरोध लिने र अर्कोतिर पठाउने हुन्छ । यसरी अनुरोध पठाउँदा यी उपकरणको काम निर्दिष्ट ठाउँमा पु¥याउन सबैभन्दा राम्रो बाटो (छोटो) बाटो पठाउनु पनि हो ।
यसरी अनुरोधको आदान प्रदान गर्दा एक उपकरण (राउटर, सर्भर र ग्राहक) ले अर्को उपकरणसँग पहिला नै कायम गरिएको प्रोटोकलको आधारमा मात्र गर्न सक्दछ । यसको खास मतलब के हो भने एउटा ग्राहक (उपकरण) ले इमेल सर्भरसँग गर्दा वा वेभ सर्भरसँग सुचना लिन खोज्दा फरक फरक तर निर्दिष्ट तरिकाले अनुरोध पठाउँछ ।
इन्टरनेटको वेब ब्राउजिङ एकदमै जनप्रिय सेवा हो । आजभोलि तात्कालिक सन्देश (Instant Messaging) र ध्वनि (Voice) आदान प्रदान गर्ने सेवाहरू पनि अत्यधिक प्रचलनमा छन् । यस बाहेक फाइल आदान प्रदान गर्ने सेवा (File Transfer Protocol-FTP)  पनि उत्तिकै प्रयोगमा छन् ।
इन्टरनेटमा प्रयोग हुने ठेगाना नम्बरमा ह’न्छ । जस्तै २०२.७०.६४.२ यस्ता ठेगानाहरू मानिसहरूलाई सम्झन गाहो हुने भएकाले यस्ता ठेगानाको सम्झन सकिने नाम दिइएको हुन्छ । जस्तो नेपाल टेलिकमको वेब सर्भरको हालको (पछि परिवर्तन हुन सक्छ)  ठेगाना २०२.७०.६४.२  हो । तर यो सम्झन गाहो हुने भएकाले हामी डब्लु डब्लु डब्लु डट एनटिसी डट नेट डट एनपी (www.ntc.net.np) प्रयोग गर्छौं । नामको ठेगाना नम्बरमा परिवर्तन डोमेन नेम सेवाबाट हुन्छन् । यहाँ ntc.net.np, cnn.com jf bbc.co.uk लाई डोमेन नेम भनिन्छ । डोमेन नेम सेवाले नामका ठेगानालाई नम्बर मा उल्था गरिदिन्छ । हामीलाई इन्टरनेटबाट सुचना चाहिएमा जुन सर्भरमा राखिएको हुन्छ त्यही सर्भरको ठेगाना चाहिन्छ । यदि सर्भरको ठेगाना थाहा पाइएन भने खोज यन्त्र (Search Engine) को सहायता लिन सकिन्छ । अहिले गुगल, याहु र वीङ जनप्रिय खोज यन्त्र हुन् ।
इमेल यही इन्टरनेट भित्रकै एक सेवा हो जसले एकठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने काम गर्दछ । इमेलका लागि पनि छुट्टै ठेगाना हुन्छ । यहाँ लेखकको इमेल ठेगाना dibas@sambad.com.np हो । इमेल ठेगनामा @ हुन्छ नै । @ ले इमेल ठेगानालाई दुई भागमा छुट्याउँछ । सामान्यतया @ अगाडिको भाग प्रयोग कर्ता र पछाडिको भागले उक्त इमेल कुन सर्भरले उपलव्ध गराउँछ त्यसको जानकारी मिल्छ । जस्तो कि rampyari@yahoo.com  इमेलमा rampyari इमेल प्रयोगकर्ता हुन् भने yahoo.com  चाहिँ सर्भरको नाउँ÷ ठेगाना हो ।
म २४ घण्टामा प्रायः इन्टरनेटबाट छुट्टिन्न । मेरो काम इन्टरनेटमा आवश्यक सुचनाको खोजी गर्नु र इमेल सन्देश आदान प्रदान गर्नु हो । प्रायः हामी घरायसी र कामकाजी कुनै काम छिटो छरितो गर्न इन्टरनेट प्रयोग गर्छौं ।
इन्टरनेटमा सूचना प्रवाह गर्न धेरै सजिलो र सस्तो पर्दछ । एउटा वेब सर्भरमा राखिएको सूचना हजारौ जनाले एकैपटक हेर्न सक्छन् । यसै गरी एकै पटकमा लाखौ जनालाई इमेल सन्देश पठाउन सकिन्छ । इन्टरनेटबाट हाम्रो व्यक्तिगत वा कामकाजको सुचनाको पहुँच अरबौ जनासम्म सजिलै पु¥याउन सकिन्छ । जहाँ धेरै जनालाई सुचना पु¥याउन प¥यो त्यहाँ इन्टरनेट भन्दा सस्तो सजिलो अरु कुनै साधन छैन ।
इन्टरनेटमा राम्रोसँग सूचना राखियो भने यसबाट व्यक्ति तथा संस्थाको तस्वीर÷छाप राम्रो पार्न सकिन्छ । कर्पोरेट वा व्यवसायिक कम्पनीले आफ्नो परिचय लगायत सम्पादन गर्ने काम राख्न सक्छन् र उसका सम्भाव्य ग्राहकहरूकोमा उक्त सूचना पुगी व्यवसायमा महत्वाकांक्षी वृद्धि हुनसक्छ ।
इन्टरनेटको अर्को मुख्य विशेषता भनेको यसको स्वामित्व पनि हो । यसको स्वामित्व कुनै एक व्यक्ति, संस्था वा देशमा छैन । यो यति व्यापक छ कि कुनै देश वा महादेश सम्पुर्ण रूपमा ध्वस्त भए पनि काम गर्ने गरी डिजाइन गरिएको छ ।
हामीले इन्टरनेटको के के सुविधा प्रयोग गर्छौ ? इमेल, वेब ब्राउजिङ वा तात्कालिक सन्देश । इन्टरनेट प्रयोग कर्ताले पहिलो हेक्का के राख्नुपर्छ भने इन्टरनेट सबैभन्दा असुरक्षित सञ्जाल हो । हामीले यसका सेवा उपभोग गर्दा संसारको अरबौ मानिसका लागि हाम्रा उपकरण तथा सुचनाहरू खुला गर्छौ । अरबौ मध्ये केही मात्रको इच्छा वा उद्देश्य तपाईं र मलाई बिगार्ने भयो भने पनि हामीलाई क्षति हुन सक्छ । अर्को महत्वपुर्ण कुरा के हो भने इन्टरनेट महासागर जस्तै भएकोले यसमा भएका सबै सुचनाहरू मानवोपयोगी मात्र हुन्छन् भन्न सकिन्न । यसमा उपलब्ध हुने सूचनाहरू संसोधन हुन बाँकी पनि हुन सक्छन् र यस्ता संसाधन हुन बाँकी सूचनाबाट प्रभावित हुने हाम्रा निर्णयहरू परिपक्व र राम्रा नहुन सक्छन् ।
इन्टरनेट धेरै प्रयोग गर्नेहरू यसको अम्मली  पनि धेरै भएका छन् । यसको जहाँबाट जे का लागि इन्टरनेट प्रयोग गरिए पनि त्यसको विवरण राखिएको हुन्छ । यसैले इन्टरनेटमा अरुलाई थाहा हुँदैन भनेर जे मन लाग्यो त्यही हेर्ने वा प्रयोग गर्ने गर्नु हुदैन । यसका थुप्रै विकृतिहरू पनि छन् । तपार्इंका अति गोप्य रहनुपर्ने सूचनाहरूमा पनि यसका अरबौ प्रयोगकर्ताको पनि पहुँच हुने भएकोले इन्टरनेट र यसका सेवाहरू प्रयोग गर्दा गोप्यता गुमाउनु होला, होस पु¥याउनुस है, मैले त सम्झाएको छु नि ।

दिवश न्यौपाने

0 प्रतिकृया:

Post a Comment