हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

कोठे हुँदैछन् गीत



ुभोलीबाट ७७ लाग्दैछु- दमक- को फाल्गुनन्द चोकमा रहेको किराना पसलमा चाउरीएको अनुहार चम्काउँदै मंगलबार लक्ष्मीप्रसाद जोशीले भने
धनकुटाको सँगीतमय परिवारमा जन्मिएका लक्ष्मीप्रसाद अर्थात एलपि जोशी कुनै बेलाका चल्चिका लोकगायक अहिले चल्तिका किराना समान बेच्छन् गफले मेलो लिनलाग्दै गर्दा श्रीमति आईपुगिन पालो दिन ुजाँउ माथिनै गएर भलाकुसारी गरौंु-च्याङ्लो कमिज टक्टक्याउँदै आग्रह गरे
ुबिनायो किराती बाजा होु बिनायोको आवाजलाई गीतमा उनेर दर्विलो इतिहास बनाएका जोशी यसो भन्दै गर्दा पुरानौ बिनायो हातैले पुछ्-पाछ गरि ओठले बजाउन कोसिस गर्दै थिए ुखै ओठले कर नपाएको हो कि यो पुरानो भएर हो राम्ररी बजेनु- थोरै खिन्न भए
उनको परिचयनै बिनायो हो कुनै बेलाको खुव लोकपि्रय गीत रिटिङ रिटिङ नबजाउ बिनायोका गायक जोशी अहिले बुढ्यौलीको घाम तापिरहेका छन् उनि भन्छन् -ुबेला बेला अतिथी हुन बोलाउँछन त्यतै गयो गीत सुन्यो आफु गाउनै सक्न छोडियो
२०१३ सालमा रेडियो नेपालको स्वर परिक्षा उतिर्ण गरे पछि शुरु भएको उनको औपचारीका साङ्तिक यात्राले सङ्ग्रहको रुपमा भने धेरै बाँधिएन जम्मा एउटा एल्बम - रिटिङ रिटिङ रेकर्ड गीतको सङ्ख्या चाँहि पुग नपुग दर्जन नाघेका छन्
केको कोर्को केको नि कोर्को - कुराउनीको कोर्कोनि लैलै बोलको सगुन गीत २०१९ सालमा तत्कालिन राजा महेन्द्रबाट _िक्सस पाएका जोशीको मन अचेल अमिलो हुन्छ बेला-बेलै मुख्य कारण चाँहि सिर्जनाको चोरी भन्छन् -ुश्रृजनाको चोरी गरेर कोहि पनि सर्जक बन्न सक्दैन चोरेको श्रृजना तासको घर जस्तै हो कति खेर हावाले उडाउँछ टुङ्गै हुँदैन
२०१९२२ २९ सालमा रेडियो नेपालले गरेको देश ब्यापि लोकगीत सम्मेलनमा जोशीले क्रमश देश्रो दोश्रो पहिलो उपाधि हात पारे भने -ुत्यस पछि प्रतियोगीतामा भाग लिनै छोडिदिए २०५९ सालमा सु-प्रशिद्ध लोक गायकको सम्मान पाए नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानले पनि सम्मान गरि सक्यो उनलाई धेरै सम्मानको तल-तल पनि छैन्ा भने - राष्ट्रले गर्नु पर्ने सम्मान गरेकै   धेरै अपेक्षा गरेर पनि भएनन नि ।ु  २०६० सालमा लोक भाका हरुको संकलन अनावृत पुस्तकाकारमा प्रकाशन गरेका उनले चाउरिएको मुहार उज्यालो पार्दै भने -ुयतिले कहाँ पुग्नु अझै गरौंला भन्ने हेरौं के-के गर्न सकिन्छ
अहिलेका धेरै जसो लोकगीत उनलाई कोठे लाग्छ ुकोठे नि कोठे गाँउ-गाँउ गएर भाका खोज्ने झण्झट किन गर्थे कोठैमा बस्यो गीत लेख्योु- असन्तोष व्यक्त गरे थपे- ुफेरी सवैलाई दोष दिएको चाँहि होईनहै ।ु फेरी गीत रेकर्ड गर्ने योजनाबारे सुनाए- ुखै हौ कतिन्जेल बाँचिन्छ यसो ÷ ओटा गरौं भनेको तर पारै मिलिरहेको छैन
लक्ष्मीपूजाको दिन जन्मिएकैले उनको नाम लक्ष्मीप्रसाद राखियो भलाकुसारी सकेर अध्यारो भर्याङ् ओर्लदै गर्दा- ुनामै मात्र हो लक्ष्मीप्रसाद यहि एउटा दोकान थाप्याछु अरु केनै कमाउन सकियो रबरु थोर बहुत सरस्वतीकेा आशिर्वाद चाँहि पाईयोु भन्दै गर्दा उनको चाउरीएको अनुहारमा अनौठो चमक छाएको थियो
प्रस्तुती बिष्णु सुव्बा

िसंहदेवी मिनीसोटा जोड्दै

८ कातिक
दमक-१९ मा मेदीनिप्रसाद अधिकारीको जन्म दशौं सन्तानको रुपमा भएको हो । १५ जना सन्तान भएका रामलाल अधिकारीको गाँउमा यश रामै्र थियो । दोश्रो विश्व युद्धमा शिक्षा नभएका कारण क्याप्टेन हुने अवसर गुमाए पछि सवै सन्तानलाई चाहे सम्म शिक्षा दिलाउने उनको ईच्छा थियो । ति सन्तान मध्ये मेदीनि सानै देखि पढाईमा तिख्खर । अझ रुचि त अंग्रेजी र गणितमा । त्यसैले उनले स्थानिय सिँहदेवी माबिमा अव्बल विद्यार्थीको रुपमा आफुलाई उभ्याए ।
तिहार मान्न अमेरीकाबाट दमक-१४को हालको घर आएका उनले आफ्नै घरको आँगनमा अनुभव सुनाए-ु गाँउबाटै ४५ सालमा एसएलसि पास गरेँ । सो पछि बिराटनगर हुँदै पढ्नकै लागि काठमाण्डौं गएँ ।ु अंग्रेजीमा राम्रो दख्खल भएकाले उनि थप अध्ययनका लागि विश्व भाषा क्याम्समा भर्ना भए । त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजीमा एमए गरे पछि सन् १९९५ को अन्त्य तिर भ्रमण भिजामा अमेरीका हानिए उनी । भिजा थप गरेर अमेरीकाकै मिनीसोटा युनिभसर्िटीबाट अर्थशाष्त्रमा पुन ः एमए गरेका उनी ुकम्युनिकेसन टेक्नोलोजीु का ईन्जिनियर पनि हुन् ।
५ वर्ष भित्रमा पूर्वााचललाई ुआईटी हबु बनाउने लक्ष्यमा लागेका उनले कालो चियाको चुस्कि लिए र भने- ु अहिलेको समय ईन्टरनेटको हो यसको उपयोग गर्न सकिए घरैमा बसेर शिक्षा रोजगारी व्यवसालय लगायतका काम गर्न सकिन्छ ।ु ुआईटी हबु भनेको चाँहि ईन्टरनेट सम्बन्धि सवै काम गर्न सकिने अवस्था होु- उनले अथ्र्याए । ुराम्रोसँग ईन्टरनेटकेा बिस्तार गर्न सकिए मिनीसोटा वा अक्सफोर्ड युनिभसर्िटीको कोस्र पनि नेपालमानै बसेर पढ्न सकिन्छु-अन्तराष्ट्रिय स्तरको शिक्षण प्रणालीको बिकास गर्ने उद्देश्यले ुसेपु परियोजना साचालन भई रहेको दमक बहुमुखी क्याम्पस तिर फर्किएर उनले महत्व बुझाए ।
आफुले पढे-लेखेको िसंहदेवी उच्चमाविमा म्यागासेसे पुरस्कार बिजेता महावीर पुनसँगको समन्वयमा रोटरी क्लब मार्फत १४ लाख रुपैयाँ भन्दा बढिको शैक्षिक सामाग्री भित्र्याए । उनले आउँदो वर्ष भित्रमानैं दमकका सवै सामुदायिक विद्यालयको शैक्षिक प्रणालीलाई आधुनिक र ईन्टरनेट युक्त बनाउने अभियान शुरु गरेका छन् । सामुदायिक विद्यालयमा सरकार र बिभिन्न निकाय मार्फत गरिने खर्च नीजि स्कुलको भन्दा बढि रहेको र यसलाई व्यबस्थित पार्न सके थोरै खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने उनकेा अर्थशाष्त्रिय बिश्लेषण छ ।
अमेरीकाको मिल्ट्रि युनिभसर्िटी पढाउँछन अहिले । तर उतै भासिने योजना चाँहि छैन । अमेरीकामा रहेका नेपालीहरुको संस्था ुएशोसिएसन ईनेप्लिज ईन अमेरीकाु को बोष्टन ुकन्भेन्सनुबाट अध्यक्ष समेत भईसकेका उनले कुराकानीको टुङ्ग्याउनी तिर सुनाए- ुउता पनि सामाजीक कामको लत मारेको छैन यता पनि आउँदै-जाँदै गर्छु । पछि चाँहि यतैको शिक्षा क्षेत्रको सुधार र ईन्टनेटको पहुँच बिस्तारमा समर्पित हुने योजना छ ।ु
फर्किने दिन आउँनै लागेकेा भन्दै गर्दा छेवैमा रहेकी ८३ वर्षिया आमा तिर फर्किर भने- ु बुवा त बिति सक्नु भयो यस पटक चाँहि आमालाई अमेरीका लिएर जाने योजना छ ।ु
प्रस्तुती ः गोपाल झापाली
 

द्योसी-भैलीको लहर

८ कातिक
दमक÷तिहारसँगै द्यौसी भैली खेल्ने क्रम शुरु भएको छ । बिभिन्न संस्था तथा समुहहरुले बिभिन्न सहयोग जुटाउन समेत द्यौसी भैली खेली रहेका छन् ।
दमकमा नेत्रहीन विद्याथी तथा अपांगहरुले शैक्षिक क्षेत्रमा सहयोग जुटाउने उद्येश्यले द्यौसी शुरु गरेको छ । यस्तै बिभिन्न जातिय संस्थाहरुले पनि संस्थाको सहयोगार्थ द्यौसी शुरु गरेका छन् ।

मंसिर १ बाट प्लाष्टिक झोाल निषेध

८ कातिक
दमक÷झापाको दमकलाई प्लाष्टिक मुक्त बनाउन दमक उद्योग वाणिज्य संघले छलफललाई तिव्रता दिएको छ ।
मंसीर १ गते देखि दमकलाई प्लाष्टिक मुक्त अभियानलाई प्रभावकारी बनाउन संघले स्थानीय सरोकारवालाहरुसँग छलफल संचालन गरेको हो । मंगलबार संघको सभाकक्षमा बजार व्यवस्थापन समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि वातावरण प्रदुषण जोगाउन नगरलाई प्लाष्टिक मुक्त बनाउन सहकार्यमा जोड दिएको छ । समितिका संयोजक प्रविण चाम्लिङ्ले प्लाष्टिकका प्रयोगले वातावरणीय क्षँेत्रमा असर पुर् याउदै गएकाले संघको अगुवाईमा दमकलाई प्लाष्टिकमुक्त शहर बनाउन लागिएको बताए । उनले भने ूअव्यवस्थित रुपले प्लाष्टिकको प्रयोग हटाउन सबैको सहयोगको खाचुे रहने छ ।ू
हाम्रो दमक राम्रो दमक भन्ने नाराका साथ संघले अभियानलाई शसक्त बनाउन विभिन्न सरोकारवाल सम्मलित एक मूल समिति समेत गठन गरेको छ ।
छलफलमा संघका पूर्व अध्यक्ष विजय बरालले प्लाष्टिकको बढ्दो प्रयोगमा रोक लगाउन खाँचो रहेको बताए । उनले नगलाई सुन्दर र स्वच्छ बनाउन संघको अभियानलाई सहयोग पुर् याउनु पर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष गणेश बस्नेतले प्लाष्टिक मुक्त घोषणा मात्र अभियानले पूर्णता नपाउने भन्दै दण्ड जरिवाना कार्यान्वयनमा जोड दिने बताए ।
छलफल संघका प्रथम उपाध्यक्ष विक्रम कुमार शाहको अध्यक्षामा भएको सो कार्यक्रममा टोल विकास संस्था नगर समितिका सचिव नारायण घिमिरे सदस्य केदार घिमिरे प्लाष्टिक उत्पादक उद्यमी रोम बुढाथोकी समितिका उपसंयोजक सन्तोष अधिकारी पदम कोइराला मदन प्रसाद अधिकारी दिनेश अग्रवाल लुथरन विश्व फेडेरेशनका बेद थापा मगर लगायतले बोलेका थिए ।

माओवादी दोषी-पोखरेल


७ कातिक
दमक÷ नेकपा एमालेका सचिव तथा पूर्व साचारमन्त्री शंकर पोखरेलले राजनीतिक संक्रमण लम्बिनुमा माओवादी प्रमुख दोषी भएको बताएका छन् ।
सोमबार झापाको गौरादहमा सोमबार सम्पन्न दोश्रो ईन्द्र लोहनी स्मृती खुल्ला भलिबल प्रतियोगीता समापनको कार्यक्रममा प्रमुख अतिथी रहेको नेता पोखरेलले शान्ति प्रकि्रया र संविधान निमार्णमा माओवादीको द्वैध चरित्र बाधक भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका समयमा गरिएको बिपा सम्झौताले माओवादीको राष्ट्रवाद खोक्रो छ भन्ने पुष्टि भएको बताए ।
प्रतियोगीता मदन भण्डारी स्पोर्टस एकेडेमी झापा क्षेत्र नम्बर-६ले आयोजना गरेको हो ।

फाईनलमा दमक र भानु

७ कातिक
गौरादह÷ भ्ाुापाको गौरादहमा जारी दोश्रो इनद्र लोहनी स्मृति भलिबलको उपाधीका लागी आज हुने फाईनल खेलमा आज दमक भलिबल क्लब र भानु स्र्पोटिड क्लब जुरोपानि बिच प्रतिष्पर्धा हुँदैन् ।
हिजो भएको सेमिफाइनल खेलमा महारानीझोडा खेलकुद बिकास समितिलाई हराउदै दमक भलिबल क्लब र गौरादह खेलकुद बिकास समितिलाई पछि पार्दै भानु स्पोटिड क्लब फाइनलमा पुगेको हो ।
दमकले १५-१५ २५-१८ र २६-२४को ३ सेट जितेर महारानीझोडालाई हराएको थियो । त्यस्तै महारानीझोडाले २५-२३ अंकमा चित्त बुझाएको थियो ।
यसैगरि भानु स्पोटिडले २५-२२ २५-१७ र १५-११ अंक ल्याएर ३ सेट जितेको थियो । गौरादहले भने २५-१९ २५-२० अंक ल्याएको थियो ।
हिजोको खेलका म्यान अफ द म्याच गौरादहका ऐन मगर भएका थिए ।
तेस्रो स्थानका लागी भने महारानीझोडा र गौरादह खेलकुद बिकास समिति बिच खेल हुँदैछ ।
यस अघि पत्रकार र आयोजक बिच भएको मैत्री पुर्ण खेलमा आयोजक मदनभण्डारी स्र्पोट्स एकाडेमी बिजयी बनेको थियो । आज हुने खेल समापन कार्यक्रममा एमाले सचिव शंकर पोखरेल सहभागी हुने आयोजकले जनाएको छ ।