िसंहदेवी मिनीसोटा जोड्दै

८ कातिक
दमक-१९ मा मेदीनिप्रसाद अधिकारीको जन्म दशौं सन्तानको रुपमा भएको हो । १५ जना सन्तान भएका रामलाल अधिकारीको गाँउमा यश रामै्र थियो । दोश्रो विश्व युद्धमा शिक्षा नभएका कारण क्याप्टेन हुने अवसर गुमाए पछि सवै सन्तानलाई चाहे सम्म शिक्षा दिलाउने उनको ईच्छा थियो । ति सन्तान मध्ये मेदीनि सानै देखि पढाईमा तिख्खर । अझ रुचि त अंग्रेजी र गणितमा । त्यसैले उनले स्थानिय सिँहदेवी माबिमा अव्बल विद्यार्थीको रुपमा आफुलाई उभ्याए ।
तिहार मान्न अमेरीकाबाट दमक-१४को हालको घर आएका उनले आफ्नै घरको आँगनमा अनुभव सुनाए-ु गाँउबाटै ४५ सालमा एसएलसि पास गरेँ । सो पछि बिराटनगर हुँदै पढ्नकै लागि काठमाण्डौं गएँ ।ु अंग्रेजीमा राम्रो दख्खल भएकाले उनि थप अध्ययनका लागि विश्व भाषा क्याम्समा भर्ना भए । त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजीमा एमए गरे पछि सन् १९९५ को अन्त्य तिर भ्रमण भिजामा अमेरीका हानिए उनी । भिजा थप गरेर अमेरीकाकै मिनीसोटा युनिभसर्िटीबाट अर्थशाष्त्रमा पुन ः एमए गरेका उनी ुकम्युनिकेसन टेक्नोलोजीु का ईन्जिनियर पनि हुन् ।
५ वर्ष भित्रमा पूर्वााचललाई ुआईटी हबु बनाउने लक्ष्यमा लागेका उनले कालो चियाको चुस्कि लिए र भने- ु अहिलेको समय ईन्टरनेटको हो यसको उपयोग गर्न सकिए घरैमा बसेर शिक्षा रोजगारी व्यवसालय लगायतका काम गर्न सकिन्छ ।ु ुआईटी हबु भनेको चाँहि ईन्टरनेट सम्बन्धि सवै काम गर्न सकिने अवस्था होु- उनले अथ्र्याए । ुराम्रोसँग ईन्टरनेटकेा बिस्तार गर्न सकिए मिनीसोटा वा अक्सफोर्ड युनिभसर्िटीको कोस्र पनि नेपालमानै बसेर पढ्न सकिन्छु-अन्तराष्ट्रिय स्तरको शिक्षण प्रणालीको बिकास गर्ने उद्देश्यले ुसेपु परियोजना साचालन भई रहेको दमक बहुमुखी क्याम्पस तिर फर्किएर उनले महत्व बुझाए ।
आफुले पढे-लेखेको िसंहदेवी उच्चमाविमा म्यागासेसे पुरस्कार बिजेता महावीर पुनसँगको समन्वयमा रोटरी क्लब मार्फत १४ लाख रुपैयाँ भन्दा बढिको शैक्षिक सामाग्री भित्र्याए । उनले आउँदो वर्ष भित्रमानैं दमकका सवै सामुदायिक विद्यालयको शैक्षिक प्रणालीलाई आधुनिक र ईन्टरनेट युक्त बनाउने अभियान शुरु गरेका छन् । सामुदायिक विद्यालयमा सरकार र बिभिन्न निकाय मार्फत गरिने खर्च नीजि स्कुलको भन्दा बढि रहेको र यसलाई व्यबस्थित पार्न सके थोरै खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने उनकेा अर्थशाष्त्रिय बिश्लेषण छ ।
अमेरीकाको मिल्ट्रि युनिभसर्िटी पढाउँछन अहिले । तर उतै भासिने योजना चाँहि छैन । अमेरीकामा रहेका नेपालीहरुको संस्था ुएशोसिएसन ईनेप्लिज ईन अमेरीकाु को बोष्टन ुकन्भेन्सनुबाट अध्यक्ष समेत भईसकेका उनले कुराकानीको टुङ्ग्याउनी तिर सुनाए- ुउता पनि सामाजीक कामको लत मारेको छैन यता पनि आउँदै-जाँदै गर्छु । पछि चाँहि यतैको शिक्षा क्षेत्रको सुधार र ईन्टनेटको पहुँच बिस्तारमा समर्पित हुने योजना छ ।ु
फर्किने दिन आउँनै लागेकेा भन्दै गर्दा छेवैमा रहेकी ८३ वर्षिया आमा तिर फर्किर भने- ु बुवा त बिति सक्नु भयो यस पटक चाँहि आमालाई अमेरीका लिएर जाने योजना छ ।ु
प्रस्तुती ः गोपाल झापाली
 

0 प्रतिकृया:

Post a Comment