हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

युवतीको हत्या गर्ने २ पक्राउ

पक्राउ परेका २ हत्याका अभियुक्तहरु

काकडभिट्टा । झापाको काँकडभिट्टास्थित सिलोङ होटलमा एक युवतीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको चैनपुर ६ घर भई हाल काँकरभिट्टा बजारमा सिलोङ्ग होटल संचालन गरी बस्ने श्याम लामाको छोरा बर्ष २५ को विजय लामा र  काभ्रे घर भई काठमाण्डौ सुकेधारा बस्ने प्रेम तामाङको छोरा बर्ष २० को कुमार तामाङ छन् । बिर्तामोड नगरपालिका वडा नं. ०६ बस्ने मन्दिरा बि.क.लाई घाँटीमा धारीलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।  ती युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् । ती युवतीलाई राति ११ बजे चक्कुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहोर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा प्रहरीले फेला पारेको थियो ।

दुर्घटनामा दुई सहचालकको, मृत्यु, १८ घाइते

सुनसरी । सुनसरीको भरौल र सिरहाको बडहरामाल गाविसमा ट्याक्टरले किचेर दुई जना सहचालकको मृत्यु भएको छ । सुनसरीको भरौल ५ मा शुक्रबार साँझ साढे ५ बजे अनटेष्ट ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक सुनसरी रामधुनीभासी नगरपालिका १ बस्ने २१ वर्षिय सुघम उरावको मृत्यु भएको हो । स्थानीय सर्दु खोलाबाट ढुङ्गा लिएर आउदै गर्दा उनी अचानक ट्याकटरबाट खसेपछि पछाडिको चक्काले किचेको थियो । गम्भिर घाइते भएका उनको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ ७ बजे मृत्यु भएको हो । यस्तै सिरहाको बडहरामाल ४ खैर टोलस्थित खेतमा ट्याक्टरबाट माटो झार्ने क्रममा डालाले किचेर सहचालक बडहरामाल ४ बस्ने २० वर्षिय सुबास सदाको मृत्यु भएको छ । ट्याक्टरबाट माटो झार्नका लागी डाला पल्टाउँदा डालाले उनलाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । दुबै घटनाका ट्याकटर चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सप्तरीको बकुधुवामा शनिबार बिहान पोखराबाट काँकडभिट्टा आउदै गरेको रात्री बस दुर्घटना हुँदा बसमा सवार १८ जना यात्रु घाइते भएका छन् । बिहान करिब साढे १ बजे मे १ ख १५५३
नम्बरको रात्री बस अनियन्त्रित भई पूर्वपश्चिम राजमार्ग अन्र्तगत बकधुवा ९ स्थित सडक किनारमा रहेको आँपको रुखमा ठोक्किएको थियो । दुर्घटनामा १८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते मध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको छ ।

उद्योग ब्यावसायी महासंघको क्षेत्रिय नेतृत्व चयन

दमक । नेपाल उद्योग तथा ब्यवसायी महासंघको भेलाले शनिबार दमकमा पूर्वाञ्चल क्षेत्रीय कमिटी गठन गरेको छ । नेकपा एमाले निकट ब्यवसायीहरुको महासंघको भेलाले पूर्वाञ्चल क्षेत्रीय कमिटीको संयोजकमा एलपी सावा चयन भएका छन् । भेलाले मेची र कोशीमा पनि नेतृत्व चयन गरेको छ । मेचीमा संयोजक श्रीप्रसाद मैनाली, सहसंयोजक गणेश बहादुर बस्नेतलाई चयन गरेको छ । कोशी संयोजकमा उमेश पौडेल चयन भएका छन् भने सगरमाथामा नेतृत्व चयन गर्न बाकी छ । सदस्यहरुमा भोला उप्रेती, तारा घिमिरे, सन्तोस खतिवडा, राजकुमार श्रेष्ठ, रणबहादुर खड्का, मोहनप्रकाश उप्रेती, त्रिलोचन सापकोटा, समा पौडेल, संजय तुम्बाहम्फे, गोविन्द थापा र देवी ओझा चयन भएका छन् । भेला नेकपा एमाले स्थाई समिति सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्य, एमाले केन्द्रिय सदस्य हिक्मत कार्की अतिथी, महासंघका केन्द्रिय अध्यक्ष लक्ष्मीदाश मानन्धरको अध्यक्षतामा भएको हो ।

पाँचथरमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञ

पाँचथर । बैशाख १२ गते र त्यसपछि पटक पटक गएका भूकम्पका कारण ज्यान गुमाएकाहरुको आत्माको शान्ति तथा घाइतेहरुको स्वास्थ लाभ कामना गर्न पाँचथरको जोरपोखरीमा भूकम्पीय पृथ्वी शान्ति महायज्ञको आयोजना गरिएको छ । पाँचथर उद्योग वाणिज्य संघ र पाँचथर वहुमुखी क्याम्पस सहित १४ वटा सामाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा महायज्ञ आयोजना गरिएको हो ।
व्रह्मयोगाश्रम सिद्धस्थल र फाल्गुनन्द मन्दिर परिषरमा आयोजित महायज्ञमा बैशाख १२ गते भूकम्प गएकै समय पारेर विहान ११ वजेर ५६ मिनेट जाँदा भुकम्पका कारण ज्यान गुमाएका व्यक्तिको आत्मा शान्तिको कामना गर्न १ हजार ८ वटा दीप प्रज्वलन गरिएको थियो । त्यसपछि पृथ्वी शान्तिका लागि १ सय ८ वटा गाईको दुध र सातवटा समुद्रवाट ल्याइएको जलले रुद्राभिषेक गरिएको थियो ।
महायज्ञमा जिल्लाका विभिन्न स्थानवाट आएका व्राह्मणहरुले स्वस्ती शान्तिसँगै पाठ पारयण गर्नुका साथै भजन किर्तन लगायतका कार्यक्रम पनि सम्पन्न गरिएको थियो । मृतक परिवारको आत्मा शान्ति घाइतेहरुको स्वास्थ्य लाभ र घरवार विहिन भएका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्नुका साथै विनासकारी भुकम्प जस्ता दैवि विपति नदोहोरिउन् भन्ने उद्धेस्यले महायज्ञको आयोजना गरिएको आयोजक संस्था मध्ये पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेले वताए । महायज्ञमा जिल्लाका विभिन्न स्थानवाट आएका हजारौं सर्वसधारण सँगै संविधान सभा सदस्य गणेशकुमार काम्वाङ, जिल्ला न्यायधिस माधवप्रसाद अधिकारी, कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी सहित राजनैतिक दलका नेता कार्यालय प्रमूखहरु, सामाजिक संघ संस्था र नागरिक समाजका प्रमूख तथा प्रतिनिधि उपस्थित थिए ।

वृद्धवृद्धाको पक्षमा धरमपुरमा बृहत भेला

झिलझिले । वृद्धावृद्धहरुलाई घृणा होइन माया र सम्मान गरौं भन्ने सन्देशका साथ जेष्ठ नागरिक समाजले शनिबार झापाको धरमपुरस्थित मंगलबारे बजारमा भेलाको आयोजना गरेको छ । भेलालाई सम्बोधन गर्दै जेष्ठ नागरिक समाज झापाका उपाध्यक्ष तथा पुर्वसासंद तारासम योङ्याले बिभेद रहित समाज स्थापना गर्न आजको आवश्यकत्ता रहेको औल्लाए । उनले वृद्धावृद्ध र अशक्त भएपछि जेष्ठ—नागरिकहरुलाई घृणा र तिरस्कृत गरिने गरेकोमा दुख्ख प्रकट गरे । समाजका अध्यक्ष खडानन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहेका योङ्याले देशभरका जेष्ठ नागरिकहरु संस्थागत रुपमा एकृकित भएर जुट्न आग्रह गरे । उमेर र वैश रहुन्जेल समाजलाई अथक योगदान दिएको कथन सुनाउदै योङ्याले ति योगदानको उच्च सम्मानका साथ ६० बर्ष नाघेकालाई मासिक भत्ता, स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट गराउइनु पर्ने माग समेत गरे ।
समाजका शिवसताक्षी नगरसमितिका सचिव तथा पुर्वप्राध्यापक पदमप्रसाद दाहालले उमेर र स्वास्थ्यको हिसवाले वृद्धावृद्धहरु अशत्त र कमजोर हुने भएकोले उनीहरुलाई सरकारी सेवा सुबिधामा बिशेष ध्यान दिइनुपर्ने माग गरे । एक बर्षअघि गठित सो समितिले धरमपुरभित्र रहेका सवै वडाहरुमा ६० बर्ष नाघेका जेष्ठ नागरिहरुको तथ्याङक संकलन गरिरहेको अध्यक्ष खडानन्द घिमिरेले बताए । उनले गाविस कार्यालयवाट मासिक भत्ता लिन जेष्ठ नागरिकहरुलाई गाह्रो भएको अवस्थामा सहयोग समेत पुर्याइरहेको जानकारी दिए । उपाध्यक्ष गोपाल उप्रेतिको स्वागत रहेको कार्यक्रममा ताराप्रसाद गौतमले संचालन गरका थिए ।

नेता र पत्रकारलाई पितृशोक

विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापालाई पितृ शोक परेको छ । थापाका पिता हेम बहादुर थापाको ९१ वर्षको उमेरमा शुक्रवार  राती ९ बजे मृत्यू भएको हो । थापाको शवलाई शनिवार  दिउसो ११ बजे कन्काई माईमा अन्त्येष्टी गरिएको छ । थापाको शवमा उहाँका छोरा कांग्रेस जिल्ला सभापति उद्धव थापाले दागबत्ती  दिएका थिए । फोक्सोको खराबीका कारण थापाको शनिअर्जुन नगरपालिका २ स्थित निजी निवासमा शुक्रवार मृत्यु भएको थियो  ।
शव यात्रामा ठुलो संख्यामा कांग्रेस  कार्यकर्ताहरु सहित सभासद्हरु महेन्दा्र सुब्बा , मनकुमार गौतम , भक्त खपाङ्गीको समेत उपस्थिति रहेको थियो । शव यात्रामा अन्य राजनितिक पार्टी नेता , कार्यकर्ताहरु सहित एमाले अध्यक्ष चिन्तन पाठक , राप्रपा नेता राजेन्द्र लिङदेन लगायत ५ हजार भन्दा बढी मलामीहरुको सहभागिता रहेको स्थानिय पत्रकार एवम्  थापाका छिमेकी दिपिन राईले जानकारी दिए ।
त्यसैगरी झापा भद्रपुरका युवा पत्रकारद्धय उत्तम नेपाल र राजन नेपाललाई पितृशोक परेको छ । उत्तम ब्लाष्ट टाइम्स दैनिकका पत्रकार हुन् भने राजन प्रतिदिन दैनिकमा भद्रपुरबाट लेख्छन् । नेपालद्धयका पिता ८२ बर्षिय कृष्णभक्त नेपालको शनिवार बेलुका साढे ४ बजे भद्रपुर १५ स्थित आप्mनै निवासमा निधन भएको हो । विगत केही बर्षदेखि दुवै मृगौला काम नलाग्ने भएपछि भद्रपुर पश्चात काठमाडौमा बसेर उपचार गराएका थिए । उनको उपचार त्यहा पनि सम्भव नभएपछि अस्पतालले घर फर्काएको महिना दिन नबित्दै उनको निधन भएको परिवारजनले बताएको छ ।

भट्टराईले गरे गोठ र भुमि पुजा

दमक । भट्टराई कुल वंश प्रतिष्ठान दमक नगर शाखा समितिले शनिबार गोठ पुजा र भुमि पुजा गरेको छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय परिशर दमक १६ मा पुजा सम्पन्न भएको हो । उभौली र उधौली गरि बर्षमा दुईपटक गरिने गोठ पुजा अहिले उभौली गरिएको हो । दमक क्षेत्रभित्र रहेको भट्टराई र अन्य गरेर १५० भन्दा धेरै परिवारको सहभागिता रहेको थियो । त्यसैगरि गत बैसाख १२ गते गएको महाभूकम्प र त्यस पछिका बारम्बार आईरहेका पराकम्पका कारण मुलुक ठुलो बिपदमा परेको र बर्खाको समयमा हुने बाढी पहिरो लगायत अनिस्टबाट मुलुकलाई जोगाउन धार्मिक बिधि अनुसार भुमि पुजा समेत गरिएको नगर शाखा अध्यक्ष के.पि. भट्टराईले जानकारी दिए । भुमि पुजामा बशिष्ठ संस्कृत गुरुकुलका ११ जना बटुकहरुले रुद्रि , चण्डि पाठ गरेका थिए । साथै मुलुकलाई दैबि बिपत्ति बाट जोगाउन होमादि समेत गरिएको शाखा उपाध्यक्ष कृष्ण भट्टराईले जनाए ।

शरणामतीमा २४ ज्येष्ठ नागरिकलाई सम्मान

सुरुङ्गा । झापाको शरणामतीमा ज्येष्ठ नागरिकहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समिति झापा, ज्येष्ठ नागरिक जिल्ला संघ तथा ज्येष्ठ नागरिक गाउँ समिति शरणामतिको संयुक्त आयोजना तथा प्रवासी शरणामति प्रगतिशील युवा समूहको सहयोगमा भएको कार्यक्रममा २४ ज्येष्ठ नागरिकहरुलाई नगद तथा दोसल्ला ओढाई सम्मान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष भवानी प्रसाद दाहालले जानकारी दिए । सम्मानित हुनेहरुमा काशीनाथ चुडाल, गुमानसिंह घतानी, विष्णुप्रसाद प्रसाईं, हरिमाया उप्रेती, वीरेन मेचे, अमृतमाया भट्टराई, धनबहादुर लिम्बू, कृष्णमाया चौलागाईं, दुलकी हेमरन, रत्नबहादुर खत्री, बलबहादुर डाँगी, बुधनी कोच, तालामई हेमरन, दिलमाया राई, लालमन विक, बहरुद्दिन सेख, बुधलाल गणेश र जंगीलाल कोच रहेका ज्येष्ठ नागरिक जिल्ला संघ झापाकी उपाध्यक्ष भागिरथा चापागाईं (शान्ता) ले बताइन् । त्यस्तै रामलाल गणेश, हर्कमाया कार्की, अकलनाथ दाहाल, गौरीमाया लिम्बू, कम्पीदेवी गोसाई र बोलोराम मण्डललाई युवा समूहले सम्मान गरेको थियो । समूहले स्थानीय जनता उमावि कक्षा ११ मा अध्ययनरत उत्कृष्ट छात्रछात्रा सरितामणि त्रिपाठी, भरत प्रसाद उप्रेती र कृष मुर्मूलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, ज्येष्ठ नागरिक जिल्ला संघ झापा अध्यक्ष दाहाल, सचिव जयप्रसाद संग्रौला लगायतले ज्येष्ठ नागरिकका हकहित र अधिकारका पक्षमा बोलेका थिए ।

एमालेको महारानीझोडामा नयाँ नेतृत्व

महारानीझोडा । नेकपा एमाले महारानीझोला गाउँ कमिटीको १४ औ अधिवेशनले दुर्गामणी बस्नेतलाई अध्यक्ष चयन गरेको छ । गाउँ कमिटीको उपाध्यक्षमा फडिन्द्र धमला, सचिवमा भीम निरौला र उपसचिवमा कृष्ण बस्नेत सर्वसम्मत चयन हुन भएका छन् । याम बहादुर श्रेष्ठ , रामबहादुर बिक ,चन्द्रकला थापा, अनिता कटुवाल, गोमा सुवेदी, भागीरथा भुजेल , हरि पौडेल सहित २१ सदस्यीय गाउँ कमिटी चयन भएको एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ६का सचिव नगेन्द्र भण्डारीले जानकारी दिए ।
त्यसैगरी नेकपा एमाले दमक १६ को वडा कमिटीको १२ औं अधिवेशनले  कुवेर भट्टराई अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा अम्विका सिटौला , सचिवमा तुलसी फूयल र उपसचिवमा केसरी भण्डारी  चयन भएका छन् । सदस्यहरु चटक लाल धिमाल, केसेलाल धिमाल, कुमार सुब्बा, पवित्रा न्यौपाने, दुर्गादेवी पोखरेल, सुन्दर बाह्कोटी चयन भएका छन् । त्यस्तै खिमलाल ढकाल, सुन्दर बाह्रकोटी  लगायतका १७ सदस्यीय कमिटी चयन गरेको दमक नगर सदस्य झसराज ढकालले जानकारी दिए ।

पाँचौ पटक पनि फिफा अध्यक्षमा ब्लाटर

एजेन्सी । सेप ब्लाटर पाँचौ पटक फिफाको अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ गरेकै बेला भएको चुनावमा ब्लाटरले जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गरे । यद्यपि पहिलो राउण्डमा भएको चुनावले नजिता दिएन । चुनाव जित्न कुल मत २०९ को दुई तिहाई अर्थात १४० मत आवश्यक थियो ।
तर, ब्लाटरलाई ७ भोट पुगेन । दोस्रो चरणको मतदानमा भने सामान्य बहुमतका आधारमा विजयी हुने भएकाले अल हुसेनले आफ्नो नाम फिर्ता लिए । पाँचौ पटक अत्यक्ष भएपछि ब्लाटरले फिफामा अहिले देखिएको विवादमा आफूलाई जिम्मेवार देखाउन खोजिएको भएपनि त्यसको कुनै परवाह नरहेको बताए । आफ्नो कार्यकाल पुरा हुँदा एक जिम्मेवार उत्तराधिकारीलाई एक मजबुत संस्था छाडेर जाने उनले बताए । ब्लाटरविरुद्ध लडेका जोर्डनका राजकुमार अलीले चुनावी परिणाम परिर्वतनको पहिलो कदम भएको प्रतिकृया दिए ।