हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

हत्या भएको माइतीपक्षको आरोप

दमक, चैत्र ९/ मंगलबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी दमक–१२ की राधा चौधरी (पण्डित) ले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आरोप मृतकका माइतीपक्षले लगाएका छन् ।
मृतक राधाका माइतीपक्षले बुधबार उनका श्रीमान सहित ३ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् ।
राधाका बाबु घनश्याम पण्डितले राधाका श्रीमान सुनिल चौधरी उनका बाबु लक्ष्मी र आम निलदेवी चौधरी विरुद्ध जाहेरी दिएका हुन् । सो अघि मृतकका आफन्तहरुले शव गाडीमा राखेर विरोध जुलुस गरेका थिए । उनीहरुले राधालाई हत्या गरेपछि झुण्ड्याएको आरोप लगाएका छन् ।
२२ वर्षीया राधा र सुनिलबीच १० महिना अघि प्रेम बिवाह भएको राधाका दाजु दिनेश पण्डितले जानकारी दिएका छन् ।
यसैबीच बुधबार नै राधाको कन्काई माइ नदीमा दाहसंस्कार गरिएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि आरोपित तीनै जनालाई नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

सुरक्षार्थ खटेका प्रहरीबीच कुटाकुट

फिदिम, चैत्र ९/मंगलबार साढे नौ बजे राती छिमेकी प्रहरी पोष्ट फिदिममा सुरक्षार्थ खटेका प्रहरी एक आपसमा कुटाकुट गरेका छन् । प्रहरी जवान बिराज बस्नेत, अजित राई र बिरबहादुर राई बीच कुटाकुट भएको हो ।

सुरक्षा दिन खटेका प्रहरीहरु नै एक आपसमा कुटपिटमा उत्रेपछि स्थानीयबासी त्रसित बनेका थिए । प्रहरी पोषाकमा रहेका झगडीया एक प्रहरीको नाथ्री फुटेर रगताम्य भएका प्रत्यक्षदर्शीले बताए । केहि छिनपछि अन्य प्रहरीले उनीहरुलाई छुट्याएर जिल्ला प्रहरी कार्यालय तर्फ गाडीमा लिएर गएका थिए । उनीहरुबीच झगडा हुनाको कारण खुलेको छैन । जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा संगठनको अनुशासन तोड्ने प्रहरीहरुलाई छानबिन गरी विभागीय कारवाही गरिने प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । यसअघि जिल्लाको सिदिन प्रहरी चौकीमा रहेका प्रहरीबीच पनि झगडा हुँदा एक आपसमा काटाकाट भएको थियो ।
यसैबीच फाक्तेप ३ का ३५ वर्षीय तिलबिक्रम चेम्जोङ्ग प्रहरीको निर्घात कुटपिटपछि उपचारका लागि फिदिम अस्पताल आएकाछन् । आइतबार स्थानीय भीमलाल चेम्जोङ्गको घरमा आगो लगाएको आरोपमा फाक्तेप प्रहरी चौकीका हवल्दार मनिल तामाङसहितको तीन प्रहरीले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेका तिलबिक्रमले बताए ।

एक सय बोतल मदिरा नष्ट

भद्रपुर, चैत्र ९/ आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले बुधबार एक सय बोतल मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा अनुगमनका क्रममा अवैध रुपमा फेला पारिएको सो परिमाणको मदिरा कार्यालय परिसमा नष्ट गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले बताए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ढकालको संयोजकत्वमा गठित ‘मदिरा बिक्री वितरण अनुगमन तथा निरीक्षण समिति’ को निर्णय अुनसार ति मदिरा नष्ट गरिएको जनाइएको छ । समितिमा  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, होटल व्यवसायी संघ, झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मदिरा डिलर व्यवसायी संघ लगायतका प्रतिनिधिहरु रहेका छन् । ति  मदिरा विभिन्न मितिमा बजार अनुगमनका क्रममा बिना इजाजत बिक्रीवितरण गर्ने पसलहरुबाट कब्जा गरी ल्याइएका, सशस्त्र प्रहरी बल, राजस्व एवम् भन्सार गस्ती सुरक्षा वेस, काँकडभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, झापाले विभिन्न स्थानमा बेवारिसे रुपमा फेला पारेको ढकालले बताए ।

आगलागीमा २४ लाख क्षति

बिर्तामोड, चैत्र ९/झापाको बुधबारे–६ मा बुधबार बिहान भएको आगलागीबाट करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्ण दाहालको दुई तले घरमा भएको आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ ।
आगलागीबाट ६ तोला सुन, नगद ६० हजार लगायत घरका सबै धनमाल नष्ट भएको परिवारले जनाएको छ । बिहान साढे ८ बजेतिरबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा  स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महसुल नतिर्ने ग्राहक कालोसूचिमा

दमक, चैत्र ९/लामो समयसम्म विद्युत महसुल नबुझाउने झण्डै अढाई सय ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेको छ ।
६ महिना भन्दा लामो समयसम्म महसुल नबुझाउने २ सय ४६ ग्राहकलाई कालोसुचीमा राखिएको कार्यालयले जनाएको छ । वितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालका अनुसार ति मध्ये ४ जना ग्राहकले भने जरिवाना र महसुल तिरेर पुन ः लाईन जोडेका छन् । उनका अनुसार ति ग्राहकबाट महसुल र जरिवाना गरी ९५ हजार ४ सय ९ रुपैयाँ संकलन भएको छ ।
दमक बितरण केन्द्रमा हाल महसुल बक्यौता ५ करोड रुपैयाँ रहेको जनाइएको छ । सो मध्ये माओवादी लडाकुको पहिलो डिभिजनले ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको जैसवालले बताए ।

अलैँचीका बिरुवाको माग बढ्दो

इलाम, चैत्र ९/ पश्चिम जिल्लामा अलैचीखेती बिस्तार हुन थालेपछि बिरुवाको माग बढेको छ । अलै“ची बिरुवा उत्पादन गर्दै आएको अलै“ची विकास केन्द्र फिक्कल पान्दामले रोल्पा, लमजुङ, पर्वतलगायतका जिल्लाबाट बिरुवाको माग आउन थालेको जनाएको छ ।

पूर्वाञ्चलका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हु“दै आएको अलै“ची रोल्पा, रुकुम, डोल्पा लमजुङ, काभ्रे जिल्लामा पनि किसानले बिरुवाको माग गर्न थालेपछि केन्द्रमा अलै“चीका बिरुवाको माग बढेको हो ।
दुईलाख बिरुवा बिक्री गर्ने लक्ष्य लिएको केन्द्रमा अहिले २० लाख स्वस्थ बिरुवाको माग रहेको केन्द्रका प्रमुख पद्मप्रसाद अधिकारीले बताए । ‘बिरुवाको माग उच्च भएपछि सरकारले निजी नर्सरी स्थापनामा पनि प्रोत्साहन गर्ने नीति लिएको छ’, अलै“ची विकास अधिकारीले भने । जिल्लाकै किसानलाई बिरुवा पु¥याउन गा¥हो परेको छ । यसपटक पा“चलाख बिरुवा भएपनि सबै बिक्री हुने उनले बताए ।  अलै“ची विकास केन्द्रले प्राविधिक सहयोग गरेर नर्सरी बनाउन प्रोत्साहन गर्ने नीति लिएको छ । बिरुवाको माग क्षमताभन्दा बढी रहेकाले त्यसको अभाव हुन नदिन निजी नर्सरीलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।
किसानको सक्रितामा काभ्रेको कुश्मादेवी गाविस, तेह्रथुम, इलामको फिक्कल र फुएतप्पामा नर्सरी स्थापना गरिएको छ । पूर्वमा अन्य जिल्लाबाट भन्दा पनि इलाम जिल्लाबाट सबैभन्दा बढी अलै“चीका बिरुवाको माग रहेको छ । इलामबाहेक पा“चथर, ताप्लेजुङ, सङ्खुवासभा, रोल्पा, काभ्रे, ओखलढुङ्गा र लमजुङ जिल्लाबाट केन्द्रमा बिरुवाको माग उच्च रहेको छ । तीनवर्षमा मात्र बिरुवा रोप्न योग्य हुने भएकाले मागअनुसार वितरण गर्न नसकिएको अलै“ची विकास केन्द्रले जनाएको छ ।

कोहवरामा लिम्बुवान मुक्ति मोर्चा

गौरादह, चैत्र ९/झापाको कोहवरामा लिम्बुवान मुक्ति मोर्चाको गाउँ इकाई समिति गठन गरिएको छ । बुधबार सम्पन्न भेलाले दीपेश नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय गाउँ इकाई समिति गठन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा हरिप्रसाद निरौला, सचिवमा आशिष सम्वाहाम्फे, सहसचिवमा मोहनसिंह लिम्बू र कोषाध्यक्षमा गलबहादुर श्रेष्ठ चुनिएका छन् ।
यस्तै सदस्यहरुमा नरेन्द्र फुँयल, कुमार लाओती, देवीप्रसाद निरौला, गजेन्द्र आङ्देम्बे लगायत रहेका छन् । मोर्चाका जिल्ला सदस्य जीवन चौहानको अध्यक्षतामा भएको भेलामा मोर्चा जिल्ला अध्यक्ष देउकुमार नेम्वाङ, दमक नगर जितेन राई, युवा मोर्चाका उपाध्यक्ष सुवास नेम्वाङ लगायतले बोलेका थिए ।

सुपारीसहित १४ पक्राउ

काँकडभिट्टा, चैत्र ९/ अबैध रुपमा सुपारी भारत तर्फ लैजादै गर्दा झापा जिल्ला प्रहरीले बुधबार ५ सय १० केजी सुपारी सहित १४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पूर्वी सीमाको दशगजा क्षेत्रमा गस्तीको समयमा ११ भारतीय र ३ नेपाली अवैध सुपारीसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ७ थान साईकल, २ थान रिक्सा समेत बरामत गरेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ बस्ने मनिल किसान, तिलक बिक, युवराज बिक, केशव बर्मन, नक्शालबाडी बस्ने जितु किसान, संजिव धिमाल, मनिल किसान, तिलक बिक, केशव बर्मन, जलाईगुडी बस्ने सुबोध सुनवा, मिन्टु दास, अलेस राय, दुधगेट बस्ने मनिक राय, पोडिबारी बस्ने सत्य नारायण राय रहेका छन् भने नेपालीहरु तर्फ झापा मेचीनगर–१० बस्ने भीम सुब्बा, कुमार कटुवाल र मेचीनगर–१२ बस्ने पर्शुराम राजवंशी रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सुपारी आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

मारुतीको ‘फ्रि सर्भिस’

दमक, चैत्र ९/मारुती सुजुकीको दमकस्थित अधिकृत बिक्रेता दमक अटो लिंकमा बुधबार एक दिने ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न भएको छ ।
क्याम्पमा मारुती कम्पनीका बिभिन्न मोडलका ६० ओटा कारमा सेवा प्रदान गरिएको दमक अटो लिंकका सञ्चालक रविन गुरुङले बताए । मारुती सुजुकी कारका प्रयोगकर्ताहरुलाई बिभिन्न स्थानमा यस प्रकारका क्याम्प गरिने गरेको सीजी अटो मोवाइल्स् मारुती सुजुकीका पूर्वाञ्चल डिलर ईन्चार्ज निश्चल श्रेष्ठले बताए ।

गिरीजाप्रसादको स्मृतिसभा

बैगुन्धुरा, चैत्र ९/ पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृतिमा गिरीजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुन्धुराले बुधबार स्मृति सभा सम्पन्न गरेको छ ।
बैगुन्धुराको अमर उच्च मा.वि.मा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सूर्यनारायण ताजपुरिया प्रमुख अतिथि रहेका थिए ।
कांग्रेस जिल्ला सचिव तथा महासमिति सदस्य भक्ति सिटौलाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रामबहादुर ढुंगानाले स्वागतमन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेसका महधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, पूर्व क्षेत्रीय सभापति बिरबहादुर प्रसाई, अमर उच्च मा.वि.का प्राचार्य सुरेशबहादुर पौडेल लगायतले बोलेका  थिए ।
प्रतिष्ठानका सभापति किरण भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सचिव उत्तम चम्लागाईले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा २०६७ सालको प्रवेशिका परीक्षामा जिल्ला प्रथम हुने प्रगति उच्च मा.वि. गौरादहका छात्र स्वरुप खड्कालाई २५ सय रुपैयाँ तथा प्रमाणपत्र एवम् अमर उच्च मा.वि. बैगुन्धुराबाट २०६७ सालको व्यवस्थापन तथा शिक्षा शास्त्र संकायमा कक्षा ११ बाट उत्कृष्ट अंक ल्याउने १÷१ जना विद्यार्थीलाई जनही १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।