हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

दुर्घटनामा तिनको मृत्युकांग्रेस सभापति घाईते


२६ मंशिर
दमक÷पूर्वका बिभिन्न स्थानमा भएका दुर्घटनामा तिन जनाको मृत्यु भएको छ ।
मेची राजमार्ग अन्तर्गत ईलामको फिक्कलमा बसबाट खसेर घाईते भएका एक सहचालकको उपचारका क्रममा मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार ना।३ ख २६७० नम्वरको बसको ढोकाबाट खसेर गम्भीर घाइते धादिङ् घर भएका सहचालक धादिङग रिाजत अधिकारीको बिर्तामोड स्थित कन्काई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बसबाट खस्दा उनी गम्भिर घाईते भएका थिए ।
यस्तै मोरङ्को शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्तिको संखुवासभामा ढुङ्गाले किचेर मृत्यु भएको छ । नुम-४ स्थित उपस्वास्थ्य चौकी भवन निर्माणका क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर २२ वर्षिय राममान राईकॊ घटना स्थलमानैं मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यसै गरि ताप्लेजुङ्मा एक व्यक्ति मृत फेला परेका छन् । सुरुम्बिका ३५ वर्षिय बीरबहादुर तामाङ्लाई शनिबार स्थानीयबासीले खेवाङ् डाँडामा मृत फेला पारेका हुन् ।
यसै गरि धनुकटाका एक व्यक्तिले आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेर गम्भिर घाईते बनाएकाछन् । तेलिया ८ बस्ने बÈ्र ३५ को राजकुमार तामाङले बÈ्र २८ वर्षिया श्रीमती सानुमाया तामाङ्लाई संबेदनशिल अंगमा छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईतेको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराममा उपचार भईरहेको छ ।
यसै बिच नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
किरात याक्थुङ चुम्लुङले फिदिम-९ लब्रेकुटीमा शुक्रबार आयोजना गरेको वनभोजमा सरिक भएर फकिँर्दै गर्दा उनी फिदिम नजिकै मुस्कान चोकमा आफैंले चलाएको मोटरसाईकलबाट लडेर राती साढे १० बजे दुर्घटनामा परेका थिए ।
अनुहार र टाउकोमा चोट लागेका केरुङलाई उपचारको लागि राती नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

अप्टिकल फाईबरमा खरािब


२६ मंशिर
ईटहरी÷ अप्टिकल फाईबरमा आएको खरावीका कारण आईतबार पूर्वााचलका बिभिन्न स्थानमा टेलिफोन तथा मोवाईल सेवा अवरुद्ध बनेको छ ।
नेपाल टेलीकम कार्यालय बिराटनगरका अनुसार सुनसरीको भण्टाबारीमा अप्टिकल फाईबरमा क्षती पुग्दा बिभिन्न ठाउँमा अप्टिकल फाईवर काटिएपछि पूर्वीको नेपाल टेलिकमका सेवाहµ अवरुद्ध वनेका छन् । आज दिउँसो पौने एघार बजेदेखि मोवाइल तथा ल्याण्डलाइन सेवा अवरुद्ध भएका हुन् । आईतबार साँझ सम्ममा ल्याण्डफोन साचालनमा आएको र मोवाईल सेवा साचालनका लागि मर्मत भईरहेको कार्यालयले जनाएको छ ।

तटबन्धनमा जुटे स्थानीयवासी


केर्खा२६ मंशिर÷ झापा तोपगाछी-७ स्थित केर्खा बजार उत्तरको च्याङ्ग्री खोला नियन्त्रणका लागि स्थानीयले ३ लाख रुपैयाँ भन्दा बढीको लागतमा तटबन्धन थालेका छन् ।
वर्षेनी खोलाले दुःख दिन थालेपछि स्थानीय १०५ घरका बासिन्दाले मिलेर खोला नियन्त्रणका लागि पहल थालेका च्याङ्ग्री खोला नियन्त्रण समितिका सचिव दाताराम चापागाईंले जानकारी दिए । च्यङ्ग्री खोलाले वर्षायाममा तोपगाछी-७ को पूर्व-पश्चिम राजमार्ग छेऊका १०५ घरलाई प्रभावित पार्ने तथा २० घर उच्च जोखिममा पर्दै आएको चापागाईंको भनाईं छ ।
केर्खास्थित रतुवा-माई वुक्षारोपण आयोजना हाताको जङ्गलमा करिव ६ सय मिटर लामो कुलो खनी च्याङ्ग्री खोलाको पानीलाई बजार पूर्वको केर्खा खोलामा मिसाउन ३ लाख बढी खर्च भइसकेको छ । लगातार तीन दिन स्काभेटर प्रयोग गरेर पैनी खन्न मात्रै अढाई लाख रुपैयाँ खर्च भएको समितिका जीवन घिमिरेले बताए । । केर्खा बजार उत्तरबाट ४० फिटको मुख खोलेर केर्खा खोलामा २० फिट मुख रहेको पैनी तयार गरिएको छ । खोला नियन्त्रणका लागि हाल स्थानीयले नयाँ पैनीको किनारामा सनाई फूल रोप्ने काम गर्दै आएका छन् भने गत मंसिर १६ गतेदेखि शुरु गरिएको यस कार्यका लागि आर्थिक बाहेक एक लाख बढीको श्रमदान जुठाएको समितिको दावी छ ।
खोला नियन्त्रणका लागि १५ सदस्यीय समिति गठन गरिएको र आफूले १ लाख २० हजार रुपैयाँ सहयोग प्रदान गरेको समितिका अध्यक्ष देवराज थापाको भनाई छ । स्थानीयले आफ्नो गच्छे अनुसार २ हजार रुपैयाँ देखि माथि रकम सहयोग गरेका छन् । अनुमानित ७ लाखको लागतमा तार जाली बाँध्ने इलाम चुलाचुली जोड्ने वन क्षेत्रको बाटोमा कल्भर्ट निमार्ण गर्ने र पक्की तटबन्धन गर्ने योजना भए पनि रकम अभावका कारण योजना पूरा गर्न आर्थिक अभाव भएको समितिको भनाई छ ।
खोलाले हालसम्म २ ओटा विद्युत पोल लडाउनका साथै पूर्व-पश्चिम राजमार्गखण्डलाई समेत कटान गरेकाले ती निकायहरुमा समेत सहयोगका लागि गुहारेको उनीहरुको भनाई छ । खोला नियन्त्रणका लागि गाविसमा बजेट माग गरिएको सचिव चापागाईंले बताउनुभयो । तोपगाछी गाविसका सचिव वीरेन्द्र खड्काले समितिले थालेको खोला नियन्त्रण कार्यलाई गाविस संयन्त्रको बैठकबाट निर्णय गराई जिल्ला विकास समिति झापा समक्ष आवश्यक सहयोगका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।

साचार क्लवको नयाँ नेतृत्व


उर्लाबारी २५ मंशिर ÷ उर्लाबारीस्थित साचार क्लव नेपालको छैटौं अधिवेशनले रुपेन्द्र शेर्माको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्वााचल संंयोजक मोहन काजीको प्रमुख आतिथ्यतामा शनिबार भएको छैठौं अधिवेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्ष मिलन के राउत महासचिव लोकबहादुर चौहान सचिव नरेन्द्र बस्नेत र कोषाध्यक्ष सरोज बस्नेत चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा पुण्य पि अधिकारी र दिनेश गिरी रहेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पार्षद् भूपेन्द्र ति_िम्सना नेपाली कांग्रसका उर्लाबारी नगर सभापति वीरबल थापा एकीकृत माओवादीका उर्लाबारी इन्चार्ज प्रेम घिमिरे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुनिल दाहाल लगायतले प्रेश स्वतन्त्रता बिना लोकतन्त्र बलियो हुन नसक्ने बताएका थिए ।
कार्यक्रमा क्लवलाई स्थापना कालदेखि नै सहयोग पुर् याउने सामाजिक अगुवा महेन्द्रजंग तामाङलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष घनश्याम भण्डारीको सभापतित्वमा भएको थियो ।

पत्रकार सहित चार जना सम्मानित


दमक२५ मंशिर ÷ ६६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा संगठनको २४ औं स्थापना दिवसको अवसरमा नेपाल म्ाानव अधिकार संगठन पूर्वााचल क्षेत्रीय समितीले शनिबार दमकका तीन पत्रकार र एक भुटानी अगुवालाई सम्मान गरेको छ ।
सम्मानित हुने पत्रकारहरुमा पूर्व सन्देश दैनिकका सम्पादक गाजबहादुर दाहालका साथै कृष्ण कार्की र टिकाराम उप्रेती रहेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज गगन पुरी नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष देवी दाहाल रासप्रपाका जयबहादुर श्रेष्ठ राप्रपा नेपालका केन्द्रीय परिषद् सदस्य राम थापा काहुराष्ट झापाका सचिव डा। घनश्याम सुवेदी द्वन्द्व पीडित डिल्ली रिजाल महिला अगुवा सुमित्र वाङ्देल लगायतले बोलेका थिए । उनीहरुले बिगतमा भएका मानव अधिकार हननका दोषीहरुलाई कानुनी कार्बाही नगरे सम्म दण्डहीनताको अन्त्य नहुने बताएका थिए ।
संगठनका पूव्ार्ााचल संयोजक डा। केपी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम दमक समितिका कार्यबाहक सभापति देवप्रसाद सुवेदीले साचालन गरेका थिए ।

लिम्बुवानद्वारा सम्मान


धरान२५ मंशिर÷ ÷ चासोक तङ्नाम पर्वको अवसरमा शनिबार धरानमा १० जना सम्मानित भएका छन् ।
लिम्बुवान फिल्मस्ले भवानी बराल किशोर सुब्बा अक्कलबहादुर मेयाङ्बो भिक्टोरीया क्रस बिजेता रामबहादुर बेघा ब्लाष्ट दैनिक सकुन्तला सुब्बा हर्ष सुव्बा नरप्रसाद लिम्बू भद्र सुब्बा र टीका सेनाहाङ्लाई सम्मान गरेको हो । समाजका विभिन्न क्षेत्रमा पुर् याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको फिल्म्सका मित्र लिङ्देनले बताए । कार्याक्रममा दूग्ार्ा नेम्वाङ्ले स्वागत मन्तव्य राखेका थिए ।

चुलाचुलीमा रक्तदान


चुलाचुली२५ मंशिर÷ इलामको चुलाचुलीस्थित बाह्रगोठेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा चुलाचुली तथा नेपाल स्वय्सेवी रक्तदाता समूह झापाले आयोजना गरेको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । संकलित रगत दमकस्थित रेडक्रस रक्तसाचार केन्द्रमा भण्डारण गरिएको समाजका अध्यक्ष विकल्प सुब्बाले बताए ।

कांग्रेसद्वारा अग्रज सम्मानित


दमक२५ मंशिर ÷ दमक-२ मा नेपाली कांग्रेसले शनिबार पार्टीका अग्रजहरुलाई सम्मान गरेको छ ।
वडा सभापति रोशन बिष्टको सभापतित्वमा भएको कार्यक्रममा लामो समयदेखि पार्टीमा योगदान पुर् याउने १५ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा महेशकुमारी कार्की डिल्लीराम थापा हरीलाल धिमाल छायाँदेवी बिष्ट अलनावती राजवंशी रामबहादुर अधिकारी डम्बरकुमारी घिमिरे खगेन्द्र श्रेष्ठ नरबहादुर थापा नैनकला बुढाथोकी धनपति पोखरेल रंगबहादुर दाहाल राधिका थापा हस्तबहादुर बुढाथोकी र कुलबहादुर साउदेन रहेका छन् ।
उनीहरुलाई दोसल्ला तथा टोपी र सम्मान पत्रले सम्मान गरिएको हो । पार्टीका क्षेत्रीय सभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर सभापति ढुण्डिराज भण्डारीले पार्टीले नगरमा गरेका विभिन्न गतिविधि बारे जानकारी गराएका थिए ।
२७ जनालाई कि्रयाशील सदस्यता वितरण गरिएको कार्यक्रममा पूर्व नगर सभापति पदम कोईराला नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश भण्डारी पार्टीकी नगर सदस्य गोमा प्रसाईबुढाथोकी भुपेन्द्र थापा नेपाल महिला संघकी वडा सभापति धु्रुवदेवी ति_िम्सना पूर्व वडाध्यक्ष पूर्णबहादुर बिष्ट पूर्व वडा सभापति अगमप्रसाद आङ्देम्बे राजवंशी समाजका नगर अध्यक्ष भरुवा राजवंशी पार्टीका क्षेत्रीय प्रतिनिधि श्याम आचार्य पार्टीका वडा नम्बर १० का सभापति दूर्गा कँडेल लगायतले बोलेका थिए । कार्यक्रममा पुष्प ति_िम्सनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको साचालन वडा सचिव दूर्गाप्रसाद गुरागाँईले गरेका थिए ।
यस्तै वडा नम्बर-१० मा समेत २ जना अगुवा कार्यकर्ता सम्मानित भएका छन् । शनिबार वडा सभापति दूर्गा कँडेलको सभापतित्वमा भएको कार्यक्रममा गोविन्द मिश्र र लिलानाथ बास्तोलालाई सम्मान गरिएको हो । कार्यक्रममा १ सय ३१ जनालाई कि्रयाशील सदस्यता वितरण गरिएको वडा सह-सचिव रमेश कार्कीले बताए ।

क्षेत्रीहरुको भेला सम्पन्न


दमक२५ मंशिर÷ खस क्षेत्री एकता समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले अब बन्ने संविधान क्षेत्रीहरुको अधिकारलाई समावेश नगरे आफूहरुलाई अमान्य हुने बताएका छन् ।
झापाको दमकमा खस क्षेत्री एकता समाजको पूर्वााचल भेलालाई सम्बोधन गर्दैे संविधान भनेको आम जनताको भावना भएको बताउँदै क्षेत्रीहरुको अधिकार सुनिश्चित नभए आन्दोलन गर्ने उनले चेतावनी दिए ।
कार्यक्रममा पृथ्वी कार्की रोहितमान ढकाल राधा थापा जेबी खड्का युवा केन्द्रीय अध्यक्ष रवि केसी लगातले बोलेका थिए ।

जेसीज सप्ताह सम्पन्न


उर्लाबारी२५ मंशिर÷ मोरङको उर्लाबारीस्थ्ति उर्लाबारी जेसीजको आयोजनामा साचालित जेसीज सप्ताह विविध कार्यक्रम गर्दै शनिबार सम्पन्न गरिएको छ ।
सकारात्मक परिर्वतनका लागि कुशल नेतृत्व भन्ने मूल नाराका साथ सो सप्ताह सम्पन्न भएको हो । सो सप्ताह अन्र्तगत वक्तृत्वकला प्रतियोगिता स्लो मोटरसाईकल रेस म्याराथुन फलफूल र लत्ताकपडा वितरण लगायतका कार्यक्रम गरिएको छ । कार्यक्रमका बीच उर्लाबारी-४ स्थित अनाथ आश्रमका २९ जना बालबालिकाहरुलाई सिरक डसना सिरानी तन्ना टोपी र फलफूल वितरण गरिएको कार्यक्रम संयोजक विनोज न्यौपानेले बताए । सबै कार्यक्रमका विजेता सम्पूर्णलाई शिल्ड प्रमाणपत्र लगायत वितरण गरिएको थियो ।