हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

बादलले भने-कब्जा जग्गा फिर्ता हुँदैनु

एकिकृत नेकपा माओबादीका महासचिव रामबहादुर थापा ुबादलुले युद्धका क्रममा पार्टीले कब्जा गरेको सम्पत्ति फिर्ता नहुने बताएका छन् । सो क्रममा पार्टीले कब्जा गरे पनि ति जग्गा भुमिहिनहरुले उपभोग गरि रहेकाले फिर्ता गर्न नसकिने बताएका हुन् ।
बुधबार दमकमा पत्रकारहरुसँग कुरा गर्दै उनले युद्धको क्रममा कब्जा गरिएको सम्पति उपभोग गरि रहेकाहरुलाई बैकल्पिक व्यवस्था नगरि फिर्ता गर्न नसकिने अडान दोहोर् याए । सो अघि उनले कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणमा पार्टी नेतुत्व क्रान्तिकारी धारबाट बिचलनतर्फ लागेको आरोप लगाएका थिए । उनले पार्टीलाई बैचारीक रुपमा बचाई राख्ने नयाँ निर्णयका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
उनलॆ लडाकुको पुनबर्गिकरण आत्मसमर्पण भएको भएको समेत बताए । उनले देश र जनताका लागी लडेका जनमुक्ति सेनाका लडाकुहरु समान्य हिसाबमा समायोजनाको स्पष्ट खाका नआइ बर्गिकरणमा जानुले उनीहरुका भबिष्य अन्यौलमा रहेको टिप्पणी गरे ।

कार्यक्रममा पार्टी सचिव सीपी गजुरेलले बीपा सम्झौता सातबुँदे सहमति लागायतका बिषयले जनता र कार्यकर्तामा निराशता बढाएको टिप्पणि गरे । उनले बिचारबाट स्खलितहरुले ुसर्वहारा वर्गको मुक्तिको आन्दोलनु लाई हाँक्न नसक्ने बताए । कोचिला राज्य समितिले आयोजना गरेको प्रशिक्षणका २ सय भन्दा बढि कार्यकर्ता सहभागी थिए ।

शरणार्थी समस्या समाधानका लागि प्रधानमन्त्रीको निर्देशन

७मंशिर
बेलडाँगी÷ ९ दिन देखि अनसनमा बसेका शरणार्थी समाधानका लागि प्रधानमन्त्री डा। बाबुराम भट्टराईले गृह मन्त्रालयमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
काठमाण्डौंमा रहेका भूटानी अगुवा कमल कोइरालाले प्रधानमन्त्री समक्ष पीडित शरणार्थीको माग सुनवाई गर्न महिला समूहले पठाएको ज्ञापन पत्र बुझे पछि प्रधानमन्त्री सचिवालय मार्फत उनले सो निर्देशन दिएका हुन् । ३ दिन अघि राहत बन्चित पीडित शरणार्थी समूह मुल समितिका संयोजक नन्दु पौडेलले समेत हेल्लो सरकार मार्फत शरणार्थीको आमरण अनसनबारे सरकारको ध्यानकर्षण गराएको जनाएका छन् ।
दमक स्थित भुटानी शरणार्ी शिविर बेलडाँगीमा पहिचानको माग सहित ९ दिन देखि आमरण अनसनमा बसेका शरणार्थी महिलाहरुको स्वास्थ्य अवस्था भने गम्भिर बन्दै गएको छ । अनसनमा बसेका मध्ये रेनुका मगर र चन्द्रमाँया खड्काको स्वास्थ्य स्थिती गम्भिर बने पछि बुधबार अस्पताल भर्ना गरिएको छ । यस अघि समेत ४ जना अनसनकारी महिलाको स्वास्थ्य अवस्था गम्भिर बने पछि अस्पताल भर्ना गरिएको थियो । अनसनकारीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गए पछि आम्दा अस्पताल मार्फत संचालित उपस्वास्थ्य केन्द्रका धनप्रसाद अधिकारी सहितको टालीले अनसन स्थानमानै खटिएको छ । स्वास्थ्य अवस्था गम्भिर भएका अनसनकारीलाई अनसन स्थलमानैं स्लाईन दिईने र अवस्था जटिल बनेमा उपचारका लागि ुरेफरु गरिने जनाईएको छ ।
बुधबार अनसन स्थलमा पुगेर नेपाल मानब अधिकार संगठनका केन्द्रिय सदस्य तथा पूर्वााचल सायोजक डा। केपि सुवेदीले शरणार्थीका माग बारे संगठनको केन्द्रिय समितिले सरकारको ध्यानाकर्षण गराईरहेको बताए । टोलीमा संगठनका केन्द्रिय सदस्य चित्रबहादुर बस्नेत तथा शरणार्थी अगुवा डा। भम्पा राई समेत सहभागी थिए ।
अनसनमा बसेका शरणार्थी महिलाहरुले माग पूरा गर्न नेपाल सरकार र दातृनिकायबाट ुबिस्वसनियु प्रतिबद्धता नआए सम्म अनसन नतोड्ने अडान दोहोर् याएका छन् । परिचय तथा राहत पिडीत शरणार्थी महिला समूहकी सायोजक दुर्गादेवी बिष्टले वास्तविक शरणार्थीहरु राहत र पहिचानबाट बिाचत हुनु परेकाले माग पूरा नभए सम्म आन्दोलन नरोक्ने बताईन् ।
यसै बिच अनसनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झापा क्षेत्र नम्बर-७ का सभाषद विश्वदिप लिङ्देन बुधबार साँझ अनसन स्थलमा पुगेका छन् । सो क्रममा शरणार्थीका माग प्रति ऐक्यबद्धता जनाउँदै उनले ति माग बारे संसदमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे ।

पत्नि शोकमा जोिश

दमक÷ लोकपि्रय वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद एलपि जोशी पत्निी शोकमा रहेका छन् ।
उनकी ६० वर्षिया पत्नी वृन्दाको मुटु सम्बन्धि समस्याका कारण उनको गत कातिक १८गते बिराटनगरको बिराट नसर्िङ् होममा उपचारका क्रममा निधन भएको हो ।
झापाको दमक-१ निवासी जोशिका दुई छोरा मिलन र पुजन रहेका छन् । जोशी पत्नीको निधनमा पिपुल्स टाइम्स्ा दैनिक लगायत बिभिन्न संघ संस्थो समवेदना प्रकट गरेका छन् ।

पोखरेल प्रति श्रद्धााजली

२४ कातिक
दमक ÷ नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष गणेश पोखरेलकी आमा पदमकुमारी पोखरेलको निधन प्रति मंगलबार झापाका बिभिन्न संस्थाहरुले श्रद्धााजली कार्यक्रम गरेका छन् ।
बिर्तामोड स्थित पोखरेल निवासमा नेपाल पत्रकार महासंघ पूव्ार्ााचल क्षेत्रीय समिति महासंघ जिल्ला शाखा प्रेस चौतारी स्थानीय शान्ति समिति झापा लगायतका संस्थाले श्रद्धााजली कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा महासंघका पूर्वााचल संयोजक तथा केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने जिल्ला उपाध्यक्ष तिर्थ सिग्देल चौतारीका केन्द्रिय सदस्य चेतन अधिकारी जिल्ला अध्यक्ष गोपाल गड्तौला शान्ति समितिका जिल्ला अध्यक्ष झलकिसं दर्लामी निवर्तमान अध्यक्ष उद्धव थापा पूर्व अध्यक्ष रविन कोईराला लगायत सहभागी थिए ।


शान्ति समितिमा दर्लामी

२४ कातिक
दमक ÷स्थानिय शान्ति समिति झापाको अध्यक्षमा झलकिसं दर्लामी चयन हुनु भएको छ ।
समितिको मंगलबार बिर्तामोडमा भएको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । उहाँ एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज हुनुहुन्छ । बैठक समितिका तत्तकालिन अध्यक्ष उद्धव थापाको अध्यक्षतामा भएको थियो । दर्लामी यस अघि समेत शान्ति समितिको अध्यक्ष भई सकेका छन् । ६÷६ महिनामा दलिय सहमतिमा नेतृत्व परिवर्तन हुने ब्यवस्था अनुसार सर्वसम्मत रुपमा दर्लामीलाई अध्यक्षमा चयनमा चयन गरिएको समितिका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोईरालाले बताउनुभयो ।

मोडलमा सहमित

२४ कातिक
दमक ÷ मोडल क्याम्स दमकका विद्यार्थीहरुले क्याम्पसको त्रुटीका कारण परिक्षा दिनबाट बिाचत हुनु परेको जनाउँदै सोमबार गरेको ताला बन्दि खोल्ने सहमति भएको छ ।
मंगलबार क्याम्पस प्रशासन तथा पिडीत विद्यार्थीहरु विच भएको छलफलमा ४ बुँदै सहमति पत्रमा हस्ताक्षर भए पछि बुधबार बाट पठन-पाठन साचालन गर्ने सहमति भएको हो । छुटेको विषयको परीक्षा लिई दिन त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय समक्ष पहल गर्ने शिक्षा शाष्त्र संकायको जनसङ्ख्या बिभागलाई ५ दिनका लागि निलम्बन गर्ने र क्याम्पस प्रमुखको कार्यकक्षको तालाबन्दि यथावत राखि पठन-पाठन र प्रशासनिक कार्यका लागि मार्ग प्रशस्त गर्ने सहमति भएको हो । सहमति पत्रका क्याम्पस साचालक समितिका अध्यक्ष कमल सुवेदी क्याम्पस प्रमुख कृष्णप्रसाद ति_िम्सना तथा पिडीत विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् ।
बी।एड। तेश्रो वर्षको परीक्षामा सामुदायिक स्वास्थ्य विषयको परीक्षामा परीक्षा दिनबाट बिाचत हुनु परेको जनाउँदै विद्यार्थीहरुले तालाबन्दि गरेका थिए ।

ट्या_िक्स पल्टियो

२४ कातिक
दमक ÷ मेची राजमार्ग अन्तर्गत झापाको शान्तिनगर-६ मा मंगलबार साँझ ट्या_िक्स पल्टँदा आधा दर्जन यात्री घाईते भएका छन् ।
पाँचथरबाट बिर्तामोड तर्फ आउँदै गरेको मे।१ज १३१७ नम्बरको ट्या_िक्स बे्रकफेल भई सडक छेउका रुखमा ठोक्किँदा सतासीधाम-८ की २० वर्षिया सविना सुब्बा सोहि ठाँउकी १९ वर्षिया कल्पना पोखरेल दुवागढी-३ की २० वर्षिया कल्पना बराईली शान्तिनगर-८ की ३५ वर्षिया एकलिना सुब्बा पाँचथर ईम्बुङ्-६ का ३१ वर्षिय मेघबहादुर चाम्लिङ् लगायतका यात्री घाईते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुको स्थानिय जनसेवा अस्पतालमा उपचार भई रहेको छ ।

मृत फेला

२४ कातिक
दमक ÷ झापाको पाँचगाछी-२ को स्यालमारामा मंगलबार एक ब्यक्ति मृत फेला परेका छन् ।
हिजो साँझ पौने ५ बजे तिर गौरादह-४ बस्ने ७० वर्षिय धनबहादुर चेम्जोङ् मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव परिक्षणका लागि पठाईएको जनाईएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

"नेपालीहरुको इेज्जत सफल ब्यवसायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुको प्रिय नाम 'डोल' । "

आचार्य प्रभा
                             
                                                                                     कोलोराडो ( अमेरिका )



हामी नेपाली युवाहरु शायदै आफ्नो देशकालागी मेहनती परिश्रमी बन्न सकेनौं । यो हाम्रो हालको देशको स्थितिले बताएता पनी हामी नेपाली कुनै पनी मुलुकमा गएर आफ्नो मेहनत,परिश्रम,इेमान्दारितामा अटल नै छौं । औसत बाहेक । कुनै पनी मानिसमा शिप छ,मेहनती छ ,पौरखी छ तर पनी अवसरको अभाव छ भने उस्का ति सब गुणहरु ब्यर्थै हुन पुग्दछन् । हाम्रो देशका केही युवाहरुको बिडम्बना पनी यही भन्नु पर्दछ अर्थात अवसरको अभावमा पनी कती मेहनती र लगनशिल अनी पौरखी हातहरु निकम्मा बन्न पुग्दछन् । तर अवसर र समयले साथ दिएमा त्यस्ता मेहनती, परिश्रमी मनहरुले अवश्य उन्नतिको शिखर चुम्न सफल हुन्छन् । यस्को ज्वलन्त उदाहरण हो कोलोराडो वेस्मिनिष्टर अर्थात अरभादाका नेपाली रेस्टुरेन्ट ब्यवशायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुका मन मुटुमा बस्न र सम्झन सफल नाम मिष्टर डोल भट्टराई ।
दिनेश भट्टराई जो एउटा साधारण बालक नेपालको पश्चिम क्षेत्र स्याङ्जामा जन्म भइे साधारण शिक्षा हाँसिल गरि बाल्यावस्थामा नै  कर्म थलो खोज्न आफ्नो जन्मथलोलाई छाडी भारततिर भासिएका थिए । करिब १३ /१४ बर्षकै उमेरमा आफ्नो भाग्य बटुल्न परदेसिएका दिनेश भट्टराईले सानै उमेरदेखी नै दु:ख,संघर्षसँग जुझेर आफुलाई आफ्नै खुट्टामा उभ्याउँन सफल बनाइे सकेका थिए । सानै उमेरमा नै संघर्षशिल बनी सकेका दिनेशले भारतमा नै आफ्नो भाग्य निर्माण गर्न सुरु गरिसकेका थिए । समयको अन्तरालसँगै उन्को मेहनत र संघर्षमा पनी सफलता प्राप्ती हुँदै गयो । केही बर्ष भारतमा नै रेस्टुराँमा शेफका काम गरिसकेका उनी आफ्नै संघर्षको बल्बुत्ताले उन्ले दुबइ जाने अवसर पाए । दुबइमा पनी उन्ले करिब् ३ बर्ष यही पेशा अप्नाए । यसरी रेस्टुराँको अनुभवहरु सँगाल्दै उन्ले धेरै मानिसहरुको संगत पाए । उन्मा रेस्टुराँप्रतिको लगनशिलता र अनुभवले परिपक्वता बढ्दै गैरहेको थियो । यसरी संघर्ष र मेहनतको दोसाँधमा डुबुल्की मार्दा मार्दै उनी अमेरिका भित्रिन पनी सफल भए । उन्को मेहनत र लगनशिलताले भने यो भुमिमा आएर साकार हुने मौका पायो । उनी अमेरिकाको कोलोराडो स्थित बोल्डर शहरमा आएर बोल्डरकै एउटा चर्चित रेस्टुराँ ताजमा आफ्नो पसिना बगाउँन सफल भए । उन्ले उक्त रेस्टुराँमा लग्भग ६ बर्ष काम गरे । उन्को लगनशिलता र मेहनतले अझ उन्मा आत्मबल बढ्यो र उन्ले आफ्नै रेस्टुराँ खोल्ने बिचार  गरे । उनी भन्दछन् मेरो प्रयास,साथिभाइहरु र इेष्ट मित्रहरुको सहयोगले मैले आफ्नै ब्यवसाय खोल्न सफल भएँ । 
यसरी आज भन्दा लग्भग १० बर्षअघी कोलोराडोको (शेरिडन) वेष्टमिनिष्टरमा "याक एण्ड यती" नामक रेस्टुराँ खोले । हामी नेपालीले गौरव गर्नु पर्दछ कि अमेरिकाको शहरमा नेपाली अस्तित्व झल्किने नामको रेष्टुरेन्ट एउटा साधारण कामदार नेपालीले खोल्नु यो हाम्रो स्वाभिमान र गौरवकै कुरा हो । आफु मालिक भएपनी अरु काम्दारहरुसँगसंगै समानताको साथ काम गर्नु । सबैसँग नरम बोली र ब्यवहार गर्नु दिनेशको अर्को छुट्टै परिचय हो । उन्ले उक्त रेस्टुराँ खोलेर धेरै नेपाली युवाहरुले रोजगारी पनी प्राप्त गरे र गरिरहेका छन् । ग्राहकहरुसँग नरम बोली,असल ब्यवहार,मिजासिलो बानीले गर्दा उन्को निजी जीवनमा मात्र होइेन ब्यवसायमा पनी सकारात्मक् उन्नती हुँदै गयो । ब्यवशायमा सफलता प्राप्ती हुँदै गयो र उन्ले केही बर्ष पछी फेरि डेन्वरमा पनी अर्को रेस्टुराँ "इण्डिया ओभन" किन्न सफल भए । यसरी एउटा साधारण ब्यक्तिले ब्यवशायमा हात हालेर सफलता पाउँदै जानु भनेको उक्त ब्यक्तीभित्रको आत्मबल,मेहेनत र धैर्यता नै हुन सक्दछ । यी सबै कुराको पूर्णता भने दिनेश भट्टराईभित्र अवश्य छ र नै उनी पल पल सफल हुँदै गए भन्नमा अत्युक्ती नहोला । यसरी दुइतिरको ब्यवशायलाई सम्हाल्दै भएपनी उन्ले कती संघर्ष र अप्ठ्याराहरु खप्न नपरेको पनी होइेन तथापी उनी आफुलाइे जहिले निरीह नबनाइे आफुलाइे सक्षम र बल्वान बनाउँदै कतिपनी नहड्बडाई आफ्नो लक्षमा लागीपरे । यही बिचमा उनी विवाह बन्धनमा पनी बाँधिए । त्यस्पस्चात उनी ब्यवशायी मात्र नभएर एउटा बैवाहिक र कर्तब्य परायण लोग्ने अनी एउटा घरमुली पनी बन्न सफल भए र अहिले उनी तीन छोरा छोरीका बाबु हुन पुगेका छन् ।
यसरी अनेकौं खुड्किलाहरु पार गर्दै उन्ले फेरि कोलोराडोकै अरभादामा अर्को नयाँ "याक एण्ड यती"नामक रेस्टुराँ खोल्न सफल भए जुन अहिले ३/४ बर्षको उमेरको खुड्किलो चढि रहेछ । यसरी उन्ले आफ्नो मेहनत,आत्मबल र साहसको साथमा अमेरिका जस्तो देशमा एउटा सफल ब्यापारी बनी नेपालीहरुको नाम चम्काइे रहेका छन् जुन हामी सबै नेपालीले गौरव गर्नै पर्दछ । त्यतिमात्र नभएर उनी आफ्ना छोरा छोरीहरुलाइे उच्च शिक्षा दिनमा पनी उस्तै चिन्तित देखिन्छन् । आफुले सानैदेखी दु:ख र कष्ट खप्नु परेको र भने जस्तो शिक्षा हाँसिल गर्न नपाएकोमा आफ्ना सन्ततिहरुलाइे भने सकेसम्म शिक्षा प्रदान गरिदिने उन्को भनाइे छ । रात दिनको खटाइे र मेहनतले पनी उन्को मुहारमा कहिल्यै पनी निरशता र थकान देखिन्न । शायद यसैको परिणाम नै हुनुपर्दछ उन्ले यत्तिका सफलता हात पार्नुको रहस्य । उन्ले रेस्टुराँ ब्यवशाय मात्र नगरेर अरभादाको रेस्टुराँ परिशरमा नै बियर फ्याक्ट्रि पनी संचालन गरेका छन् ।
दिनेश भट्टराई अर्थात डोल भट्टराईको प्रवासी जीवनको सफलताको जती बयान गरे पनी कम् नै लाग्दछ । हामी नेपालीहरु प्राय अरुकै काम गरेर जीवन निर्वाह गरिरहेका छौं । औसत बाहेक । कतिपय अन्य नेपालीले पनी आफ्नै ब्यवसाय गरिरहेका छन् त्यो छुट्टै कुरा हो तर दिनेश भट्टराईको जस्तो सफलता भने उती पाउँन सकेका छैनन् कि जस्तो आभास लाग्दछ । उसो त दिनेशको पनी आफ्नै समस्या,पीडा,बाधा,अड्चन त नभएका छैनन् तथापी उन्को सम्पत्ती भन्नु नै उन्को म्रिदुभाषी बोली,धैर्यता,मेहनत,सहनशिलता र इेमान्दारिता भन्न सकिन्छ । आफु मालिक भएर पनी ब्यवहारमा नरमपन र शान्त अनी मिजासिलो स्वभाव नै दिनेश भट्टराईको सफलताको मुख्य पक्ष मान्न सकिन्छ । उन्ले आफु अमेरिकामै बसे पनी नेपालमा आफ्ना गाउँ, घरका बालकहरुकोलागी राम्रो पठन पाठनको ब्यवस्था गर्न यहाँबाट सहयोग गरिरहेका छन् । रेस्टुराँ ब्यवसायको आशय केवल व्यवसायी बन्न मात्र होइेन आफ्नो देशको परिचय दिनु र नेपाली कला संस्क्रितिको पनी उजागर गर्नु उन्को अभीष्ट बताएका छन् । हर अमेरिकनलाई थाहा छ कि "याक एण्ड यती" एउटा नेपालीको ब्यवसाय हो र नेपाली पन नेपाली मन पाउँन "याक एण्ड यती"मा गए पुग्छ भन्ने अमेरिकनहरुको मान्यता पनी बनी सकेको छ । "याक एण्ड यतिमा" प्रसिद्ध अमेरिकनहरु पनी आएर भोजन गर्दछन् । हर कोलोराडोबासी औसत अमेरिकनको मुखमा "डोल"नामले प्रशिद्दी कमाएको छ । एउटा नेपालीले यसरी सानो स्तरबाट उन्नतिको शिखर चुम्न सक्नु हाम्रो स्वाभिमानमा थप उर्जा हुनु हो । यसरी प्रवासमा रहेर एउटा स्थापित ब्यापारी बन्न सक्नु पनी दिनेश भट्टराईको आफ्नो खुबी हो जस्ले कतिपनी हरेश नखाइे संघर्षका पाइेलाहरु चाल्दै गए । नत्र त सबैको मानसिकता के छ भने बिदेशमा गएर हर नेपालीहरुले मजदुरी मात्र गर्छन् । त्यस्तो नकारात्मक मानसिकताको लागि दर्‍हो चुनौती हो दिनेश अर्थात डोल भट्टराई ।      

* स्थानीय धानले मूल्य पाएन * धान अभावमा मिलहरू बन्द

झापा, १९ कात्तिक
भारतबाट लुकाई–छिपाई चामल भित्रिने क्रम नरोकिँदा झापामा उत्पादित धानले उपयुक्त मूल्य पाउन सकेको छैन । खुला सीमाका कारण विभिन्न नाका हुँदै भारतबाट चामल भित्रिएपछि स्थानीय उत्पादनले मूल्य नपाएको हो ।
धान खरिद गर्ने चामल मिल सञ्चालकहरू भारतीय चामल आयात नरोकिएसम्म स्थानीय उत्पादनले उचित मूल्य नपाउने बताउँछन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालका अनुसार अनियन्त्रित रूपले भारतबाट सस्तो मूल्यको चामल भित्रिएकाले झापाको धानले मूल्य नपाएको हो ।
भारतबाट सोझै चामल आयात भएपछि लाखौं रुपैयाँ खर्चिएर खोलिएका चामल मिलसमेत बन्द हुन थालेका छन् । चामल आयातको क्रम नरोकिँदा मूल्य नपाएर कृषक मार्कामा परेको र न्यून मूल्यमा कृषकले धान नबेच्दा मिल सञ्चालक समस्यामा परेको अध्यक्ष बरालले बताए । उनका अनुसार दैनिक ५० ट्रकको हाराहारीमा चामल उत्पादन गर्दै आएका झापाका करिब ५५ वटा सेलर मिल (चामल उत्पादक मिलहरू) मध्ये करिब डेढ दर्जनले उत्पादन नै बन्द गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि नभई दैनिक उपभोगका लागि भनेर न्यून परिमाणमा भारतबाट चामल भित्रिरहेको मेची भन्सार कार्यालय कांकडभिट्टाका भन्सार अधिकृत उमेशकुमार बस्नेत स्वीकार्छन् । “ट्रक वा ठूला गाडीमा चामल भित्रिँदैन तर थोर–थोरै गरी ल्याइएको चामलको कुल परिमाण पनि दैनिक दुई–तीन ट्रकसम्म पुग्छ,” उनले भने । एक ट्रकमा करिब १५ मेट्रिक टनसम्म अँट्छ । अधिकृत बस्नेतकै भनाइअनुसार पनि न्यून परिमाणमा भित्रिरहेको भनिएको चामलको मात्रा दैनिक सरदर ३० मेट्रिक टनभन्दा बढी हुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापाले भने चामल मिल बन्दको जानकारी कार्यालयमा आइनपुगेको जनाएको छ ।
कृषि उपजमध्ये मुख्य मानिएको धानको बजार मूल्य पनि कहिल्यै निश्चित हुने गरेको छैन । पूर्वाञ्चलको हकमा हरेक दिन साँझ विराटनगरको ‘गोल बजार’ मा भेला हुने व्यापारी तथा व्यापारीका एजेन्टहरूले बिना कुनै आधार धानको बजार मूल्य तोक्ने गर्छन् । “त्यहाँ एक किसिमको दलाली नै चल्छ, दलालकै भरमा धानको बजार भाउ तोकिन्छ, अर्काे साँझसम्मका लागि,” एक व्यवसायीले भने ।
गत वर्ष कात्तिक दोस्रो सातासम्ममा बजार भित्रिएको धानले औसत प्रतिमन ७ सय रुपैयाँ पाएकोमा यो वर्ष ५ सय रुपैयाँ पनि पाउन सकेको छैन । दमक, बिर्तामोड, सुरुंगा, धाइजनलगायत ठाउँका मिलहरूले यतिबेला भित्रिरहेको आउ मुसुली, डल्लेलगायत धान ५ सय रुपैयाँ प्रतिमन (४० केजी)ले किन्न मानिरहेका छैनन् भने ती बजारसम्म धान ल्याउने ग्रामीण भेगका व्यापारीले कृषकलाई ४ सय रुपैयाँमात्रै दिइरहेका छन् ।
एकता कृषक समूह कोरोबारी–१ का कृषक रघुनाथ निरौला सरकारले धान उत्पादनमा लाग्ने रासायनिक मल तथा कीटनाशक औषधिको मूल्य तोकेर पनि सहज रूपमा उपलब्ध नगराउने र धानको मूल्य तथा बिक्रीको ग्यारेन्टी नलिने समस्याका कारण कृषिक्षेत्रको विकास हुन नसकेको बताउँछन् ।