शान्ति समितिमा दर्लामी

२४ कातिक
दमक ÷स्थानिय शान्ति समिति झापाको अध्यक्षमा झलकिसं दर्लामी चयन हुनु भएको छ ।
समितिको मंगलबार बिर्तामोडमा भएको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । उहाँ एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज हुनुहुन्छ । बैठक समितिका तत्तकालिन अध्यक्ष उद्धव थापाको अध्यक्षतामा भएको थियो । दर्लामी यस अघि समेत शान्ति समितिको अध्यक्ष भई सकेका छन् । ६÷६ महिनामा दलिय सहमतिमा नेतृत्व परिवर्तन हुने ब्यवस्था अनुसार सर्वसम्मत रुपमा दर्लामीलाई अध्यक्षमा चयनमा चयन गरिएको समितिका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोईरालाले बताउनुभयो ।

0 प्रतिकृया:

Post a Comment