हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ट्या_िक्स पल्टियो

२४ कातिक
दमक ÷ मेची राजमार्ग अन्तर्गत झापाको शान्तिनगर-६ मा मंगलबार साँझ ट्या_िक्स पल्टँदा आधा दर्जन यात्री घाईते भएका छन् ।
पाँचथरबाट बिर्तामोड तर्फ आउँदै गरेको मे।१ज १३१७ नम्बरको ट्या_िक्स बे्रकफेल भई सडक छेउका रुखमा ठोक्किँदा सतासीधाम-८ की २० वर्षिया सविना सुब्बा सोहि ठाँउकी १९ वर्षिया कल्पना पोखरेल दुवागढी-३ की २० वर्षिया कल्पना बराईली शान्तिनगर-८ की ३५ वर्षिया एकलिना सुब्बा पाँचथर ईम्बुङ्-६ का ३१ वर्षिय मेघबहादुर चाम्लिङ् लगायतका यात्री घाईते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुको स्थानिय जनसेवा अस्पतालमा उपचार भई रहेको छ ।

मृत फेला

२४ कातिक
दमक ÷ झापाको पाँचगाछी-२ को स्यालमारामा मंगलबार एक ब्यक्ति मृत फेला परेका छन् ।
हिजो साँझ पौने ५ बजे तिर गौरादह-४ बस्ने ७० वर्षिय धनबहादुर चेम्जोङ् मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव परिक्षणका लागि पठाईएको जनाईएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

"नेपालीहरुको इेज्जत सफल ब्यवसायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुको प्रिय नाम 'डोल' । "

आचार्य प्रभा
                             
                                                                                     कोलोराडो ( अमेरिका )



हामी नेपाली युवाहरु शायदै आफ्नो देशकालागी मेहनती परिश्रमी बन्न सकेनौं । यो हाम्रो हालको देशको स्थितिले बताएता पनी हामी नेपाली कुनै पनी मुलुकमा गएर आफ्नो मेहनत,परिश्रम,इेमान्दारितामा अटल नै छौं । औसत बाहेक । कुनै पनी मानिसमा शिप छ,मेहनती छ ,पौरखी छ तर पनी अवसरको अभाव छ भने उस्का ति सब गुणहरु ब्यर्थै हुन पुग्दछन् । हाम्रो देशका केही युवाहरुको बिडम्बना पनी यही भन्नु पर्दछ अर्थात अवसरको अभावमा पनी कती मेहनती र लगनशिल अनी पौरखी हातहरु निकम्मा बन्न पुग्दछन् । तर अवसर र समयले साथ दिएमा त्यस्ता मेहनती, परिश्रमी मनहरुले अवश्य उन्नतिको शिखर चुम्न सफल हुन्छन् । यस्को ज्वलन्त उदाहरण हो कोलोराडो वेस्मिनिष्टर अर्थात अरभादाका नेपाली रेस्टुरेन्ट ब्यवशायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुका मन मुटुमा बस्न र सम्झन सफल नाम मिष्टर डोल भट्टराई ।
दिनेश भट्टराई जो एउटा साधारण बालक नेपालको पश्चिम क्षेत्र स्याङ्जामा जन्म भइे साधारण शिक्षा हाँसिल गरि बाल्यावस्थामा नै  कर्म थलो खोज्न आफ्नो जन्मथलोलाई छाडी भारततिर भासिएका थिए । करिब १३ /१४ बर्षकै उमेरमा आफ्नो भाग्य बटुल्न परदेसिएका दिनेश भट्टराईले सानै उमेरदेखी नै दु:ख,संघर्षसँग जुझेर आफुलाई आफ्नै खुट्टामा उभ्याउँन सफल बनाइे सकेका थिए । सानै उमेरमा नै संघर्षशिल बनी सकेका दिनेशले भारतमा नै आफ्नो भाग्य निर्माण गर्न सुरु गरिसकेका थिए । समयको अन्तरालसँगै उन्को मेहनत र संघर्षमा पनी सफलता प्राप्ती हुँदै गयो । केही बर्ष भारतमा नै रेस्टुराँमा शेफका काम गरिसकेका उनी आफ्नै संघर्षको बल्बुत्ताले उन्ले दुबइ जाने अवसर पाए । दुबइमा पनी उन्ले करिब् ३ बर्ष यही पेशा अप्नाए । यसरी रेस्टुराँको अनुभवहरु सँगाल्दै उन्ले धेरै मानिसहरुको संगत पाए । उन्मा रेस्टुराँप्रतिको लगनशिलता र अनुभवले परिपक्वता बढ्दै गैरहेको थियो । यसरी संघर्ष र मेहनतको दोसाँधमा डुबुल्की मार्दा मार्दै उनी अमेरिका भित्रिन पनी सफल भए । उन्को मेहनत र लगनशिलताले भने यो भुमिमा आएर साकार हुने मौका पायो । उनी अमेरिकाको कोलोराडो स्थित बोल्डर शहरमा आएर बोल्डरकै एउटा चर्चित रेस्टुराँ ताजमा आफ्नो पसिना बगाउँन सफल भए । उन्ले उक्त रेस्टुराँमा लग्भग ६ बर्ष काम गरे । उन्को लगनशिलता र मेहनतले अझ उन्मा आत्मबल बढ्यो र उन्ले आफ्नै रेस्टुराँ खोल्ने बिचार  गरे । उनी भन्दछन् मेरो प्रयास,साथिभाइहरु र इेष्ट मित्रहरुको सहयोगले मैले आफ्नै ब्यवसाय खोल्न सफल भएँ । 
यसरी आज भन्दा लग्भग १० बर्षअघी कोलोराडोको (शेरिडन) वेष्टमिनिष्टरमा "याक एण्ड यती" नामक रेस्टुराँ खोले । हामी नेपालीले गौरव गर्नु पर्दछ कि अमेरिकाको शहरमा नेपाली अस्तित्व झल्किने नामको रेष्टुरेन्ट एउटा साधारण कामदार नेपालीले खोल्नु यो हाम्रो स्वाभिमान र गौरवकै कुरा हो । आफु मालिक भएपनी अरु काम्दारहरुसँगसंगै समानताको साथ काम गर्नु । सबैसँग नरम बोली र ब्यवहार गर्नु दिनेशको अर्को छुट्टै परिचय हो । उन्ले उक्त रेस्टुराँ खोलेर धेरै नेपाली युवाहरुले रोजगारी पनी प्राप्त गरे र गरिरहेका छन् । ग्राहकहरुसँग नरम बोली,असल ब्यवहार,मिजासिलो बानीले गर्दा उन्को निजी जीवनमा मात्र होइेन ब्यवसायमा पनी सकारात्मक् उन्नती हुँदै गयो । ब्यवशायमा सफलता प्राप्ती हुँदै गयो र उन्ले केही बर्ष पछी फेरि डेन्वरमा पनी अर्को रेस्टुराँ "इण्डिया ओभन" किन्न सफल भए । यसरी एउटा साधारण ब्यक्तिले ब्यवशायमा हात हालेर सफलता पाउँदै जानु भनेको उक्त ब्यक्तीभित्रको आत्मबल,मेहेनत र धैर्यता नै हुन सक्दछ । यी सबै कुराको पूर्णता भने दिनेश भट्टराईभित्र अवश्य छ र नै उनी पल पल सफल हुँदै गए भन्नमा अत्युक्ती नहोला । यसरी दुइतिरको ब्यवशायलाई सम्हाल्दै भएपनी उन्ले कती संघर्ष र अप्ठ्याराहरु खप्न नपरेको पनी होइेन तथापी उनी आफुलाइे जहिले निरीह नबनाइे आफुलाइे सक्षम र बल्वान बनाउँदै कतिपनी नहड्बडाई आफ्नो लक्षमा लागीपरे । यही बिचमा उनी विवाह बन्धनमा पनी बाँधिए । त्यस्पस्चात उनी ब्यवशायी मात्र नभएर एउटा बैवाहिक र कर्तब्य परायण लोग्ने अनी एउटा घरमुली पनी बन्न सफल भए र अहिले उनी तीन छोरा छोरीका बाबु हुन पुगेका छन् ।
यसरी अनेकौं खुड्किलाहरु पार गर्दै उन्ले फेरि कोलोराडोकै अरभादामा अर्को नयाँ "याक एण्ड यती"नामक रेस्टुराँ खोल्न सफल भए जुन अहिले ३/४ बर्षको उमेरको खुड्किलो चढि रहेछ । यसरी उन्ले आफ्नो मेहनत,आत्मबल र साहसको साथमा अमेरिका जस्तो देशमा एउटा सफल ब्यापारी बनी नेपालीहरुको नाम चम्काइे रहेका छन् जुन हामी सबै नेपालीले गौरव गर्नै पर्दछ । त्यतिमात्र नभएर उनी आफ्ना छोरा छोरीहरुलाइे उच्च शिक्षा दिनमा पनी उस्तै चिन्तित देखिन्छन् । आफुले सानैदेखी दु:ख र कष्ट खप्नु परेको र भने जस्तो शिक्षा हाँसिल गर्न नपाएकोमा आफ्ना सन्ततिहरुलाइे भने सकेसम्म शिक्षा प्रदान गरिदिने उन्को भनाइे छ । रात दिनको खटाइे र मेहनतले पनी उन्को मुहारमा कहिल्यै पनी निरशता र थकान देखिन्न । शायद यसैको परिणाम नै हुनुपर्दछ उन्ले यत्तिका सफलता हात पार्नुको रहस्य । उन्ले रेस्टुराँ ब्यवशाय मात्र नगरेर अरभादाको रेस्टुराँ परिशरमा नै बियर फ्याक्ट्रि पनी संचालन गरेका छन् ।
दिनेश भट्टराई अर्थात डोल भट्टराईको प्रवासी जीवनको सफलताको जती बयान गरे पनी कम् नै लाग्दछ । हामी नेपालीहरु प्राय अरुकै काम गरेर जीवन निर्वाह गरिरहेका छौं । औसत बाहेक । कतिपय अन्य नेपालीले पनी आफ्नै ब्यवसाय गरिरहेका छन् त्यो छुट्टै कुरा हो तर दिनेश भट्टराईको जस्तो सफलता भने उती पाउँन सकेका छैनन् कि जस्तो आभास लाग्दछ । उसो त दिनेशको पनी आफ्नै समस्या,पीडा,बाधा,अड्चन त नभएका छैनन् तथापी उन्को सम्पत्ती भन्नु नै उन्को म्रिदुभाषी बोली,धैर्यता,मेहनत,सहनशिलता र इेमान्दारिता भन्न सकिन्छ । आफु मालिक भएर पनी ब्यवहारमा नरमपन र शान्त अनी मिजासिलो स्वभाव नै दिनेश भट्टराईको सफलताको मुख्य पक्ष मान्न सकिन्छ । उन्ले आफु अमेरिकामै बसे पनी नेपालमा आफ्ना गाउँ, घरका बालकहरुकोलागी राम्रो पठन पाठनको ब्यवस्था गर्न यहाँबाट सहयोग गरिरहेका छन् । रेस्टुराँ ब्यवसायको आशय केवल व्यवसायी बन्न मात्र होइेन आफ्नो देशको परिचय दिनु र नेपाली कला संस्क्रितिको पनी उजागर गर्नु उन्को अभीष्ट बताएका छन् । हर अमेरिकनलाई थाहा छ कि "याक एण्ड यती" एउटा नेपालीको ब्यवसाय हो र नेपाली पन नेपाली मन पाउँन "याक एण्ड यती"मा गए पुग्छ भन्ने अमेरिकनहरुको मान्यता पनी बनी सकेको छ । "याक एण्ड यतिमा" प्रसिद्ध अमेरिकनहरु पनी आएर भोजन गर्दछन् । हर कोलोराडोबासी औसत अमेरिकनको मुखमा "डोल"नामले प्रशिद्दी कमाएको छ । एउटा नेपालीले यसरी सानो स्तरबाट उन्नतिको शिखर चुम्न सक्नु हाम्रो स्वाभिमानमा थप उर्जा हुनु हो । यसरी प्रवासमा रहेर एउटा स्थापित ब्यापारी बन्न सक्नु पनी दिनेश भट्टराईको आफ्नो खुबी हो जस्ले कतिपनी हरेश नखाइे संघर्षका पाइेलाहरु चाल्दै गए । नत्र त सबैको मानसिकता के छ भने बिदेशमा गएर हर नेपालीहरुले मजदुरी मात्र गर्छन् । त्यस्तो नकारात्मक मानसिकताको लागि दर्‍हो चुनौती हो दिनेश अर्थात डोल भट्टराई ।      

* स्थानीय धानले मूल्य पाएन * धान अभावमा मिलहरू बन्द

झापा, १९ कात्तिक
भारतबाट लुकाई–छिपाई चामल भित्रिने क्रम नरोकिँदा झापामा उत्पादित धानले उपयुक्त मूल्य पाउन सकेको छैन । खुला सीमाका कारण विभिन्न नाका हुँदै भारतबाट चामल भित्रिएपछि स्थानीय उत्पादनले मूल्य नपाएको हो ।
धान खरिद गर्ने चामल मिल सञ्चालकहरू भारतीय चामल आयात नरोकिएसम्म स्थानीय उत्पादनले उचित मूल्य नपाउने बताउँछन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालका अनुसार अनियन्त्रित रूपले भारतबाट सस्तो मूल्यको चामल भित्रिएकाले झापाको धानले मूल्य नपाएको हो ।
भारतबाट सोझै चामल आयात भएपछि लाखौं रुपैयाँ खर्चिएर खोलिएका चामल मिलसमेत बन्द हुन थालेका छन् । चामल आयातको क्रम नरोकिँदा मूल्य नपाएर कृषक मार्कामा परेको र न्यून मूल्यमा कृषकले धान नबेच्दा मिल सञ्चालक समस्यामा परेको अध्यक्ष बरालले बताए । उनका अनुसार दैनिक ५० ट्रकको हाराहारीमा चामल उत्पादन गर्दै आएका झापाका करिब ५५ वटा सेलर मिल (चामल उत्पादक मिलहरू) मध्ये करिब डेढ दर्जनले उत्पादन नै बन्द गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि नभई दैनिक उपभोगका लागि भनेर न्यून परिमाणमा भारतबाट चामल भित्रिरहेको मेची भन्सार कार्यालय कांकडभिट्टाका भन्सार अधिकृत उमेशकुमार बस्नेत स्वीकार्छन् । “ट्रक वा ठूला गाडीमा चामल भित्रिँदैन तर थोर–थोरै गरी ल्याइएको चामलको कुल परिमाण पनि दैनिक दुई–तीन ट्रकसम्म पुग्छ,” उनले भने । एक ट्रकमा करिब १५ मेट्रिक टनसम्म अँट्छ । अधिकृत बस्नेतकै भनाइअनुसार पनि न्यून परिमाणमा भित्रिरहेको भनिएको चामलको मात्रा दैनिक सरदर ३० मेट्रिक टनभन्दा बढी हुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापाले भने चामल मिल बन्दको जानकारी कार्यालयमा आइनपुगेको जनाएको छ ।
कृषि उपजमध्ये मुख्य मानिएको धानको बजार मूल्य पनि कहिल्यै निश्चित हुने गरेको छैन । पूर्वाञ्चलको हकमा हरेक दिन साँझ विराटनगरको ‘गोल बजार’ मा भेला हुने व्यापारी तथा व्यापारीका एजेन्टहरूले बिना कुनै आधार धानको बजार मूल्य तोक्ने गर्छन् । “त्यहाँ एक किसिमको दलाली नै चल्छ, दलालकै भरमा धानको बजार भाउ तोकिन्छ, अर्काे साँझसम्मका लागि,” एक व्यवसायीले भने ।
गत वर्ष कात्तिक दोस्रो सातासम्ममा बजार भित्रिएको धानले औसत प्रतिमन ७ सय रुपैयाँ पाएकोमा यो वर्ष ५ सय रुपैयाँ पनि पाउन सकेको छैन । दमक, बिर्तामोड, सुरुंगा, धाइजनलगायत ठाउँका मिलहरूले यतिबेला भित्रिरहेको आउ मुसुली, डल्लेलगायत धान ५ सय रुपैयाँ प्रतिमन (४० केजी)ले किन्न मानिरहेका छैनन् भने ती बजारसम्म धान ल्याउने ग्रामीण भेगका व्यापारीले कृषकलाई ४ सय रुपैयाँमात्रै दिइरहेका छन् ।
एकता कृषक समूह कोरोबारी–१ का कृषक रघुनाथ निरौला सरकारले धान उत्पादनमा लाग्ने रासायनिक मल तथा कीटनाशक औषधिको मूल्य तोकेर पनि सहज रूपमा उपलब्ध नगराउने र धानको मूल्य तथा बिक्रीको ग्यारेन्टी नलिने समस्याका कारण कृषिक्षेत्रको विकास हुन नसकेको बताउँछन् ।

हरेक पर्व गाईजात्रा हुदैनन्हरेक पर्व गाईजात्रा हुदैनन्

श्रीकृष्ण न्यौपाने

नेपाल विविध जात जाति धर्म र संस्कृतिले सम्बृद्ध हिमाली मुलुक हो । भनिन्छ विश्वकै जिवन्त म्यूजियम अर्थात् संग्राहलयका रुपमा कहलिएको नेपालको पहिचानमा पछिल्ल्ााे समय आफु अनुकुलका सांस्कृतिक आक्रमण हुन थालेको गुनासो बढ्न थालेको छ । नेपालका चाडपर्व समाजका अभिन्न अंग हुन् । हरेक चाडपर्वले सबै समुदायलाई एउटै मालामा उनेको छ त्यसैले त अहिले सम्म सामाजिक सद्भाव जिवन्त छ । त्यति मात्रै हैन समाजको अग्रगमन र समय सापेक्षताकालागि पनि हाम्रा पर्वहरु उत्तिकै सान्दर्भिक लाग्छन् । गाईजात्राको माध्यमबाट विकृति र विसंगती माथि प्रहार गर्दै सचेतनाका लागि ब्यंग्य गर्न हामीसामु हरेक वर्ष गाईजात्रा नभएको हैन तर पछिल्लो समय संस्कृति बचाउन कला कर्ममा लागेहरुले नै जानी नजानी प्रत्येक पर्वहरुमा विकृति भित्र्याउन मद्दत पुर् याइरहेका छन् । राजनीति केन्द्रित हुने गरेको गाईजात्रा मात्र हैन तिजमा गाईने गित हुन् अथवा देउसी भैलोका भाकामा पनि कलाकारहरुले शान्ति र संविधानको विषय जोड्ने गरेका छन् । आफ्नो सर्वस्व विष्ण्ँुले हरण्ँ गरेपछि पाताल पुगेका बलीलाई विष्ण्ँुले वÈ्रमा ३ दिन पृथ्वीमा तेरो आधिपत्य रहनेछ भन्ने वरदान दिएकोले देउसी खेल्ने चलन चलेको पौराणिक कथामा उल्लेख छ । तर मुलुकको संक्रमणकालमा लोकतन्त्रका नाममा आज भोलि हरेक पर्वलाई राजनीतिसँग जोडेर संस्कृतिको अपभ्रंस गर्दा भेालिका सन्ततीलाई हाम्रो मौलिक संस्कृतीका बारेमा के बताउने भन्नेमा संस्कृतीवीदहरुले चिन्ता व्यक्त गरेका छन् । देउसी ÷तिहारको अवसरमा गाइने पर्वगीत हो । लक्ष्मीपूजाका दिन महिलाद्वारा भैली र भोलिपल्ट गोवद्र्धन पुजाका दिन देउसी खेलिन्छ । तर पछिल्ल्ााे समय संस्कृतिका नाममा खेल्नु पर्ने देउसी भैलोलाई आर्थिक पक्षसँग जोडेर हप्तौ सम्म निरन्तरता िदंदा धार्मिक एवं सांस्कृतिक महत्व खस्किएको उनीहरुको भनाई हो । देउसी खेल्न गएका घरमा आिशÈ तथा शुभकामना दिने र घरधनीले फलफूल रोटी दिÔणु दिने यसको सांस्कृतिक महत्व हो । तर आज भोलि त रकम नै तोकेर अगि्रम चिठी पठाएर देउसी खेल्न जाने परम्परामा तिहार रुपान्तरित हुन थालेको छ । पक्कै पनि हरेक पर्वका मौलिक अर्थ र महत्व छन् तर अग्रगमन परिवर्तनका नाममा पर्वको मर्मलाई वेवास्ता गरि मनाउने क्रम बढ्दै जाने हो भने भोलिका दिनमा हाम्रा मौलिक पर्वको अस्तित्व पनि लोप हुने त्रास बढ्न थालेको छ । दाजुभाई र दिदी-बहिनीबीचको मिलनको पर्वरुपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा लगायतका परम्परागत बाजा बजाई खेल्ने गरेको भैलोमा आजकाल हिन्दी तथा तथा अगे्रजी गितको प्रयोग बढेको धेरैले महशुश गरेका छन् । त्यति मात्रै हैन मुलुकको कला संस्कृति जगेर्ना गर्ने धरोहर मानिएका कलाकार पनि देउसी भैलोको परम्परागत मान्यताबाट विमुख हुदै दल विशेष र सरकार प्रमुखलाई गाली गर्दै देउसी खेल्न थालेपछि यसको मौलिकतामाथि प्रश्न उठ्नु जायज हो । देवश्रीको अपभ्रसबाट देउसिरे भएको भाषाविदहरुले बताईरहदा कलाकारले पनि देउसिरे भन्न छोडेर अनावश्यक शब्द प्रयोग गर्न थालेपछि देउसिरे शब्द आक्रमणमा परेको छ । कलाकारको एउटा समूहले हालै खेलेकेा देउसीमा भट्याएको केहि अंश यस्तो थियो ।


भन भन भाई हो …………प्रतिपक्षी नेता चन्द्र राम

देउसीरे भन………………भन्दैनौ

राष्ट्रपति ……………………।बरण राम

प््रधानमन्त्री……………………बाबुराम

म्ााथिका अंश भर्खरैको तिहारमा कलाकारको एउटा समूहले मुलुकका ठूला मिडियामा भट्याएको उदाहरण हो । हरेक तिहारमा लोकसंस्कृतिमा आधारित देउसी भैलो आउदा ह्दयले स्वागत गर्ने र त्यसमा रमाउने सिर्जना गर्नुको साटो आज भोलि देउसी भैलोको टोली आउदा ढोका बन्द गरेर भाग्नुपर्ने अवस्था आइसकेको छ । यसले तिहारको महत्वलाई किमार्थ बढाउँदैन उल्टै घटाइरहेको छ । कला संस्कृतिको संरक्षणमा लाग्नेहरुले भने देउसी भैलोको रक्षाकालागि लागि आपुूहरुले परम्परालाई धानेको तर्क गर्छन् । तर उनीहरुले नै देउसीलाई अनावश्यक व्यंग्य विदेशी संस्कृतिको हावी तथा पैसा कमाउने मेसोका रुपमा प्रयोग गरेकाले यसको अस्तित्व संकटमा परेको छ । यस्तो संस्कृतिले निरन्तरता पाउने हो भने केही वÈ्रपछि देउसी र भैलो भनेको गाईजात्रा जस्तो हास्यव्यंगमा रमाउनु पर्ने स्थिति नआउला भन्न सकिन्न । प्रत्येक चाडको आ-आपुनै महत्व हुन्छ । व्यंग्यलाई सबै पर्वमा घुसाउनलाई व्यंग्यविनोद आलु होइन जसलाई जुनसुकै तरकारीमा मिस्न सकियोस् । जसरी टाउको दुखेको औषधि नाइटोमा दिलंदैन त्यस्तै हरेक चाडलाई गाइजात्राको रुपमा चित्रित गरिनु हुन्न । राजनीतिले सबै क्षेत्र गाँजेको भन्दैमा चाडपर्वलाई विशुद्ध मनोरन्जनको माध्यम बनाउन तिर हाम्रा सर्जकहरुले ध्यान पुर् याउन जरुरी भैसकेको छ । सबै चाड गाइजात्रा होइनन् र सबै गाइजात्रा दशैं तिहार हुन्नन् भन्ने पनि बुझ्ने बेला अहिले नै हो । पछिल्ला केही वÈ्रयता चार्डपर्वलाई सामाजिक सद्भाव र सौहार्दताको अवसरका रुपमा कम र आफु अनुकुल बढि प्रयोग भएकैले हाम्रा चाडपर्वहरु माथि सबैले चिन्ता गर्न थाल्नुको पछाडि संस्कृति मोह पनि लुकेको छ कि

ल्ोखक कान्तिपुर एफएममा आबद्ध छन् ।


 

खोलामा छैठको रौनक

































१७ कातिक
दमक÷ अस्ताउँदो सुर्यको पूजा गरेर मंगलबार धुमधामका साथ छैठ पर्व मनाईएको छ ।
कात्र्तिक चर्तुर्थीका दिनबाट सुरु भएको छैठ पर्व बुधबार आज बिहान अर्घ दिए पछि समापन हुँदैछ । परिवार तथा सन्तान सुखका साथै मनोकाङ्क्षा पूरा हुने विस्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
मंगलबार साँझ अस्ताउँदो सुर्यको पूजा गर्न झापाका कन्काई मेची रतुवा मावा तथा मोरङ्का बिभिन्न नदी तथा जलाशय हरुमा भक्तजनको भिड लागेको थियो । दमकको रतुवा खोला किनामा पूजा गर्नेहरुकेा रमिता हेर्न पुलमा बढेको भिडले साँझ केहि घण्टा यातायात साचालमा समेत समस्या भएको थियो । सो स्थानमा भिड ब्यबस्थित पार्न ट्राफिक जनपथ तथा सशष्त्र प्रहरी खटिएका थिए । पूजाका लागि बत्ति र फूलले घाट सिँगारिएको थियो ।
तराईक्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व मनाउने प्रचलन केहि वर्ष यता अन्य समुदायमा पनि बढेको छ । मैथिली सेवा समाज दमकम सचिव बिक्रमकुमार शाहाले पछिल्ला वर्षहरुमा सवै जसो समुदायका व्यक्तिहरुले छैठ पर्व मनाउन थालेको बताए । दमक-११ की बालिका भुजेलले १४ वर्ष देखि नियमित रुपमा छैठ पूज्ाा गर्न र ब्रत बस्न थालेको बताईन् । छैठको ब्रत बस्न थाले पछि शरीरमा उर्जा र परिवारमा शान्ति मिलेको महसुस भएको उनको अनुभव छ । यसै गरि सोहि ठाँउकी टंकमायाँ गुरागाँई समेत छैठ पर्वमा नियम पूर्वक पूजा गर्ने तथा ब्रत बस्नेत गरेको बताउँछिन् ।
यसैबीच मोरङकाृ उर्लाबारीमा छैठ पुजा आयोजक समिती र मैथिली समाज सेवा समिती उर्लाबारीले मंगलबार छैठको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आयोजक समितीका अध्यक्ष साजय शर्माको सभापतित्बमा भएको सो कार्यक्रममा नेपाली काग्रेशका उलार्बाारी नगर सभापती बिरबल थापा समाजसेबी खड्ग फागो उर्लाब्ाारी उद्योग बाणिज्य संघका अध्यक्ष केशब कार्की अलकापुरी नेपाल साप्ताहिकका सम्पादक दुर्गाप्रसाद खतिवडा संघिय लिम्बुवानका नरबहादुर याक्सो लगायतले बोलेका थिए ।

देवकोटाको जन्मजयन्ति

१७ कातिक
खुदुनाबारी÷ महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय तिनऔ जन्म जयन्तिका अवसरमा झापाकेा खुदुनावारी स्थित भुटानी शरणार्थी शिविरमा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।
भुटान नेपाली साहित्य परिषदले आयोजना गरको कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश रशिक प्रमुख आतिथी रहेका थिए । कार्यक्रममा एलबि मगर यदुनाथ अजनवी देवकुमार तामाङ शिवलाल दाहाल अर्जुन प्रधान रमेश गौतम लगायतले ईन्टरनेट मार्फत रचना गरेका थिए । मोनाराज शेर्मा केशव आचार्य प्रकाश आङ्देम्बे उमाकान्त खनल धनकुटे कान्छा लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शेरु राई उदाश बुद्धिमान राई अशोक बस्नेत दिपा दाहाल नविन प्राचिन राजकुमार सुव्वा अनिश्चित लगायतले रचना वाचन गरेका थिए ।



आय-व्यय सार्वजानीक

१७ कातिक
महारानीझोडा÷ झापाको महारानीझोडा-२ स्थित सामुदायिक भवन तथा पुस्तकालय अध्ययन केन्द्रको मंगलबार आय-व्यय सार्वजानिक गरिएको छ ।
केन्द्रको भवनमा झापा क्षेत्र नम्बर-६ का सभाषद दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव युवाराज बाँस्कोटाले ३३ लाख ८० हजार रुपैयाँ बराबरको आय र ३३ लाख ३० हजार रुपैयाँ बराबरको ब्यय बिबरण सार्वजानीक गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि उल्लेख्य सहयोग पुर् याउने रामकुमारी राई अभिमन्यु काफ्ले हेमकुमार खड्का शिबकुमार प्रसाई ईन्द्रप्रसाद काफ्ले र डिल्लिराम काफ्लेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
अध्ययन केन्द्रका अध्यक्ष देवीप्रसाद काफ्लेकेा अध्यक्षतामा भएको कार्यक्रममा भवनको आवश्यकता र औचित्यबारे निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार खरेलले प्रकाश पारेका थिए । निर्माण उपभोक्ता समितिका सचिव पि्रय विक्रम आङ्देम्बेले साचालन गरेकेा कार्यक्रममा सभाषद कार्की पत्रकार चेतन अधिकारी लगायतले बोलेका थिए ।

स्नातकोत्तर साचालन गर्न महायज्ञ

१७ कातिक
उर्लाब्ाारी ÷ मोरङको पथरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सोमबार देखि सुरु भएको छ ।
प्ाथरी बहुमुखी क्याम्पसले स्नातकोत्तर तह साचालन तथा अक्षय कोष स्थापनाको लागि सो महायज्ञ सुरु गरेको हो । महायज्ञको उद्घाटन कार्यक्रममा कलश यात्राले पथरी बजार परिक्रमा गरेको थियो । किरात याक्थुङ चम्लुङ शान्ति किर्तन मण्डली शालिकग्राम भजन मण्डली नवदुर्गा किर्तम मण्डली सगरमाथा किर्तन मण्डलीलगायत संघसंस्थाको कल्श यात्रामा उपस्थिति थियो ।
कलश यात्रा पछि आयोजित उद्घाटन समारोहमा क्याम्पस प्रमुख अर्जुज कुमार बुढाथोकी क्याम्पस अध्यक्ष मोहन तुम्बापो सभासद् लालबहादुर सुस्लिङ मगर समाजसेवी वीरबहादुर बस्नेत पण्डित अजितशरण उपाध्यायलगायतले बोलेका थिए ।
कार्यक्रमा महायज्ञमा पहिला पटक सहयोग गर्नुहुने क्याम्पसकी कर्मचारी रमा दर्जीलाई दोसल्ल्ाा सम्मान पत्रलेृ सम्मान गरिएकेा थियो । उनले २५ हजार १ सय १ रुपैया सहयोग गरेका थिइन् ।

दुई पत्रकार सम्मानित

१७ कातिक
उर्लाबारी ÷ पत्रकारीताको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा योगदान पुर् याउने दुई पत्रकारलाई मोरङको डाँगीहाटमा मंगलबार सम्मान गरिएको छ । बिभिन्न तीनवटा संस्थाहरुले हिमिशिखर टेलिभिजनका समाचार प्रमुख अजित धिमाल र रेडियो सुसेलीका समाचार सम्पादक नरेन्द्र बस्नेतलाई सम्मान गरेका हुन् ।
मोरङको डाँगीहाट १ मा रहेको अमर प्रगतिशिल युवा समुहजनएकता साँस्कृतिक माच र डाँगीहाट फुटबल क्लबले एक बृहत साँगीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई दोषल्ला र सम्मानपत्रका साथ सम्मान गरेको हो ।
मोरङको डाँगीहाटबाट पत्रकारिता शुरु गरेर डाँगीहाटको परिचयलाई पत्रकारिताको माध्यायमबाट देश र बिदेशमा समेत चिनाउन सफल भएको भन्दै ्र सम्मान गरिएको कार्यक्रमका संयोजक डिल्ली धिमालले बताए । सम्मान कार्यक्रमका साथमा स्थानीय कलाकारहरुले साँगीतिक कार्यक्रम समेत गरेका थिए ।