खोलामा छैठको रौनक

































१७ कातिक
दमक÷ अस्ताउँदो सुर्यको पूजा गरेर मंगलबार धुमधामका साथ छैठ पर्व मनाईएको छ ।
कात्र्तिक चर्तुर्थीका दिनबाट सुरु भएको छैठ पर्व बुधबार आज बिहान अर्घ दिए पछि समापन हुँदैछ । परिवार तथा सन्तान सुखका साथै मनोकाङ्क्षा पूरा हुने विस्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
मंगलबार साँझ अस्ताउँदो सुर्यको पूजा गर्न झापाका कन्काई मेची रतुवा मावा तथा मोरङ्का बिभिन्न नदी तथा जलाशय हरुमा भक्तजनको भिड लागेको थियो । दमकको रतुवा खोला किनामा पूजा गर्नेहरुकेा रमिता हेर्न पुलमा बढेको भिडले साँझ केहि घण्टा यातायात साचालमा समेत समस्या भएको थियो । सो स्थानमा भिड ब्यबस्थित पार्न ट्राफिक जनपथ तथा सशष्त्र प्रहरी खटिएका थिए । पूजाका लागि बत्ति र फूलले घाट सिँगारिएको थियो ।
तराईक्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व मनाउने प्रचलन केहि वर्ष यता अन्य समुदायमा पनि बढेको छ । मैथिली सेवा समाज दमकम सचिव बिक्रमकुमार शाहाले पछिल्ला वर्षहरुमा सवै जसो समुदायका व्यक्तिहरुले छैठ पर्व मनाउन थालेको बताए । दमक-११ की बालिका भुजेलले १४ वर्ष देखि नियमित रुपमा छैठ पूज्ाा गर्न र ब्रत बस्न थालेको बताईन् । छैठको ब्रत बस्न थाले पछि शरीरमा उर्जा र परिवारमा शान्ति मिलेको महसुस भएको उनको अनुभव छ । यसै गरि सोहि ठाँउकी टंकमायाँ गुरागाँई समेत छैठ पर्वमा नियम पूर्वक पूजा गर्ने तथा ब्रत बस्नेत गरेको बताउँछिन् ।
यसैबीच मोरङकाृ उर्लाबारीमा छैठ पुजा आयोजक समिती र मैथिली समाज सेवा समिती उर्लाबारीले मंगलबार छैठको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आयोजक समितीका अध्यक्ष साजय शर्माको सभापतित्बमा भएको सो कार्यक्रममा नेपाली काग्रेशका उलार्बाारी नगर सभापती बिरबल थापा समाजसेबी खड्ग फागो उर्लाब्ाारी उद्योग बाणिज्य संघका अध्यक्ष केशब कार्की अलकापुरी नेपाल साप्ताहिकका सम्पादक दुर्गाप्रसाद खतिवडा संघिय लिम्बुवानका नरबहादुर याक्सो लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment