स्नातकोत्तर साचालन गर्न महायज्ञ

१७ कातिक
उर्लाब्ाारी ÷ मोरङको पथरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सोमबार देखि सुरु भएको छ ।
प्ाथरी बहुमुखी क्याम्पसले स्नातकोत्तर तह साचालन तथा अक्षय कोष स्थापनाको लागि सो महायज्ञ सुरु गरेको हो । महायज्ञको उद्घाटन कार्यक्रममा कलश यात्राले पथरी बजार परिक्रमा गरेको थियो । किरात याक्थुङ चम्लुङ शान्ति किर्तन मण्डली शालिकग्राम भजन मण्डली नवदुर्गा किर्तम मण्डली सगरमाथा किर्तन मण्डलीलगायत संघसंस्थाको कल्श यात्रामा उपस्थिति थियो ।
कलश यात्रा पछि आयोजित उद्घाटन समारोहमा क्याम्पस प्रमुख अर्जुज कुमार बुढाथोकी क्याम्पस अध्यक्ष मोहन तुम्बापो सभासद् लालबहादुर सुस्लिङ मगर समाजसेवी वीरबहादुर बस्नेत पण्डित अजितशरण उपाध्यायलगायतले बोलेका थिए ।
कार्यक्रमा महायज्ञमा पहिला पटक सहयोग गर्नुहुने क्याम्पसकी कर्मचारी रमा दर्जीलाई दोसल्ल्ाा सम्मान पत्रलेृ सम्मान गरिएकेा थियो । उनले २५ हजार १ सय १ रुपैया सहयोग गरेका थिइन् ।

0 प्रतिकृया:

Post a Comment