नक्कली चेक प्रकरणका पक्राउ परेनन्

दमक । ढुकुरपानी उच्च मावि दमकको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाताबाट नक्कली चेक प्रयोग गरी ५ लाख रुपैयाँ चोरी भएको १३ दिनसम्म पनि चोरी गर्ने पत्ता लाग्न सकेको छैन ।
दमक र बिर्तामोड बैंकले अध्ययन गरेर प्रतिवेदन बैंकको क्षेत्रीय कार्यालयलाई पठाएर अनुसन्धान भइरहेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक लिलानाथ खनाल र सेवानिवृत्त भइसकेका पहिलाका खाता सञ्चालक शुरुवीर श्रेष्ठले हस्ताक्षर रहेको  ३ र १३ नम्वरको फर्फी चेक प्रयोग गरी बैंककै बिर्तामोड शाखाबाट दुई पटक रकम चोरी भएको छ ।
बैकको क्षेत्रीय कार्यालयका प्रमुख गोपाल पौडेलसंग टेलिफोन सम्पर्क गर्दा बैंककोतर्फबाट कमजोरी नभएको र अनुसन्धानपछि जसले चोरी गरेको हो त्यसलाई कारवाही हुने बताए । मंगलबार इलाका प्रहरी कार्यालय दमकले बैंकको दमक शाखा प्रवन्धक बासुदेव बराल, बिर्तामोड शाखाका प्रवन्धक किशोर अधिकारी, प्रधानाध्यापक खनाल  र सेवानिवृत्त  शिक्षक शुरवीर श्रेष्ठ  र लेखापाल चुडामणी पोखरेललाई बोलाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भीम सिलवालले बताए ।
बैंकको खाता नम्वर १९०० ÷२१४००००१९००१ बाट गत बैशाख ३ गते १ लाख ५० हजार रुपैया र चैत ३० गते ३ लाख ५० हजार रुपैयाँ फर्जी चेक प्रयोग गरेर चोरी भएको विद्यालयले जनाएको छ । बैंकको चरम लापरवाही रहेको भन्दै प्रधानाध्याक खनालले भने ‘सुरवीर श्रेष्ठ र मेरो हस्ताक्षर नभएर नक्कली हस्ताक्षर गरेर पैसा निकालिएको छ ।’
उता, विर्तामोड शाखाका प्रवन्धक अधिकारीले भनें बैंकको कमजोरी भएको स्वीकार्दै  त्यसको छानविन बैंकको क्षेत्रीय कार्यालय बिराटनगरले गरिरहेको जनाए ।
जेठ ६ गते  शिक्षकहरुको संचयकोष  जम्मा गर्न आउँदा खातामा पैसा नभएको दमक शाखाले  बिर्तामोड शाखाबाट रकम भूक्तानी  भइसकेको जानकारी दिएपछि खैलाबैला मच्चिएको थियो ।

0 प्रतिकृया:

Post a Comment