२ तला बढीका घर भत्काइने

मोरङ । मोरङको विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी २ तलाभन्दा माथि बनाइएका घर उपमहानगरपालिकाले भत्काउने भएको छ ।
सरकारी निर्णयअनुसार यसबेला विराटनगर क्षेत्रमा दुई तलाभन्दा माथिको घर निर्माण बन्द गरिएकाले त्यसभन्दा बढी तलाको घर बनाएको भए भत्काइने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जनाए । यसबारे वडा सचिवको भेला चाँडै डाकिने बताए । उपमहानगर क्षेत्रका २२ वटै वडाका सचिवको भेला बोलाई मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना भत्काउनका लागि निर्देशन दिइने रेग्मीले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment