टाइव्रेकरमा युनाइटेड क्लव विजयी

दमक । दमक १२ मा जारी फुटवल प्रतियोगिताको मंगलवार भएको खेलमा फरेन युनाइटेड क्लव दमक विजयी भएको छ ।
 अन्तिम क्वाटर फाइनल खेलको निर्धारित समयमा र थप १० मिनेट अवधिमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि टाइव्रकेरमा युनाइटेड क्लव बिजयी भएको हो ।  उसले  टाइव्रकेरमा ३–० गोल अन्तरले आकर्षक मेनपावर युनाइटेडलाई हराएको छ । बुधवारबाट शूरु हुने  प्रतियोगिताको सेमीफाइनल  खेल मिलन एफसी बी दमक र आयोजक भिएफसी दमकबीच हुने आयोजकले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment