आन्तरिक कम्युनिष्ट एकता र एमाले

ओमप्रकाश गौतम
 अन्ततः एमालेको असार १९ गतेबाट शुरू भएको नवौं महाधिवेशन लगभग बाह्रौं दिन पश्चात बल्ल सकिएको छ । अनपेक्षित रुपमा लम्बिएको एमालेको आधा महिना लामो महाधिवेशनबाट चुनिएको नयाँ केन्द्रीय नेतृत्वको चयन आज नयाँ अनुहार र पुराना उही अनुहारहरू परिवर्तित भएर आएको छ । एक अर्थमा भन्नुपर्दा एमालेको यो महाधिवेशन सही रुपमा विश्लेषण गर्दा आरोह–अवरोहबीच नयाँ विचार र धारणाहरूबीचबाट चुनिएर आएको छ । समष्टिगत रुपमा अन्वेषण गर्नुपर्दा नेपालमा भएका राजनीतिक दलहरूको तुलनामा आन्तरिक लोकतन्त्र मजबुत भएको पार्टी भनेर चिनिएको पार्टी भनेको नै एमाले पार्टी नै हो, किन कि हाम्रो देश नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि आजसम्मको राजनीतिक परिवेशसम्म आइपुग्दा तत्कालीन राजा–रजौटाहरूको एकलौटी शासन सत्तादेखि नेकपा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वको अवस्थालाई शान्ति प्रक्रियामा ल्याएर जनयुद्धलाइ विराम गराएर छोड्ने पार्टी भनेको एमाले नै हो । त्यो बेला देशको शासन सत्ता सही दिशामा थिएन, पार्टी–पार्टीबीच गुटबन्दी तलदेखि माथिसम्म सतही रुपमा चुलिएर गएको थिएन, यसको असर कम्युनिष्ट पार्टीभित्र परेको थियो र पछि एमालेबाट अलग्गिएर धेरै साना–साना पार्टीमा रुपान्तरण हुन पुग्यो । दुर्भाग्यवश त्यो बेला कम्युनिष्टबीच एकता हुन नसकिरहेको बेला नै एमालेको वैचारिक शक्तिमा क्षयीकरण भयो । ‘कम्युनिष्ट जुट्न जान्दैनन्, फुट्न मात्रै जान्दछन्’ भन्ने सिद्धान्तको चरितार्थ प्रमाणित नेपालमा भएका साना या ठूला पार्टीहरूले जनतालाई देखाइदिएको इतिहास तरोताजा छ । यसैको पाठ सिकेर आज एमालेले उसको नवौं महाधिवेशन काठमाडौंमा सम्पन्न गरिसकेर लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित हुन पुगेको छ, किन कि सत्ता, शक्तिको चङ्गुलमा फँसेर क्रान्ति र विद्रोहलाई निस्तेज बनाउनु हुँदैन भनेर उसले आज चुनावी प्रक्रियाद्वारा सबैभन्दा ठूलो १४ र केन्द्रीय कमिटी सदस्य मतदान प्रक्रियाद्वारा चुन्न अरु दललाई पाठ सिकाइदिएको छ । हुन सक्छ, जनवादलाई रुपान्तरण गर्ने सवालमा पार्टीभित्र गुटबन्दी त अवश्य नै हुन्छ, त्यो नै नेका, एनेकपा माओवादी, नेकपा–माओवादी, राप्रपा लगायत अन्य साना–साना दलभित्र पदको खिचातानी नभएको त होइन, तापनि लोकतान्त्रिक मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै जनवादी गणतन्त्रमा लामबद्ध भएर जनताको जनसंविधान लेख्न सबै दल हातेमालो गरेर अघि बढ््नुपर्दछ भन्ने जनदिशालाई उसले आगामी दिनमा सच्चिएर जान सक्नुपर्दछ । कोहो प्रधान शत्रु र वर्गीय शत्रु ? भनेर उसले चिन्न सक्नुपर्दछ, तर विरोधको कसीमा राखेर षड्यन्त्रको खेल खेल्न भने पटक्कै गर्नु हुँदैन । आज लोकतान्त्रिक विधि र प्रक्रियालाई शिरोधार्य गरेर राजनीतिको मैदानमा अध्यक्ष पदमा पार्टीका वरिष्ठ नेता माकुने र संसदीय दलका नेता केपी शर्मा ओलीबीच प्रतिस्पर्धात्मक रुपमा निर्वाचन प्रक्रियामा उत्रिएर निकै संशयबीच ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनको यो विजयको उत्सवमा उनका अघिपछि लामबद्ध कार्यकर्ताहरूको झुण्डका निम्ति त हर्ष बढाईको सुनौलो अवसर होला, तर जनताका निम्ति भने यो त्रासदी हो । लोकतान्त्रिक गणतन्त्रको जति रटान दिएपनि उनकै छत्रछायाँमा फस्टाएका अरु वादीहरूको रवैया आगामी दिनमा उनले सच्याएर लानु अस्वयंमभावी छ । त्यति मात्र होइन, अहिलेको विषम परिवेश र गुटबन्दीको चरम उत्कर्षमा हात लागेको पद सम्हाल्न धेरै ठाउँमा सम्झौता र समन्वयकारी भूमिका निर्वाह गरी सबै दलहरूलाई मिलाएर अघि बढ्नु ओली नेतृत्वको पदाधिकारीको काँधमा जिम्मेवारी आएको छ, अब उनले विगतका जस्तै सजिलै गोली जस्ता बोली प्रचण्डलाई होस् या प्रतिपक्षहरूलाई, लगाउन सजिलो उनलाई आगामी दिनमा अवश्य पनि सजिलो नहोाल । उखान टुक्का, पदावल िजोडेर होस् या भाषणमा लागेका बोल्ने खरो स्वभावलाई व्यवहारमा उतार्न सक्नु उनको त्यतिकै जिम्मेवार काँधमा आएको छ ।
उनको तत्कालको आवश्यकता भनेको पूर्वअध्यक्ष झलनाथ खनाल र प्रतिस्पर्धी नेता माधव नेपाललाई केन्द्रीय नेतृत्व तहमा समेटेर लैजानु पनि हो । नेताद्वय खनाल र नेपालले पनि आपसी कटुताका आधारमा होइन, नवनिर्वाचित अध्यक्ष ओलीलाई रचनात्मक सहयोग गरेर अगाडि बढ्नु नै सिङ्गो एमाले पार्टीलाई मात्र हैन, सम्पूर्ण वामपन्थी शक्तिलाई उर्जा मिल्नेछ । अहिले अध्यक्ष ओली सामु दोहोरो जिम्मेवारी बोध छ । एउटा एमाले संसदीय दलका नेताको रुपमा संसद र संविधानसभामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यक हुन्छ भने मुलुकको दोस्रो ठूलो दलको प्रमुखका हैसियतमा राष्ट्रिय राजनीतिमा पनि उत्तिकै भूमिका उनले खेल्न जरुरी छ । जे होस्, हामी सम्पूर्ण झापाबासी शुभेच्छुक तथा राजनीतिक नेतृत्वहरूले एउटा सबैभन्दा ठूलो खुसीयाली मान्नुपर्ने कुरा यो छ कि नेपालकै सबैभन्दा बढी कम्युनिष्टहरूको बाहुल्यता रहेको र २०२८ सालको झापा विद्रोहमा अमरत्व प्राप्त गर्ने अमर शहिदहरूको रगतले सिर्जिएको भूगोल भनेको नै झापाको उर्वर भूमि हो, त्यतिबेला सशस्त्र संघर्ष गरेर जीवनको कालखण्डमा १४ वर्षसम्म जेल जीवन बिताउने नेतामध्ये वहाँ पनि एक हो, जसले तत्कालीन तानाशाही राजतन्त्रको चिहान खन्न आफ्नो जीवनलाई बन्धक बनाएर अहोरात्र प्रजातन्त्त प्राप्तिका लागि झापाली जनताको लागि संघर्ष गरेर आज उनी एमाले पार्टीको वर्तमान अध्यक्षमा निर्वाचित भए । हामीले गर्व गर्नुपर्ने बेला आएको छ अहिले । किन कि महासचिव इश्वर पोखरेल लगायतका बहुमत पदाधिकारी झापाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् र आगामी दिनमा कम्युनिष्ट पार्टीबीचको मोर्चाबन्दी गरेर अघि बढ्न सक्नुपर्दछ । सबै वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण गरेर जनसंविधान निर्माणका लागि फुटेर, गुट–उपगुट सिर्जना गरेर वादपछिको जनवादको अपव्याख्या गरेर होइन, उनलाई अगाडि बढ्ने क्रममा सबै कार्यलाई प्रभावकारी ढङ्गले पूरा गर्दै लैजान आफ्नै पार्टीभित्र बिथोलिएको पद्धति सम्हालेर आन्तरिक व्यवस्थापन चुस्त राख्नलाई उनी सामु अहिले समग्र राजनीतिक जीवनकै सन्दर्भमा नेतृत्व क्षमता परीक्षणको सर्वाधिक परीक्षण खनालको विगतको नीति तथा नेतृत्वको लेखाजोखा भन्दा पनि आफ्नो यो संसयपूर्ण गतिरोधको अन्त्य गरेर सम्पूर्ण राजनीतिक शक्तिलाई गोलबद्ध अघि बढ्न सक्नु उनको काँधमा जिम्मेवारी आएको छ । सबलाई चेतना भया ।
omgautam817@gmail.com

0 प्रतिकृया:

Post a Comment