चुरा लगाइदिँदा दुर्व्यवहार गर्ने व्यापारी पक्राउ

दमक/एक बालिकालाई चुरा लाइदिने क्रममा दुब्र्यबहार गरेको आरोपमा एक ब्यापारीलाई  प्रहरीले पक्राउ गरी म्याद थप गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक ५ बेलडाँगीमा  चुरा पसल गरेर बस्ने सुनसरी बबिया ५ का मोहम्मद जियाउल हकलाई  प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको हो । प्रहरीका अनुसार आइतवार हरियो चुरा लगाउन आएकी भुटानी शरणार्थी शिबिर बेलडाँगीकी एक बालिकालाई चुरा लाउँदा लाउँदै उत्तेजनामा आएका हकले पसलको भित्र लगेर चुरा लगाइ दिने बहानामा शरिरका  संम्वेदनशील अंग चलाएको  पिडित पक्षको आरोप छ ।  
बालिकाले  छाती दुखेको कुरा सुनाए पछि आमाले सोधखोज गर्दा चुरा पसेलेले दुब्र्यबहार गरेको घटना खुलासा भएको थियो । पिडितको जाहेरीको आधारमा गत आइतवार पक्राउ गरिएको हकलाई हिजो जिल्ला अदालत झापाले जबरजस्ती करणी उद्योगको मुद्धामा पाँच दिनलाई म्याद थपेको छ । उनलाई  इप्रका दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताए ।
शिविर ब्यवस्थापन समितीले पिडकलाई हदैसम्म कारबाही गर्न प्रहरीलाई माग गरेको छ । यता इप्रका दमकका प्रहरी नायब उपरीक्षक  पौडेलले साउनको महिनामा पतिको दिर्घायू र आफूले चाहेजस्तो वर माग्दै हरिया चुरा र मेहन्दी लगाउने महिलाहरुले आफू दुब्र्यबहारको शिकार होइने कुराबाट  सजग रहन आग्रह  गरेका छन् ।   
उनले भने ‘कसैले दुब्यबहारको महसुष गरे प्रहरीलाई खबर गर्नुस् ।’

0 प्रतिकृया:

Post a Comment