ठगीका मेनपावरलाई कारवाही – सम्पादकीय

कमन देवान
स्वदेशमा रोजगारी नपाएपछि विदेशिने नेपाली युवाको बाध्यता नै भएको छ । स्वदेशमा नै काम र उचित पारिश्रमिक नपाएपछि बिदेसिनु आमयुवाको नियति नै भइसकेको छ । नेपालीका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता पनि हो ।  मलेसिया र अरबी मरुभूमिमा चर्को गर्मो तथा जोखिमपूर्ण कामका बाबजुत बर्सेनि करिब ४ लाख नेपाली रोजगारीको खोजीमा त्यसतर्फ पुग्ने गरेका छन् । नेपालको युवा जनशक्ति सस्तोमा श्रम बेचेर आफ्नो गुजारा गर्न विवस छन् । यस्तो हविकतका कारण नै सिर्जनशील उमेर ती देश निर्माणमा लगाइरहेका छन् । बिदेशिएका भरमा नेपाली अर्थतन्त्र चलेको छ । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई सहज बनाइरहे पनि यसको सामाजिक मूल्य अस्तब्यस्त बनाउदै लगेको छ ।
वैदेशिक रोजगारीमा जानेहरू समस्यामुक्त भने छैनन् । केहिदिन अघि मात्र दर्जनौ  मेनपावर एजेन्सीहरुले  अवैध रुपले रकम उठाइआएका विषय सार्वजनिक भएको छ । कतार र मलेशिया जस्ता देशहरुमा रोजगारको खोजीमा पुग्ने सयौ नेपालीहरु तोकिएको रकम भन्दा चर्को मूल्य तिरेर बाहिर जानु परेको खुल्न आएको छ । सरकारी निकायले त्यस्ता मेनपावर एजेन्सीहरु उपर कारवाही गर्ने सार्वजनिक रुपमा चेतावनी दिएका छन् । बैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको उडान सहितको लागत रकम भन्दा ठुलो धनराशी खर्चेर विदेश लाग्नु पर्ने सृजना भएको विदीतै छ । धेरै मेनपावर कम्पन्नीहरुले बिभागले तोकेको रकम भन्दा चर्को तवरले रकम उठाउदै आएको घटनालाई न्यूनीकरण गर्न ध्यान जानुपर्छ । यदि अवैध ढंगले कामदारबाट तोकिएको रकम भन्दा बढी रकम संकलन गर्ने काम भेटिए त्यस्ता कम्पन्नी उपर कडा कारवाही गर्न नियमकारी निकाय जवाफदेही बन्नै पर्छ ।
 बिदेश पुग्नेहरू पूर्वसर्तबमोजिम काम नपाउँदा बीचैमा कम्पनी छाडेर भाग्ने प्रवृत्ति विदेशमा देखिएको अहिलेको मूल समस्या हो । यसले एउटा काम छाडेर पनि अर्के कम्पनीमा काम पाउन असजिलो छैन, तर यसो गर्दा उनीहरूको वैधानिक हैसियत कमजोर हुन्छ । एक त श्रम सम्झौतामा नै कम्पनी छाड्न नपाउने सर्त राखिएको हुन्छ भने अर्कातर्फ कामदारको पासपोर्ट पहिलेकै कम्पनीका मालिकको हातमा हुने भएकाले बिना राहदानी काम गर्नुपर्ने भएकाले प्रहरीसँग बच्न अनेकौं तिकडम गर्नुपर्छ । यस्ता समस्या झेलेर नेपाली श्रमिकहरु विदेशमा काम गर्न बाँध्य हुनुपरेको छ ।
आज नेपाली श्रमिक विश्व बजारमा छरिएका छन् । खाडी बाहेकका देशहरुको श्रमको अवस्था सुरक्षित र आर्कषक रहेको पाईएको छ ।

0 प्रतिकृया:

Post a Comment