‘बजेट समयमै आउँछ’

काठमाडौँ, ८ जेठ÷अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले समयमै बजेट निर्माण, पूँजीगत खर्चको बृद्धि, अर्थप्रशासनको सुधार र राजश्वको लक्ष्य हाँसिल आफ्नो प्राथमिकता भएको बताएका छन् ।  सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगी आइतबार पदवहार ग्रहण गरेपछि उनले बजेट निर्माणको काम कार्यतालिका अन्तर्गत नै बनिराखेकोले समयमै बजेट ल्याउने बताए ।

पूँजीगत खर्चको वृद्धिका लागि सोमबार नै सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर अहिलेसम्म भएको प्रगतिको बारेमा समीक्षा गरेर सकेसम्म पूँजीगत खर्चको वृद्धि गर्ने बताए ।
अर्थमन्त्री पुनले ठूल–ठूला बन्द, हड्ताल र संक्रमणकालका कारण राजश्व अशुलीको लक्ष्यमा चुनौती भए पनि जसरी भए पनि असार मसान्तसम्म राजश्व असुलीको लक्ष्य हाँसिल गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले २० प्रतिशत राजश्व असुली वृद्धिको लक्ष्य चुनौतीपूर्ण भए पनि सबै उपायहरु प्रयोग गरेर भए पनि लक्ष्यभन्दा बढी राजश्व असुली गरिने बताए । उनले राजश्व असुलीको लक्ष्य पूरा गर्न सोमबार नै सबै निकायसँग छलफल गरेर कार्यक्रम गरेर अगाडि बढ्ने बताए ।

0 प्रतिकृया:

Post a Comment