चियाका सारथी बने भारती

विष्णु सुब्बा
जन्म चिया बगानमै, कर्म त्यसैमा । चियाका सारथी नै हो उनको परिचय । चिया भन्दा बाहिर उनको नाता सम्बन्ध छैन । दमकको हिमालय महालक्ष्मी टी गार्डेनका महाप्रबन्धक समेत भएका कमल भारती भन्छन् –‘मेरो घर नै चियाबगान हो ।’ ‘चियामा जन्मे हुर्के जिन्दगी नै यसमा बिताएको छु’–परिचय जान्न चाहनेहरूसँग भारतीय यसै भन्ने गर्छन् । चियाको काममा ४३ वर्ष लामो बिताएको ६३ वर्षीय भारती चिया उद्योगमा परिचय बोकेका कर्मशील अगुवा नै मानिन्छन् ।

पुख्र्यौली घर इलामको जितपुर भए पनि भारतीय परिवार पुस्तौँदेखि भारतको मिरिकका चिया बगानमा काम गरिआएका थिए । त्यसबेला स्थानीय धोतीया कलेज भ्याली टी इस्टेटमा बुबा के.एस. र पछि आफैले नै प्रबन्धक सम्हालेका थिए । करीब १८ सय हेक्टर क्षेत्रफल अवस्थित धोतीयामा पुस्तौँ भारती परिवारले काम गरेका थिए त्यसताका । अंग्रेजहरूले भारत चलाएका बखत ती क्षेत्रमा खोलिएका चिया बगानका श्रमिकहरूमाथि गरेका दुव्र्यहारका घटना ताजै छन् भारतीसँग । ‘सर्वसाधारणहरूका बगान हडप्न अंग्रेज शासकहरूले बन्दुक तेर्साएर कब्जा गरेका थिए’–२१ वर्ष ती क्षेत्रमा काम गरेका प्रसङ्ग कोट्याउँदै उनले भने–‘हाम्रा अघिल्ला पुस्ताका परिवारले गर्दै आएका चिया खेती अंग्रेजहरूले जबर्जस्त नियन्त्रणमा लिए ।’
आफ्नो परिवारले चिया उद्योगमा गरेका कामलाई नेपालमा नै लैजानुपर्छ भन्न हेतुले पारिवारिक सल्लाहरले २२ वर्ष अघि नेपाल छिरेका थिए, उनीहरू । भारतमा डेढ सय वर्ष अघि चिया भित्रिएको प्रयोगलाई नेपालका कृषकहरूले पनि विकसित गर्नुपर्छ भन्ने लाग्यो–चियामा अगुवा भारती बताउँछन् । नेपालमा चिया भित्रिएको ५० वर्ष जति पुगेको उनले जनाए ।

चियामा दक्ष जनशक्ति अभाव भइरहेको बेला २२ वर्ष अघि बिर्तामोडको गिरिबन्ध्ु टी स्टेटमा अगुवाई सम्हालेका थिए । भारतबाट सोझै गिरीबन्धुमा आएका उनले करीब २ दशक सोही बगानको प्रबन्धक भएर आफ्नो अनुभवलाई बाँडेका थिए । कामका सिलसिलामा दमकको हिमालय महालक्ष्मी बगानमा ३ वर्ष अघि आएका उनले बगान बढे पनि खपत बढाउन नसकिएको अनुभव गछ्र्रन् । ‘चियामा कृषकहरूको आकर्षण बढेको छ ।’ भारती भन्छन्–‘राज्यले चिया कृषकहरूको हितका लागि सामग्री, कच्चा पदार्थ लगायतका आवश्यकीय सेवामा राज्यले सुविधा पु¥याउनु पर्ने बताए ।
भारु १७५ रुपैयाँ मासिक पारिश्रमिकबाट रोजगारी थालेका भारतीले सम्हालेका चिया बगान अन्य बगानभन्दा राम्रो भएको दाबी उनको छ । चियाका समस्याबारे जानकार मानिनु हुने उनी कामदारको पारिश्रमिक, बाल मजदुर लगायतका समस्याबारे आफू सधैँ गम्भीर भएको तर्क राख्छन् । ‘बगानमा बालमजदुर राख्दिन’ उनले श्रमिक बालबालिका शंका लागे जन्मदर्तालाई अनिवार्य आधार बनाएको प्रष्ट्याए । २ छोराछोरी भएका भारती बगान कामदार भएका कारण आफूले अन्यत्र घर नबनाएको बताउँछन् । ‘रातदिन बगानको हेरचाहमा हुन्छु’ २४ सै घण्टा बगानमा खटिरहेका उनले भने–‘बगान चलाउन सफल नेतृत्व गरिआएको छु’ चार दशक बढी एकै पेशामा निर्भर भएका भारती गुणस्तर चिया उत्पादनमा कृषकहरूको ध्यान जानु पर्ने देख्छन् । भारती भन्छन्–‘उमेर ढल्कँदै गयो, बाँचिञ्जेल चिया मै बिताउँछु ।’

0 प्रतिकृया:

Post a Comment