जेष्ठ नागरिक सम्मानित

दमक, वैशाख १७/ नेकपा एमाले दमक–१३ नम्बर वडा कमिटीले शनिबार ८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
स्थानीय ९३ वर्षीय खडानन्द अधिकारी, ९२ वर्षीया कलमाया अधिकारी तथा जीतबहादुर श्रेष्ठ, ८८ वर्षीया इन्द्रकुमारी ओस्ती, ८४ वर्षीया दीपा शिवाकोटी, ७८ वर्षीय डम्बरुबल्लभ प्याकुरेल तथा गणेशप्रसाद न्यौपाने र ७६ वर्षीया हीरादेवी गजमेरलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पार्टीका वडा अध्यक्ष हरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई तथा जिल्ला अध्यक्ष रविन कोइरालाले जेष्ठ नागरिकहरु समाजका इतिहास भएकाले उनीहरुको सम्मान र संरक्षण आवश्यक रहेको बताए ।
जेष्ठ नागरिकहरुको सामाजिक महत्व बुझाउने तथा उनीहरुको योगदानलाई कदर गर्ने उद्देश्यले सम्मान गरिएको वडा संगठक राम प्रधानले बताए । कार्यक्रम वडा सचिव खगेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment