दमक–८ मा मोर्चाका तीन समिति

दमक, ७ साउन/लिम्बुवान मुक्ति मोर्चाको दमक–८ मा पार्टी सहितका तीन ओटा जनवर्गीय संगठनको वडा समिति गठन गरिएको छ । स्थानीय ताराबारीस्थित राठी मिलमा शनिबार सम्पन्न भेलाले लिम्बुवान मुक्ति मोर्चा, युवा परिषद् र लिम्बुवान नारी मोर्चाका वडा समिति गठन गरेको पार्टीका नगर अध्यक्ष जितेन राईले जानकारी दिए । गठित पार्टीको वडा समितिमा विकास रम्तेल अध्यक्षमा, उपाध्यक्षमा विनय राई, सचिवमा तुलसी दाहाल, सह–सचिवमा साजन राई र कोषाध्यक्षमा रोहित लिम्बू रहेका छन् । यसैगरी, युवा परिषद्मा गोपाल मगरको अध्यक्षतामा प्रवासी माझी, सरोज नेपाल, सञ्जिव राई र राजकुमार विसुङ्खे क्रमशः उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा चुनिएका छन् । त्यस्तै, दिलमाया धिमालको अध्यक्षतामा ३४ सदस्यीय लिम्बुवान नारी मोर्चा गठन गरिएको छ । समितिको उपाध्यक्षमा सरस्वती नेपाल, सचिवमा टिका खुलाल, सह–सचिवमा रेखा नेपाली र विष्णुमाया गुरुङ, कोषाध्यक्षमा चुनिएकी छिन् । पार्टीका जिल्ला सदस्य विशाल थेबेको सक्रियतामा भएको सो भेलामा पार्टी जिल्ला अध्यक्ष देउकुमार नेम्बाङ्ग, नगर अध्यक्ष राई, नगर कोषाध्यक्ष शम्भु मगर, सचिव सुमन नेम्बाङ्ग लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment