मानसिकतामा परेको खडेरी – असरल्ल

कमन देवान
बलेसी खनेर आँगन पुर्नेहरूको कमी छैन समाजमा । ‘आफ्नो हात गजन्नाथ’ सबैका लागि न मैले कसैकोे मतलव गर्नुप¥यो, न त कसैलाई मेरा बारे मतलब हुनुप¥यो । यतिबेलाको नेपाली परिवेश हो यो । नेपाल राष्ट्र र नेपाली पहिचान मेची–महाकाली र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा भारतको विहार लगायत भित्र नेपाल खोज्नलाई ग्लोब फन्का मार्नै पर्ने हुन्छ । निक्कै बेर नियाल्दा मात्र देखिने नेपालको नक्सा वास्तवमै ठिट लाग्दो आकारको छ । तर, ग्लोब देखिने निर्जिव नेपाल भन्दा सामान्य आँखाले दिनानुदिन देखिएको नेपाल अझ ठिटलाग्दो र विचरो बन्दै गएको छ । नेपाल भनेको के हो ? कुनै दिन विद्यालय स्तरका हाजिरीजवाफमा यस्तै प्रश्न सोधिन सक्छन् । तर, त्यतिबेला सही उत्तर दर्शकदिर्घाबाट समेत प्राप्त नहुन सक्छ ।
मलाई त्यस्तो लाग्छ, देश वा राष्ट्रता भनेको माटो वा भुगोलको थुप्रो र आयतन मात्रै होइन । राष्ट्र भनेको राजनीतिक परिभाषाले बुझाउने ‘क्तबतभ’ वा राज्य (जो निरंकुश हुन्छ) मात्रै होइन । राष्ट्र भनेको अनेकौँ राष्ट्रियताहरूको समान उपस्थिति, योगदान, श्रम र सहकार्य सहितको साझा मनोविज्ञान हो । नेपाल राज्यलाई सूनै सूनले भरेर वा प्रत्येक नेपाली नागरिकलाई १÷१ करोड रुपैयाँ बाँढेर समृद्धि ल्याउने कसैले प्रयत्न गरे त्यो स्थायी र सही कार्यक्रम हुन सक्दैन । कुनैदिन, यो राष्ट्र राज्यको नाम नेपाल बाहेक अरु नै रुपान्तरण गर्न परे पनि त्यो आपत्तिको विषय हुन सक्दैन । किनकि, हिजो वर्मा भनिएको मुलुक आज म्यानमार हुँदा फरक परेको छैन । अग्रणी सभ्यताको मिश्र मुलुकलाई पहिले प्राक इतिहासमा इजिप्ट भनियो, पछि मिश्र र मिश्रपछि पुनः त्यो मुलुकको नाम ‘इजिप्ट’ नै कायम भएको छ । यस्ता अपवादका विषयहरू राजनीतिक मात्रै होइनन् । प्रत्येक मुलुकका नागरिकहरूको चासो, सरोकार, सहज जीवनयापन आदि कारणले पनि प्रभावित छन् । तर, जसरी सिक्किम राष्ट्र भारतमा विलय गरियो वा तिब्बत राष्ट्र चीनमा अधिनस्त बन्यो, यी उदाहरणहरू १९ औँ शताब्दीका आखिरी तिरका घटनाहरू हुन् । जसले कुनै एक स्वतन्त्र राष्ट्र राज्यलाई नै इतिहासदेखि समाप्त ग¥यो । तथापि, यस्ता मुलुकका जनताको मनोविज्ञान आज पनि राष्ट्रताका पक्षमा छ । प्यालेस्टाइन मुलुक इजरायलले युद्धका माध्यमबाट अधिनस्त गरेको मुलुक हो । तर, आज पनि यासेर अराफत जस्ता राष्ट्रभक्त प्यालेस्टाइनीहरू आफ्नो राष्ट्र खोजिरहेका छन् । अर्थात यस्ता उदाहरणहरूले हामीलाई यो बुझ्न सहज हुन्छ कि, सर्वप्रथम राष्ट्र र राष्ट्रता भनेको नै साझा मनोविज्ञान सहितको परिचय हो । नेपाली हुनु भनेको पृथक पहिचान र मौलिक नेपालीपना हो । अरु विश्वका विकसित वा कम विकसित धनी वा अति गरीब मुलुकका नागरिकहरू भन्दा पृथक जीवनशैली, सोच र विचार भएको संस्कृति, राष्ट्रतालाई नागरिकताको कागज मात्रै सम्झने वा चुनाव जित्ने छट्टु भाषण मात्रै ठान्ने मानसिकतालाई मृत घोषणा गर्न जरुरी छ । माओले भन्नुभएको छ–‘सबै विचारहरूलाई समान फूल्न देऊ ।’ अर्थात, नेपाली राष्ट्रताका प्रतिकूल अर्थ नलाग्ने गरी जनताका सबै आकांक्षालाई पूर्ति नलाग्ने गरी जनताका सबै आकांक्षालाई पूर्ति गर्ने जिम्मा राष्ट्रको हो । ३ करोड नेपालीले सर्वसम्मत निर्णय गरेर नेपाल नरहेको घोषणा गरे भने पनि त्यसको युगौँ पछि समयसम्म हाम्रो राष्ट्रता थप मजबुद हुनसक्छ । परिवर्तनलाई वा वस्तुगत यथार्थलाई स्वीकार गर्न नसक्नु हाम्रो मानसिकतामा परेको खडेरी बाहेक अरु होइन । विश्वास गर्न नसक्नेहरू या त संकीर्ण र निरंकुश हुन्छन् अथवा राष्ट्रताका पक्षपाति होइनन् । साझा राष्ट्रता सबैको विश्वास भावना, सहकार्य, विविधतामा एकता सहितको निरन्तरता हो ।

0 प्रतिकृया:

Post a Comment