चौथो राष्ट्रपति कपको उपाधि महेन्द्ररत्न उच्च माविलाई – खेल समाचार

झापा, ६ जेठ/ झापामा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्डकप प्रतियोगिताको उपाधि महेन्द्ररत्न उच्चमावि अनारमनीले हात पारेको छ ।
शुक्रबार चन्द्रगढीस्थित मेची रङ्गशालामा भएको फाइनल खेलमा २६ अङ्क ल्याउँदै उपाधि चुमेको हो । उपाधिसँगै उसले नगद ७ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र हात पारेको छ । यसैगरी आदर्श विद्या मन्दिर उच्चमावि घैलाडुब्बाले २२ अङ्कसहित दोस्रो र दुर्गा उच्चमावि गरामनी १८ अङ्कसहित तेस्रो भएका छन् । उनीहरुले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ र  प्रमाणपत्र हात पारेका छन् ।
पदक प्राप्त गरेपछि खुसीयाली मनाउँदै बिजयी खेलाडीहरु ।

यसैगरी खेलको उत्कृष्ट खेलाडी छात्रतर्फ महेन्द्ररत्न उच्च माविका अरुण राजवंशी र छात्रातर्फ भानु मावि अर्जुनधाराकी मञ्जु बिसुङ्खे घोषित भए । भलिबलमा उत्कृष्ट खेलाडीमा छात्रतर्फ ज्ञानोदय माविका केशव ताजपुरीया र छात्रातर्फ होलीबेल बोर्डिङ्ग स्कूल धुलाबारीकी रजनी शाह घोषित भए ।
यसैगरी एथ्लेटिक्स तर्फ उत्कृष्ट विद्यालयमा छात्रतर्फ महेन्द्ररत्न उच्च मावि प्रथम, हिमालय उच्च मावि दमक र आदर्श विद्या मन्दिर उच्चमावि बराबर अङ्कका साथ द्वितीय भए । छात्रतर्फ भानु उच्चमावि प्रथम, आदर्श विद्या मन्दिर उच्चमावि र दुर्गा उच्चमावि  पनि बराबर अङ्कका साथ द्वितीय भए ।
 यसैगरी छात्रा भलिबल खेलमा हालीबेल बोर्डिङ्ग स्कूलले माउण्ड एभरेष्ट बोर्डिङ्गलाई र ज्ञानोदय माविले मुनाल एकाडेमीलाई सोझो सेटमा हराउँदै भलिबल खेलमा जिल्ला प्रथम हुन सफल भएका छन् । ३ हजार मिटर छात्रातर्फको दौडमा आदर्श विद्या मन्दिर उच्चमाविकी निर्मला थापा, ज्ञानोदय माविकी आष्मा भण्डारी र लक्ष्मी माविकी उमा भण्डारी, छात्रतर्फको ५ हजार मिटर दौडमा हिमालय उच्च माविका अनमोल आचार्य, दुर्गा उच्च माविका बादल मगर र आदर्श विद्या मन्दिर उच्चमाविका नन्दकुमार क्रमशः प्रथम द्वितीय र तृतीय भएका थिए । खेलमा बिजेता खेलाडी तथा विद्यालयहरुलाई नगद तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा भएको उक्त प्रतियोगितामा जिल्लाका १ सय १ विद्यालय सहभागी रहेका थिए । जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष राजु आचार्य अग्निको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई, उप–सचिव उद्वव बिष्ट, जिल्ला प्रहरी प्रमुख तारणीप्रसाद लम्साल, एकीकृत माओवादीका झलकसिंह दर्लामी लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment