लखनपुरकै ज्येष्ठ नागरिकको निधन

लखनपुर/ लखनपुरकै ज्येष्ठ अगुवा रंगलाल सापकोटाको शनिबार बिहान निधन भएको छ । लखनपुर-४ घर भएका १ सय ३ वर्षीय सापकोटाको उपचारका क्रममा निधन भएको हो । मृतक सापकोटाको शव शनिबार नै कन्काई नदीमा अन्त्येष्ठी गरिएको छ ।
सापकोटाका तीन छोरा नरेन्द्र हरीप्रसाद र तेजप्रसाद छन् । सापकोटा कांग्रेसका जिल्ला सदस्य तथा सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराजका हजुरबुवा हुन् । अन्त्येष्ठि कार्यक्रममा ठूलो संख्यामा आफन्तजननातेदारहरुको उपस्थिती रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment