हाइकू हाइ-जीन र पूर्वााचल

दिपक सुवेदी
१. परिचय  :
 जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो पाँच अक्षरमा समाधान रहेर लेखिने एक काव्य विधा हो ।
यसमा मानवीय सम्वेदनका हरेक पक्षको चित्रण प्रकृति तथा समसामयिकतासँग तुलना गरिएको हुन्छ । अर्थात् प्रकृति तथा समसामयिकताको प्रतीक वा विम्व चित्रणसँगै सजिस संरचनामा रही हाइ-जिनद्वारा सिर्जना गरिएको सत्र अक्षरे कविता हो । यसमा उच्च बौद्धिकता र जीवनका जटिल अनुभव यसको संरचनामा मानवीय सामान्जस्य प्रकृतिजन्य अनुभूति दार्शनिकता ः विम्वीय विधानद्वारा छोटो रुपमा अभिव्यक्ति गरिएको हुन्छ । यसका आधारभूत तत्वहरु पद्यमयता सक्षअक्षरको संरचना ऋतुबोधक शब्द प्रतीक यथार्थ चित्रण आदि रहेका हुन्छन् ।
१.१ हाइकु लेखन शैली
स्वतन्त्र लेखनमा लेखकले आधारभूत तत्वहरुलाई गौण मानेको हुन्छ । तर हाइकुको लेखनमा यसका आधारभूत तत्वहरुलाई आधार मानेर लेखक लेखकीय स्वतन्त्रतामा रहन सक्छ । हाइकु सिर्जनामा सजिएको नियम पालना गर्नु हाइ-जिनको कर्तव्य पनि हो । यसको लेखन निम्न शैलीमा रहेर गर्ने गरेको पाइन्छ ।
१.१.१ अक्षर गणना गरेर :
यस अन्तरगत हाइ-जिनले पाँच अक्षरे पहिलो हरफमा समस्या सात अक्षरे दोस्रो हरफमा जिज्ञासा र पाँच अक्षरे तेस्रो हरफमा समाधान सिर्जना गरेर हाइकु रचना गर्न सकिन्छ ।
१.१.२ अक्षर गणना गरेर
यस अन्तरगत कुनै पनि हाइकु वर्ण÷अक्षर गणनाको बन्धनमा रहन सक्दैन स्वतन्त्ररुपले बहन्छ भन्ने हो । यस अन्तरगत सिर्जना भएका रचनालाई भने हाइकु भनिदैन ।
१.२ प्रकाशित हाइकुका प्रकारहरु
हाइकु लेखन र प्रकाशनको इतिहास पूर्वााचलमा छोटो भएपनि प्रकाशित जे जति छन् हेर्दा निम्न प्रकारका हाइकु प्रकाशित पाइन्छन् ।
१.२.१ कि्रयापद प्रयोग नगरिएका :
फूलहरुमा
काँडासँगको युद्ध
गन्तव्य शान्ति ।
इन्द्र न्यौपाने
चप्लेटी ढुङ्गा
नदीको छङछङ
वैशालु मन ।
टंक आचार्य
पूर्णिमा रात
उन्माद तारा प्रेम
म पि्रया भ्रम ।
रभु जिज्ञासु
माथिका हाइकुहरुमा हाइ-जिनको कि्रयापद प्रयोग नगरि प्रत्येक हरफको छुट्टाछुट्टै अर्थ बोध पनि हुनसक्ने काव्य सरसताका कारण समग्र हरफहरु सम्बन्धित भई लेखकीय उद्देश्य विश्लेषणमा पनि सफल हुने गरी हाइकु लेखेको पाइन्छ ।
१.२.२ कि्रयापद प्रयोग गरिएका :
औंशी दिमाग
लेऊ चिप्लियो
र जून रोयो ।
धनकुटे कान्छा
अँध्यारो रात
बाटो सिउँदै हिँड्छ
रेशमकीरा ।
मायामितु न्यौपाने
साउने झिर
सपना बगाउँदै
लाहुर लाग्यो ।
विवश वलिभद्र कोइराला
यसरी हाइकुको कुनै हरफमा कुनै स्थानमा कि्रयापद प्रयोग गरेर पनि हाइकु सिर्जना गर्ने गरिएको पाइन्छ । तर सबै कि्रयापदीय हाइकुहरु हाइकुनै हुन्छन् भन्ने चाहीँ हुदैन ।
१.२.३ अनुप्रास प्रयोग गरिएका
बल्दछ जून
जल्दछ मरुभूिम
छल्दछ आँखा ।
दीपक सुवेदी
आफैले बोल
मझेरीको बहिनी
पस्यौटो खोल ।
मिश्र वैजयन्ती
औँसीको रात
अन्धाहरुको जात
भोकाको भात ।
स्वागत नेपाल
माथिका हाइकुहरुमा प्रत्येक हरफका शुरु वा अन्त्यमा प्रयोग गरिएका शब्दहरु बल्दछ जल्दछ छल्दछ बोल खोल रात जात भातले कही आंशिक त कतै पूर्ण रुपमा अनुप्रास मिलाएर हाइ जिनहरुले हाइकु लेख्ने गरेको पाइन्छ ।
निष्कर्ष :
छोटो तथा सानो स्वरुपले विभिन्न सुक्ष्म वस्तुको अभिव्यक्ति गर्ने हाइकुमा सैद्धान्तिक चेतना तथा परिपक्व प्रभाव धेरै देखिदैन । नेपाली हाइकु लेखन परम्परा धेरै लामो नभए पनि यसमा कलम चलाउने हाइ-जिनको संख्या बढ्दो छ । पूर्वााचलबाट हालसम्म इरान राई सेवकका ज्यँूदो लाश २०५७ संकटकाल २०६२ र दही च्यूरे २०६६ धनकुटे कान्छाको आमा अक्षरहरु र देश २०६२ मिश्र वैजयन्तीको संवेदनाका नागवेलीहरु २०६२ तिला लेकालीको पर्खाल भित्र २०६६ एकल संग्रहका रुपमा प्रकाशित छन् भने इश्वरी लामिछानेको हाइकु काव्य भनिएको संभवत नेपालकै पहिलो अमुक्त आकाश २०६३ काव्य प्रकाशित छ । समसामयिक संकलनका रुपमा दीपक सुवेदीद्वारा सम्पादित विहानी हाइकु संग्रह २०६१ र गौरा-वाणी हाइकु बिशेषाङ्कक २०६१ का रुपमा प्रकाशित रहेका छन् । संस्थागत विकासका लागि पूर्वााचलबाट वोनसाई हाइकु प्रतिष्ठान र हाइकु प्रधान छेस्का २०६१ पत्रिका विहानी साहित्य समाज र विहानी हाइकु विशेषाङ्क २०६१ गौरादह सामुदायिक पुस्तकालय र गौरा वाणी हाइकु विशेषाङ्क २०६१ को योगदान पनि प्रशंसनीय नै देखिन्छ ।
यसै गरी शास्त्रीयतासँगै समसामयिकताका हाइकु सिर्जनामा सिर्जनारत मिश्र वैजयन्ती वेणु आचार्य धनकुटे कान्छा केशव आचार्य गोविन्द विकल इरान राई अभागी थेगुवा सगुन सुसारा राजमाङ्लाक रभु जिज्ञासु मनोज न्यौपान मिन कु।नवोदित सीमा आभास खगेन्द्र न्यौपाने प्रकाश आङदम्वे दीपक सुवेदी मायामितु न्यौपाने भुपेन्द्र ति_िम्सना लोकेन्द्र बन्जरा डिकेश लामा अलका अधिकारी शिव प्रणत बालकृष्ण चेम्जोङ्ग अग्निप्रसाद कोइराला पार्वता पोमु सीता कटुवाल वीभा निरौला अच्युत घिमिरे टंक आचार्य नवीन झोडाली विजय क्षेत्री ओमविक्रम नेम्वाङ सुमी मेयाङ्मो कृष्ण घिमिरे नेम्वाङ्ग लुङ्गा भेषराज न्यौपाने अनिलदेव राई कुमार राई केशव लुइँटेल तिला लेकाली चन्द्र अधिकारी विवश वलिभद्र कोइराला गोपाल चापागाई दीलिप घिमिरे डण्डिराज घिमिरे डम्बर घिमिरे केशव लुइटेल केशव भट्टराई हरि अधिकारी यमन सुवेदी वन मान्छे ओमप्रकाश गौतम आदि छापाहरुमा भेटिन्छन् ।
हाइकु लेखन÷प्रकाशन सम्भावनाका खोज र अनुसन्धानमा संस्थागत विकास नहुनु भएपनि आंशिक रुपमा हल्लै हल्लाका शहर केन्द्रित मात्र हुनु दुर्भाग्य रहेको देखिन्छ । अब अन्य सिर्जना विधामा जस्तै यसको रचनामा पनि सम्भावनाका चिरागहरु भएकाले यसको विस्तार शीर्षकीकरण र काव्य सिर्जनामा आधारभूत सिद्धान्त तथा शास्त्रीय नियममा रहने या नरहने वहस भइरहेकै छ अमु हनु पनि अपरिहार्य भइसकेको छ ।

0 प्रतिकृया:

Post a Comment