कांग्रेस जातीय संघीयताको समर्थन गर्दैन - बाटैमा

गुरुराज घिमिरे नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति हुन् । महेन्द्र मोरङ क्याम्पस विराटनगरका पूर्व स्ववियु सभापति समेत भइसकेका घिमिरे कांग्रेसका युवा नेताका रुपमा समेत परिचित छन् । प्रस्तुत छ उनीसँग बाटैमा गरिएको समसामयिक कुराकानी :
 के को सिलसिलामा झापा आउनु भएको हो ?
म पटक-पटक झापा आउने गरेकै हुँ । औपचारिक अनौपचारिक कार्यक्रममा पटक-पटक आउने गरेको छु । यस पटक भने पार्टी प्रशिक्षण कार्यक्रमको सिलसिलामा आएको हुँँ ।
कांग्रेसमा कार्यकर्तालाई प्रशिक्षणका कुरा विरलै हुन्छन् यसपटकको प्रशिक्षण विशेष के का लागि हो ?
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनले युवा पुस्तालाई स्थानीय देखि केन्द्र सम्म नै उल्लेख्य मात्रामा पुर् याएको छ । प्रशिक्षणले कार्यकर्ताहरुलाई ऊर्जाको रक्तसाचार गराउँदछ । जुनसुकै पार्टीको होस् । आन्तरिक रुपमा प्रशिक्षणले पार्टीको सिद्धान्त उद्देश्य लक्ष्य र कार्यकर्ताहरुको भूमिकाको विषयमा ज्ञात गराउने गर्दछ जिम्मेवारी अनुसारको भूमिका निर्वाह गराउँछ विषयवस्तुमा विज्ञ बनाउँछ । विशेष गरीकन जुनसुकै पार्टीका आन्तरिक प्रशिक्षणहरुले यिनै कुरामा महत्व राख्दछन् । र हाम्रो नेपाली कांग्रेसको अहिलेको प्रशिक्षणले पनि कार्यकर्ताहरुमा नयाँ उत्साह र जाँगर थपेको महसुस हामीले गरिरहेका छौँ ।

नेपाली कांग्रेस अझै पुरानै शैलीमा छ भन्ने आरोप छ नि युवा पुस्तालाई जिम्मेवारी दिइँदैन भन्ने आरोप पनि छ यहाँलाई कस्तो लाग्छ ?
पार्टी नेतृत्वले चाहेर वा नचाहेर हो युवा पुस्तालाई सम्बोधन गर्न नसकिरहेको साँचो हो । तर समयको चापले आफै युवा पुस्ता पार्टीमा आफै पनि स्थापित हुदैँ गएको अवस्था छ । पार्टी नेतृत्वमा अहिले पनि युवाको उपस्थिति उत्साह जनक मान्नु पर्छ । यो मात्रा समयसँगै अझै बढेर जान्छ । यो हामीले देखिरहेकै छौँ ।
अहिले देशको अवस्था कतातिर मोडिँदैछ ?
अहिले देशका हरेक गतिविधिमा युवाको सहभागिता उत्साहप्रद छैन । राजनीतिक रुपमा युवा शक्ति जुनरुपले सकि्रय हुनुपर्ने हो त्यस्तो पाइँदैन । यसको मुख्य कारण माओवादी नै हो । माओवादीको व्यवहारले समस्या ल्याइरहेको छ । ऊ १२ बुँदे समझदारी देखि अहिलेसम्मका सबै सहमतिर र सम्झौताहरुको कार्यान्वयनमा इमान्दार छैन । उसको धोकाधारी कपटपूर्ण व्यवहारले आफ्नै मात्रै अधिपत्य जमाउने कुचेष्टाले मुलुकलाई अँध्यारो गतितर्पु दोहोर् याइरहेको छ । माओवादी इमान्दार भइदिएको भए यो अवस्था आउँथेन । युवाहरुमा उत्साह जाग्ने थियो । माओवादीको चिन्तन अनुसार संविधान बनाउने उसको चाहना रहेको देखिन्छ । माओवादीले यो बिस्रन हुँदैन कि उसले विद्रोह गरेता पनि विद्रोह जितेर आएको होइन माओवादी सम्झौतामा आएको हो । उसले आफ्नो सशस्त्र युद्ध कालमा गरेको व्यवहार शैलीलाई उसको पार्टी नीतिलाई संविधानमा उतार्न खोजिरहेको छ । समस्या त्यहीँबाट बढी गाँजिएको छ ।
नयाँ संविधानको प्रसङ्ग उठ्यो राज्य पुनस्रंरचनामा नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट छैन भन्छन् नि ?
संघीयताको मुद्दा २०६२÷६३ को जनआन्दोलनमा उठेको होइन । यो मधेस आन्दोलनले ल्याएको हो । कांग्रेसले गोपालमान श्रेष्ठको नेतृत्वमा एउटा खाका पनि ल्यायो त्यसपछि अर्को खाका पनि कांग्रेस भित्रबाटै आयो । विवाद टुङ्गिएन । यो दुःखद विषय नै हो । यद्यपि विलम्ब नगरी शासकीय स्वरुप र संघीयता जो नयाँ संविधानका मूलभूत विषय हुन् । यिनीहरुको निचोडमा पुग्नु जरुरी छ । एउटा कुरा के स्पष्ट हो भने कांग्रेस जातिय संघीयताको समर्थन गर्दैन । विभिन्न जातजातिका धर्म संस्कृतिहरुको संरक्षण गर्दै राष्ट्रिय अखण्डतामा आँच नआउने गरी उत्थान र विकासका लागि पूर्ण अधिकारको ग्यारेण्टी गरिनुपर्छ । शिक्षा स्वास्थ्य र रोजगार मौलिक अधिकार भन्ने त नयाँ संविधानमा उल्लेख भएर नै आउनेछ ।
भातृ संगठन त्यसमा पनि नेविसंघको आन्तरिक विवाद जहिले चर्को रुपमा उठ्छ नि ?
यो दुःख लाग्दो कुरा हो । नेविसंघले जहिले पनि पार्टीमा नयाँ पुस्ताको प्रवेश गराउँछ । अहिलेको अवस्था नयाँ पुस्ताले कांग्रेसलाई पिठ फर्काएर बसको अवस्था छ । यो दुःख लाग्दो हो । यसलाई पार्टीले दीर्घकालीन समाधान गर्नुपर्छ । पार्टीले तुरुन्त भातृ सगठनहरुलाई पूर्णता दिएर महाधिवेशनको निश्चित गराउनुपर्छ । संगठनलाई ऊर्जा दिन पार्टी त्यो दिशामा लाग्नु पर्छ ।
प्रस्तुति : विष्णु पौडेल

0 प्रतिकृया:

Post a Comment