दमकदेखि काठमाण्डौ-काठमाण्डौदेखि दमकसम्म - यात्रा स्मरण

सुमित्रा वाङ्देल चेली
क्रमागत…
"सहयात्री साथी बबिता जीले पक्कै केही हराउनु भएको थियो " भन्ने प्रश्न राख्नु भएता पनि केही होइन त्यस्तो पछि यात्रा स्मरण पढ्नुहोला नी त्यहाँ लेख्नेछु भन्ने जवाफ दिए । नौबिसेमा खाजा खाएर चितवनमा खाना खाने भन्ने कुरा आएता पनि हामीले मलेखुमा खाना खाने नास्ता नखाई जाऔँ भन्ने कुरामा जोड दियौँ । तसर्थ मलेखुमा झापाली भोजनालयमा खाना खाने निर्णय गरी मलेखुमा बस बिसाइयो । खाना खाने समय टर्न लागेकाले होटलमा खाना रहेनछ हतार-हतार खाना पकाइयो । खाना पाकुाजेल यसो सलाद खाँदै समय काटियो । धेरै चर्चा सुनेको ूमलेखुको माछाू आज चाख्ने मौका मिल्यो । प्रत्येक दोकानमा अगाडि चुल्होमा आगो बलेको छ । चुल्होमा खाना पकाइन्छ र पस्केर दिइन्छ । अरु होटलमा भित्र वा पछाडिपट्टि चुल्हो हुन्छ । होटलहरुको अनुगमन अभयिान टि।भी। बाट देख्दा होटलमा खाना खान अमन हुन्छ । तर यसरी आँखा सामु पकाएर पस्केको खाना राम्रो हुन्छ । त्यसैले मध्यान्हको भोको पेट मलेखुको स्वादिलो माछासँग भरपेट खाइयो ।
हुन त कुरा मलेखुको माछा त्रिशुली नदीको होइन सबै बाहिरबाट आयात गरिएका तथापि त्रिशुलीको मानेर खाँदा मिठो स्वादिलो लाग्दो रहेछ । खाना खाइवरी लागियो बाटो हामीलाई चितवनको बालकुमारी कलेज पुगेर त्यहाँको केही कुरा बुझ्नुथियो । अवलोकन गर्नु थियो । त्रिशुली नदीका किनारै-किनार बस कुदिरह्यो । हामी झ्यालभरीको संसार नियाल्दै हिँड्यौ । बारीपारी अजङ्गको पहाड बीच-बीचमा केही पातला झुप्राहरु भिरालो जमिनमा खोरिया फाडेर खेती गर्ने प्रचलन वारीपट्टि झिलीमिली यातायातको साधन नदी पारी भिरालो पाखोमा सकसले टासिएका झुप्रा घरको दारुण तस्वीर तुइन चढेर जोखिमपूर्ण यात्रा गरिरहेका विद्यार्थीहरु कतै भारी बाकेर तुइन तर्न लागेका मानिसहरु देख्दा राधिका गुरुमा भन्नुहुन्थ्यो ूसुमित्रा जी विराटनगरबाट प्लेन चढे पछि केही बेर मै पहाड शुरु हुन्छ र पहाडै पहाडमा अन्त्य हुन्छ । तराई भू-भाग त १७% मात्रै हो । नेपालको विकासको बाधक भौगोलिक बनावट पनि हो । हेर्नुस त ! एकपहाड पछि अर्को पहाड पत्रै पत्र उभिएको छ । झ्यालबाट तन्किएर हेर्दा घाम जत्ति कै उर् यो देखिन्छन् पहाडहरु ता पनि मानव वस्तीको झल्को देखिन्छ मसिना धागाजस्ता गोरेटोहरु खोरिया फाँडेर खेती लाएको पाखो वारी कोलाको बोटहरु म मनमनमा गम्थे आहा ! मेरो इलाम कति राम्रो छ न त्यहाँ अक्करिला अजङ्गका पहाडहरु छन् न सुख्खा रुखा जमिनहरु अनि तत्कालै सोद्धथे गुरुमा इलाम पुग्नुभएको छ वहाँ भन्नहुन्थ्यो ूकति राम्रो छ । रसिलो छ इलाम । पानीको प्रचुरता छ ।ू हुन त आफू जन्मेको भूमि आफ्नो जननी कसलाई राम्रो नलाग्ला तीनधार्नीको गाउँ झुण्डेको भए पनि आफ्नै आमा राम्री भन्ने उखानै छ । वास्तवमा हो पनि त्यहाँका मान्छेहरुलाई सोध्यो भने त्यो रुकरुकाउँदो भीर पहरा पाखो नै राम्रो भन्लान् । यस्तै कुराहरु गर्दै वातचित मार्दै रमिता हेर्दै ३ः३५ मा पुगियो चितवनको बालकुमारी क्याम्पस क्याम्पसको आडैमा बस बिसाएर हाम्रो टोली छिर् यौँ बालकुमारीको गेट भित्र र भित्र प्रांगणमा गएर उभियो । क्याम्पस प्रमुखसँग सबैले आफ्नो परिचय दियौँ । अन्य सरहरु पनि आउनुभयो । क्याम्पस चीफले आउनुहोस् अफिसमा बसौँ भन्दै हिड्नु भो । २४ जना सरहरु उता लाग्नु भो । अरु सरहरु आएर हिँडौ अवलोकन गरौँ भन्दै अघि लाग्नु भो । गुरुमाहरु विषयसँग सम्बन्धित जानकारीका लागि एकातिर लाग्नुभो । हामी आठ दश जना पुस्तकालय द्यजः सम्बन्धि क्लास अवलोकन गर्न माथितिर चढ्यौँ । दमक बहुमुखी क्याम्पस भन्दा सानो ठाउँ तर व्यवस्थित रुपमा बनाइएका भव्य भवनहरु लाइब्रेरी साह्रै व्यवस्थित रहेछ । लाइब्रेरियन महिला कर्मचारीले देखाउनु भयो । प्रवेशकक्ष मै एउटा कम्प्युटर जडान गरिएको रहेछ । आफूलाई चाहेको सामग्री कम्प्युटर मार्फत पत्ता लगाउन सकिने रहेछ । सफा शान्त वातावरण अध्ययन कक्ष उज्यालो व्यवस्थित रहेछ । पुस्तकालय अध्ययन कक्षमा प्रशस्त प्रकाशका लागि पर्खालको धेरै भाग सिसा प्रयोग गरिएको रहेछ । चढ्ने र झर्ने सिढीँ दुईतर्पु बेग्ला बेग्लै भएको कारणले घुँइचो हुने सम्भावना नै रहनेछ । माथिल्लो तलामा द्यजः सम्बन्धी सम्पूर्ण सामग्री र संरचना तयार पारिएको रहेछ । झट्ट पस्दा एउटा छ क्तबच ज्यतभि मा पसे जस्तै भान हुने होटलको अग्रभागमा जसरी काउन्टर हुन्छ भित्तामा विभिन्न रङ्गी बिरङ्गी पेय पदार्थ हुन्छन् । चट्ट मिलेका कुसर्ी टेबल सर्भ गर्ने ठाउँ आदि इत्यादि अझ माथिल्लो तलामा बेड बिस्तारा क्गष्त चययु अर्को कोठामा केक बनाउने सामग्रीहरु क्लासहरुमा लहरै कुसर्ीहरु भित्तामा ठूला-ठूला ऐनाहरु अगाडि प्रस्तुती गर्दा पछाडि पनि देख्न सकियोस भन्ने हेयले ऐनाहरु जडान गरिएका हुन् रे । शिक्षकहरुका ँचभकक च्ययु द्यजः का क्तगमभलत का ऋजबलनष्लन चययु आदि इत्यादिि हेर्दै भवनहरु अवलोकन गरियो । भवनहरु निर्माण गर्दा अत्यन्तै वैज्ञानिक ढङ्गले निर्माण गरिएको रहेछ । सानो ठाउँमा दुई तिरको भवनलाई जोड्ने ठूलो फराकिलो पुलको निर्माण गरिएको रहेछ । चार बज्नै लागेकाले विद्यार्थीहरु निस्कने हुँदा सबै सरहरुसँग परिचय हुन अप्ठ्यारै थियो । समूहका साथीहरु कोही कता तिर कोही कतातिर पल्लो भवन गइएन । लेखा समितिको संयोजक तिर्थ दाईले क्यान्टिनमा हेर्न जाऔँ भन्नु भो । बबिता जी म र एकजना भाई त्यता लाग्यौँ । दाईले चिया र िसंगडा मगाउनु भएछ । क्यान्टिन साह्रै अव्यवस्थित रहेछ । लामो टहरा झ्याल नभएको भुइँमा बिछ्याएको मार्वल पनि कतै उप्किएको कुसी टेवल पुराना खस्ताहाल िसंगडा र चिया आयो । चिसो िसंगडा खान सकिएन साथीलाई दिए नाममात्रको चिया बलैले घुट्क्याए । २४ मान्छेहरु टेबलमा चिया पिउँदै गरेका अनुमान गरे सरहरु हुनुपर्छ । अलि पर टेबलमा दुई जना मान्छे निक्कै साहित्यबारे गफ गरिरहेका मनले मानेन नजिकै गएर परिचय गरे । हाँ कवि श्यामबहादुर भावुक भरतपुर क्यान्सर हस्पिटलका कर्मचारी हुनुहुँदो रहेछ । मैले आफ्नो परिचय दिए पश्चात महिला साहित्यकार बारे किताब लेख्दै गरेको झापाका २ जना महिला साहित्यकारको लेखिसकेको नाम पनि बताउनु भएको थियो । मेरो जानकारीमा नभएको दुईजना महिला साहित्यकारको नाम जे होस् यहाँ त कापी कलम निकालेर मेरो सातपुस्ते पो टिप्न थाल्नु भयो । वास्तवमा वहाँ साहित्यकार गोविन्दराज विनोदीलाई त्यही क्याम्पसका प्रोफेसर लाई भेट्न आउनुभएको रहेछ । वहाँ क्लासमा हुनुभएकोले क्यान्टिनमा साथीसँग बात मार्दै पर्खिरहनु भएको रहेछ । साथीहरुले बोलाउन थाल्नु भएकोले म फोन नं। मागेर बस तर्पु दौडिए जे होस् एक जना साहित्यकार भेट्दा मन प्रफुल्लित भयो तर अफशोच पनि लाग्यो कि क्याम्पसका बारेमा त्यहाँका क्याम्पस चिफको के कस्तो अभिव्यक्ति रह्यो त्यो कुरो छुट्यो । भूतपूर्व क्याम्पस चिफ हरी प्रसाद जयसवाल सरले सोध्नु पनि भो मेडम पर अफिसमा किन आउनुभएन मैले भने सर आउँदै थिए एकजना स्थानीय कविसँग भेट भयो र त्यतै भूलिए ।ू वहाँले हाँस्दै भन्नु भो ूए कविलाई कवि भेटे पछि के नै चाहियो र ूम नमुस्कुराई रहन सकिन । वास्तवमा हो पनि साहित्यकार कविहरुको स्वभाव विचित्रको हुन्छ । अक्षरको सम्बन्ध यस्तो हुन्छ कि चाहे पूर्वका हुन् वा पश्चिमका उत्तरका हुन वा दक्षिणका एउटै परिवारको सदस्य झै महसुस हुन्छ । 
क्रमश अर्को साता…।

0 प्रतिकृया:

Post a Comment