व्यवासायिक रणनीतिको बदलिँदो स्वरुप - पहिलो लेख

रिसब गौतम
व्यवसाय चाहे सानो होस् अथवा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा फैलिएको बहुराष्ट्रिय कम्पनी आजको विश्वमा लिÔत उद्देश्य हासिल गर्नका लागि वस्तु समय प्रतिस्पर्धी उपभोक्ताका आवश्यकतालाई ध्यानमा राखेर रण्ँनीतिक ढङ्गले अगाडि बढ्नुपर्ने हुन्छ । विश्वव्यापीकरण्ँ र बहुराष्ट्रिय कम्पनीहरुको संसारभर सघन बिस्तारले आज व्यावसायिक चुनौतीहरु थपिँदै गएका छन् । यसर्थ नेपाली व्यवसायीहरुले विश्व अर्थव्यवस्थामा चुनौतीका रुपमा उदाएका अनगिन्ती परिवर्तनहरुलाई बेलैमा ध्यान पुर् याएर रण्ँनीतिक ढङ्गले बजारमा प्रवेश गर्नुपर्ने आवश्यकता खड्किएको छ ।
प्रतिस्पर्धात्मक बजारमा आफूले के गर्दैछु भन्ने अरुलाई सधैं चासो हुन्छ । बजारमा जानुअघि आफ्ना योजना प्रतिस्पर्धीले थाहा पाए त्यसबखत पछि हट्नुको विकल्प हुन्न । यदि त्यसो गर्न नसकिए ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति आउन सक्छ । खुला बजारका नाममा अस्वस्थ प्रतिस्पर्धा चुलिएको वर्तमानमा त्यसबाट बच्नका लागि रण्ँनीति निर्माण्ँ र कार्यान्वयनको सचेत प्रयत्न अपनाउनैपर्छ । खुला अर्थतन्त्रको आधार भनेको उद्यमशीलता व्यावसायिकता र सृजनशीलता हो । तर नेपालमा खुला बजारको नाममा अनगिन्ती विकृति मौलाँउदै गएका छन् । अहिले नेपाली बजारमा ुकर्पोरेट जासुसुको विकृति मौलाउनु त्यसैको बलियो उदाहरण्ँ हो । अहिले अन्य मुलुक´ैं नेपालमा पनि ुइन्टरनेट ह्यासिसु गुप्त सूचना चोरी शुरु भइसकेको छ । जस्तो अहिले मिडियाकै कुरा गर्ने हो भने पनि कतिपय मिडिया हाउसमा कार्यरत प्रभावशाली तथा पकडवालाहरुलाई राम्रो सुविधा दिएर अर्काले लाने वा ऊ मार्फत कमजोरी पत्ता लगाउने प्रवृत्ति कायम छ । त्यस्ता कर्मचारीको बहिर्गमनसँगै ग्राहक र बजारसमेत गुमेको हुन्छ । त्यस्तै सरकारी कार्यालयहरुको कुरा गर्दा पनि नेपालका कतिपय व्यावसायिक घरानाले सरकारी कार्यालयका कर्मचारीमार्फत प्रतिस्पर्धीको गुप्त सूचना सङ्कलन गर्दै आएका सुन्न थालिएको छ । त्यसबाट प्रतिस्पर्धी कम्पनीका भावी रण्ँनीति र Ôमता आँकलन गर्दै आएका छन् । बाह्य मुलुकको सन्दर्भमा छिमेकी भारतमा समेत व्यावसायिक दौडमा टिकिरहन विरोधी कम्पनी र ऊसँग सम्बद्ध संस्थाका कर्मचारीलाई प्रभावमा पारी सूचना चुहाउँछन् । यसले के स्पष्ट गर्छ भने अहिले विश्वमै प्रतिस्पर्धा यति धेरै चुलिएको छ साधारण्ँ काम गर्न पनि असाधारण्ँ संघÈ्र गर्नुपर्ने भएको छ जुन नेपालको आन्तरिक वातावरण्ँको मात्रै प्रभाव नभएर अन्तर्राष्ट्रिय स्तरमा चुलिएको प्रतिस्पर्धाकै प्रमुख देन हो ।
खासगरी व्यवसाय साचालन गर्ने क्रममा आउने विभिन्न कि्रयाकलापको समुचित योजना नीति कार्ययोजना तथा कार्यक्रमको कुशल या भनौं जुक्तियुक्त उपयोग नै व्यावसायिक रण्ँनीति हो । व्यावसायिक रण्ँनीतिलाई दीर्घकालीन योजना अथवा नीति वा युद्धकौशलता भनेर अथ्र्याउने गरिन्छ । जसको अर्थ भनेको अहिलेको अवस्थामा संगठनात्मक सफलताका लागि सीधा अथवा अल्पकालीन हिसाबले कि्रयाकलाप गरेर मात्र पुग्दैन लामो समयका लागि बजार वस्तु साधन बाँडफाँड कामदारको प्रयोग वस्तु विकास तथा वितरण्ँजस्ता कि्रयाकलापलाई वातावरण्ँीय परिवर्तनअनुरुप अगाडि बढाउनु आवश्यक हुन्छ । व्यवसायको सबलता तथा दुर्बलता पहिचान गरी बजारमा दीर्घकालसम्म टिकिरहन र अधिकतम कुशलताका लागि प्रतिस्पर्धात्मक लाभ आर्जन गर्न बनाइने जुक्ति नै रण्ँनीति हो । अहिलेको २१ आंै शताब्दीको सन्दर्भमा रण्ँनीति अनिवार्य नै भइसकेको छ तर नेपालमा भने कुशल रण्ँनीति अख्तियार गरेर अगाडि बढ्ने चलन खासै चल्न सकेको देखिँदैन । रण्ँनीति पनि विश्वव्यापी व्यावसायिक वातावरण्ँलाई मध्यनजर गर्दै निर्माण्ँ गर्नुपर्ने हुन्छ जुन ´नै गहन िवÈय त हुने नै भयो ।
नेपालमा केही व्यावसायिक प्रतिष्ठानले रण्ँनीतिक व्यवस्थापनलाई अनसरण्ँ नगरेका भने होइनन् तर त्यो कुरा सांगठनिक अथवा ुकर्पोरेटु हुन सकेको छैन । नेपालका उद्यमी-व्यवसायीले निर्यात व्यापारलाई प्रवद्र्धन गर्न विश्वसामु चर्चामा रहेको सगरमाथा लुम्बिनीजस्ता स्थलहरुको परिचय ´ल्कने हिसाबले उत्पादित वस्तु तथा सेवाको विज्ञापन गरेर अगाडि बढ्ने रण्ँनीति अख्तियार गर्न सक्छन् । अन्तर्राष्ट्रिय बजारका लागि मात्र नभई घरेलु बजारमा समेत प्रतिस्पर्धीहरुद्वारा उत्पादित वस्तु तथा सेवाभन्दा आफ्ना वस्तुको बजार हिस्सा कब्जा गर्ने रण्ँनीति निर्माण्ँ गरेर अगाडि बढ्न सक्छन् । त्यसका निम्ति ग्राहकका चाहना राष्ट्रिय अन्तर्राष्ट्रिय वातावरण्ँ प्रतिस्पर्धीको सबलता तथा दुर्बलतालगायतका यावत् पÔहरुको सुक्ष्म अध्ययन-अनुसन्धान गरेर अरुलाई जित्ने किसिमले रण्ँनीति अख्तियार गर्न सकिन्छ । जस्तो चीनमा सन् १९७० को दशकबाट देङ स्याओ पिङले आर्थिक विकासको प्रारम्भ गरे । त्यसयता चीनले निकै ठूलो प्रगति गरिसकेको छ । विश्वमा सबैभन्दा बढी बहुराष्ट्रिय कम्पनीहरु हाल चीनमै छन् । विश्वका जुन कुनै कुनामा चीनले विकास गरेका सामानहरु प्रयोगमा आइरहेका छन् । पछिल्लो समय विश्वका विकासोन्मुख १ सयभन्दा बढी प्रमुख जलविद्युत् परियोजनामा चीनका ३७ वित्तीय तथा व्यापारिक संस्थाहरु संलग्न छन् । ती कम्पनी निकै विशाल आकारका छन् । त्यसको ज्वलन्त उदाहरण्ँका रुपमा ुसिनो हाइड्रोपावरु कम्पनीलाई लिन सकिन्छ जुन संसारकै सबैभन्दा ठूलो जलविद्युत् कम्पनी हो र यसले विश्वभर ५९ शाखा विस्तार गरिसकेको छ । हाल नेपालमै पनि सिनो हाइड्रोपावरले लगानी अघि बढाइरहेको छ । विश्वभर जलविद्युत् र बाँध निर्माण्ँका लागि चीनले गरेको इन्जिनियरिङ कौशलता प्रदर्शनको रण्ँनीतिक उद्देश्य नाफा कमाउने र कूटनीतिक प्रभावको विस्तार गर्ने देखिन्छ । यसलाई चीनको मजबुत रण्ँनीतिका रुपमा अवश्य लिन सकिन्छ ।
यो प्रगति वास्तवमा चीनको रण्ँनीतिक कौशलताका कारण्ँ नै भएको हो । चीनले नेपालको बजारका लागि पठाउने सामान बनाउँदा समेत यहाँका जनताको आर्थिक हैसियतलाई तथा समग्र बजारतत्वलाई ध्यान गर्दै आएको छ । त्यस्तै अमेरिका तथा युरोपजस्ता धनाढ्य मुलुकहरुका लागि तिनका सबै पÔको अध्ययन गरेर उपयुक्त हुने गरी वस्तु विकास गर्ने रण्ँनीति अख्तियार गर्दै आएको छ जसले गर्दा चीन विकास र सम्पन्नताको दृष्टिले विश्वमा दोस्रो स्थानमा आउन सफल भएको देखिन्छ । यस्ता कैयांै ठूला तथा दीर्घकालीन महत्वका आयोजनाहरु चीनमा क्रमिक विकास भइरहेका देखिन्छन् । चीनले पछिल्लो समय महाशक्ति राष्ट्र भनिने अमेरिकाको लोकपि्रय न्युयोर्क शहरजस्तो १० ओटा सहर सन् २०२५ सम्म तयार गर्ने लक्ष्य लिएको छ ।
तर छिमेकी नेपालको हालत भने ´नै दयनीय बन्दै गएको स्थिति छ । नेपालमा रण्ँनीतिक विकासका ठूला आयोजनाको सघन विस्तार त कुरै नगरांै लामो समयदेखि चर्चामा रहेका आधारभुत आवश्यकताका आयोजना निर्माण्ँ कार्यसमेत हुन सकिरहेको छैन । मेलम्ची खानेपानी चर्चामा रहेका विभिन्न जलविद्युत् परियोजना काठमाडौं-निजगढ फास्टट्र््रयाक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठूला रण्ँनीतिक महत्वका आयोजना चर्चामा हुदाँहुदै पनि सफल निर्माण्ँ हुन सकिरहेको छैन । यसर्थ घरेलु तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसायको विस्तार तथा सफलताका लागि चीनको ´ैं नेपालले पनि रण्ँनीति व्यवस्थापनलाई ध्यान दिनु जरुरी हुन्छ । यसका लागि सरकारी तवरबाटै विशेÈ ध्यान आकिÈ्रत हुनुपर्ने पनि उत्तिकै आवश्यकता छ । विकासका रण्ँनीतिक पाइलाहरु अघि नबढाइँदासम्म देशको मुहार फेरिन असम्भव छ । दिÔण्ँ एसियाका सबैजसो मुलुक आर्थिक समृद्धिको दृष्टिले निरन्तर उकालो चढिरहँदा नेपालको स्थिति ठीक त्यसको विपरीत निरन्तर ओरालो लागिरहेको अवस्थामा अब पनि विकास निर्माण्ँको कार्यलाई रण्ँनीतिक ढङ्गले अगाडि नबढाइने हो भने नेपालको सुदूर भविष्य अनिश्चित छ ।

0 प्रतिकृया:

Post a Comment