नेपाली बोल्न नरुचाउने एनआरएनको दोस्रो पुस्ता - दोस्रो लेख

सानु घिमिरे
घरभित्र पस्दापस्दै गेटनेरै उसँग भेट भयो । हातमा रेशमी डाइनोसर खेलौना लिएर उ फुरुक्क उपि्रुँदै हिडिरहेको थियो । आमाको हात समातेर हिडिरहेको करीब ३ वर्ष जतिको फुच्चेले पुलुक्क पुलुक्क मतिर हेरेपछि म मुसुक्क हाँसे । उसको भन्दा पनि उसकी आमाको रुप रंगले नेपाली भएको लख काट्न मलाई कुनै गाह्रो परेन ।
ूबाबुको नाम के हो ू लिफ्टमा पसेपछि मैले सोधें ।
आमा चािहंले हतार-हतार भनिन् ूबाबुले नेपाली बुझ्दैनुइंग्लिसु मा सोध न ।ू
ूकिन नेपाली बोल्न सिकाउनु भा छैन ू फुच्चेतिर आकृष्ट भएको मेरो ध्यान आमाको वाक्यले मोडियो ।
ूअब अस्ट्रेलियामा के को नेपाली अंग्रेजको देशमा अंग्रेजी जाने भइ हाल्यो नी † ू उनले उत्तर दिईन् ।
स्तब्ध नभएको भए हुन्थ्यो तर म स्तब्ध भएँ । दोस्रो तल्ला आएपछि म निस्की हाले ।
अब नेपाली मानिससँग अंग्रेजीमा बोलेर बिदा माग्न मन लागेन हात मात्र हल्लाए । फुच्चेले ूनाइस टु मिट यु आन्टीू मात्र होइन ूह्याब अ फनू पनि भनि हाल्यो ।
आमाले गर्वका साथ मलाई हेरिन् ।
एक दिन एक जना आत्मीय दाजु भाउजुको घरमा काम विशेÈले गएकी थिएँ । उहाँहरुका छोराछोरीहरु घरमा अंग्रेजीमा कुरा गरिरहेका थिए । नेपाली सामुदायिक कि्रयाकलापमा धेरै समय बिताउने दाजु भाउजु आफ्ना छोराछोरीसँग अंग्रेजीमै कुरा गरिरहनु भएको थियो । मैले नेपाली बोल्दा छोरा छोरीहरुले अंग्रेजीमा उत्तर दिन्थे । स्कूलमा अंग्रेजीमा बोलिहाल्छौ नी मसँग नेपालीमा बोलन भन्दा उनीहरुले नेपाली बोल्न अप्ठ्यारो लाग्ने बताए ।
दाइको दोस्रो पुस्ताले नेपाली भाÈा र संस्कृतिलाई बिस्रन्छन की भन्ने चिन्ता मिसिएको लेख म आफैले नेपालीमा टाइप गरि दिएकी थिएँ । आफ्नै घर र परिवारबाट नेपाली भाÈा सिकाइनु पर्छ भन्ने कुरामा जोड दिइएको त्यो लेख र यो व्यवहारको तालमेल देखिएन ।
अस्ट्रेलियामा नेपाली भाÈा र संस्कृतिको जगेर्ना गर्न लागि परिरहेको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले यहि श्री पाचमी सरस्वती पूजाको दिन नेपाली बालबालिकाहरुको लागि भनेर एउटा विशेÈ बालकविता गोष्ठीको आयोजना गरेको थियो जसमा िशÈ्रक ूमातृभुमीू थियो । कविता लेख्न त परै जावोस त्यहाँ उपस्थित बालबालिका मध्ये कसैले पनि मातृभूमिको बारेमा एक शब्द बोल्न पनि जानेनन् । संस्थाकी अध्यÔ जानकी पौडेल आफैले आफ्नो छोरा नेपाली भाÈा पढ्न र लेख्न नजान्ने तर बोल्न मात्र जान्ने भएको भन्दै उसले नेपाली भाÈा बिस्रने हो की भन्ने चिन्ताले आफूलाई सताउने गरेको बताउनु भयो । कार्यक्रममा सहभागी सबै अभिभावकहरु आ -आफ्ना बच्चाहरुको नेपाली भाÈाप्रतिको उदासिनताले चिन्तित भएको भावना व्यक्त गरिरहेका थिए ।
एनआरएन अस्ट्रेलियाको भगिनी संगठन नारी निकुाज अस्ट्रेलियाकी उपाध्यक्ष्य सुमित्रा बिस्टलाई पनि यहि चिन्ताले सताएको छ । पहिले पहिले आफूले प्रत्येक साँ´ कम्तीमा एउटा नेपाली शब्द भए पनि लेख्न र त्यसको प्रयोग गर्न आफ्ना छोरीहरुलाई सिकाउने गरेको तर आजकाल कार्य व्यस्तताले गर्दा समय दिन नभ्याएको उहाँ बताउनु हुन्छ । त्यसो त अब छोरीहरु पनि ठूला हुँदै गए उनीहरुको आफ्नै रुची र वृत्त छ । नेपाली भाÈा सिक्ने कुरा उनीहरुको रुचीको िवÈय बन्न सकेको छैन ।
प्रत्येक महिना अस्ट्रेलियाबाट प्रकाशन गरिने नेपाली भाÈाको मासिक पत्रिकाको प्रकाशन गरिरहनु भएका प्रधान सम्पादक डिल्ली ढकालले पनि घरबाटै नेपाली भाÈा बोल्न सिकाउन पहल गर्नु पर्ने भन्दै आजकाल छोराछोरीहरुलाई नियमित रुपमा घर मै आफ्नो भाÈा सिकाउने गरेको बताउनु हुन्छ ।
सार्वजनिक कार्यक्रममा नेपाली भाÈा
करिब एक लाख नेपालीहरु बसोबास गर्ने अस्ट्रेलियामा सिड्नीमा मात्र विभिन्न Ôेत्रमा काम गर्ने करीब ५० ओटा नेपाली संस्थाहरु छन् । तीनले वÈ्रमा कम्तीमा पनि एउटा नभए दुई÷तीन ओटाका दरले कार्यक्रम गर्दा हरेक शनिबार र आईतबार कार्यक्रमहरु जुधिरहेका हुन्छन् ।
गत वÈ्र सम्पन्न भएको ूनेपाल फेस्टिबल २०११ू मा नेपाली पहिरनमा चिटिक्क सजिएका उद्घोÈकहरुको केही सुन्दर जोडीहरु माचमा उतारियो । नेपाली भाÈा र संस्कृतिको उत्थान र विश्व समुदायमा´ नेपाललाई चिनाउने उद्देश्यले गरिएको सो कार्यक्रममा उद्घोÈकहरुले शुद्ध नेपाली शब्दहरु उच्चारण्ँ गर्न नजानेर नेपाली भाÈा र साहित्यलाई माया गर्ने हजारौ सहभागिहरुलाई निराश बनाईदिएका थिए । नक्कल पारेर जिब्रो बटारेर अंग्रेजी लयमा बोलिएका नेपाली शब्दहरुले नेपाली भाÈाको खिल्ली उडाईरहेको देखिन्थ्यो । सार्वजनिक कार्यक्रममा बोल्दा समेत तालीलाई ूथालिू ¬।गरौ लाई ूगडऊ जस्ता अनेकौ सुन्दै अप्ठ्यारो हुने शब्दका उच्चारण्ँहरुले नेपाली भाÈालाई च्यातचुत पारेको देखिन्थ्यो ।
रमाइलो र लाज लाग्दो घटना त ´न् तब भयो जब भर्खरै सम्पन भएको एउटा स्थापित सामुदायिक संस्थाको वािÈ्रक कार्यक्रमकी साचालिकाले नेपाली पढ्न नजानेर रोमनमा लेखिएको कागजका शब्दहरुलाई कनीकुथी नेपालीमा पढिन् । के एनआरएनका दोस्रो पुस्तामा नेपाली पढ्न र शुद्ध बोल्न जाने कोहि पनि छैन त के अब त्यहि नेपाली भाÈा नजान्ने वर्गका अगुवाहरुले यो समुदायको नेतृत्व गर्छन् त
कारण्ँ के होला त
दोस्रो पुस्ता भनेर मैले नेपाली परिवारमा जन्मिएका नवजात शिशु देखि १८ वÈ्र उमेर समुहकालाई वर्गीकरण्ँ गरेकी छु । दोस्रो पुस्ताका नेपालीहरु धेरै यही जन्मिएका छन् भने केहि बाबु आमासँगै सानै छँदा नेपालबाट आएका छन् । जन्मिने बित्तिकै घरमा बाबुआमाबाट नेपाली भाÈा बोल्न सिके ता पनि अलिक ठूलो हुने बित्तिकै ूचाइल्ड केयरू र विद्यालयमा अंग्रेजी बोल्ने साथीहरुसँग संगत हुने र अंग्रेजी मै मात्र अध्ययन गर्नुपर्ने भएकाले उनीहरु स्वत अंग्रेजी बोल्न थालिहाल्छन् ।
यता अधिकांश बाबुआमालाई पनि आफ्ना छोराछोरीले अंग्रेजीमा बोल्न थालेपछि अब उनीहरु यहिका अस्ट्रेलियन सरह भए भनेर दङ्ग परिहाल्छन् । त्यहाँमाथि आफ्नो बाल्यकालमा आफूले फरर अंग्रेजी बोल्न नसकेको कुण्ठा छोरा छोरीले अंग्रेजी बोल्दा गर्बमा परिण्ँत भएको देखिन्छ र उनीहरु स्वयम् पनि छोराछोरीसँग अंग्रेजी मै कुराकानी गर्न थालेपछि दास्ररो पुस्ताले नेपाली भाÈा कहिल्यै पनि सिक्ने मौका नै पाउँदैनन् ।
नेपाली भाÈा सिक्न रुची जाग्ने खालका पर्याप्त सामग्रीहरु बाल पुस्तक बाल साहित्य बाल रुचीका डी भी डी चलचित्रहरु नहुनाले पनि त्यो पुस्ता नेपाली भाÈा सिक्न चाहदँैनन् । नेपाली चलचित्रहरु हेर्न नजाने नेपाली भाÈा र संस्कृति सम्बन्धी कार्यक्रमहरुमा नजाने नेपाली समुदायका साथीभाइहरु प्रशस्त नहुनुले पनि उनीहरु नेपाली भाÈाप्रति निराश देखिएका छन् ।
नेपाली भाषा किन जान्नु पर् यो त
आफ्नो भाÈा र संस्कृति भनेको आफ्नो पहिचान हो । हामी जहाँ गए पनि जति समय बसे पनि आफ्नो पहिचान हामीसँग अटुट रुपमा रहिरहन्छ । अस्ट्रेलियाको नागरिकता लिए पनि हामी अस्ट्रेलियाका नागरिक त हुन्छौ तर अस्ट्रेलियन हुदँैनौ । हामी नेपाली नै रहन्छौँ ।
त्यसमाथि अस्ट्रेलिया एउटा बहुभािÈक र बहु सांस्कृतिक रास्ट्र हो । हरेक कार्यक्रममा अस्ट्रेलिया सरकारका प्रतिनिधिहरु आएर हरेक समुदायलाई अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएको कुरामा जोड दिदँै आफ्नो संस्कृतिको रÔा गर्न आग्रह गर्दछन् । उनीहरु अस्ट्रेलियामा अन्य देशबाट भित्रिएको उनीहरुको मौलिक संस्कृतिलाई अस्ट्रेलियाको सम्पत्ति सरह इज्जत र माया गर्छन् ।
विभिन्न समुदायमा बसेर आफ्नो समुदायलाई प्रवद्र्धन गर्न लागिपरेका अगुवा व्यक्तिहरुलाई अस्ट्रेलियन सरकारले पुरस्कार तथा अवार्डहरुले पनि सम्मान गर्ने गरेको छ । गत वÈ्र मात्र ूद अर्डर अफ अस्ट्रेलियाू बाट समाजसेवी इन्द्रा बन र ूप्राइड अफ अस्ट्रेलियाू बाट ब्यवसायी दीपक विस्ट सम्मानित हुनुभएको थियो । बुझ्नैपर्ने कुरा यो छ की यो देशमा आफ्नो भाÈा र पहिचान बिस्रनेहरुलाई हैन सम्´नेहरुलाई सम्मान र स्थान दिइन्छ ।
भए गरेका पहलहरु
अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएपछि यहाँका सामुदायिक संस्थाहरुले नेपाली बालबालिकाको लागि भािÈक कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यले सन् २०१० मा गोर्खा नेपाली सोसाइटी र गुठि अस्ट्रेलियाले संयुक्त रुपमा नेपाली शब्दमाला स्कूलको स्थापना गरियो । प्रत्येक आईतबार २ घण्टा नेपाली बाल बालिकाहरुलाई यो विद्यालयमा नेपाली भाÈा सिकाइन्छ ।
शब्द माला पाठशालाका वर्तमान अध्यक्ष्य सर्वेन्द्र श्रेष्ठ अस्ट्रेलिया आउने बित्तिकै आफ्ना छोरा छोरीसँग अंग्रेजीमा कुरा गर्नुहुन्थ्यो । उहाँको आफ्नै शब्दमा ूअंग्रेजीमा कुरा गर्दा आफूलाई गर्वको अनुभुति हुन्थ्यो छोरा छोरीले एक दुई हप्तामै अंग्रेजी फरर बोल्न र लेख्न सिके तर नेपाली भाÈा बिसर्ी हाले अब जति नै नेपाली सिकाए पनि उनीहरु पहिलो कुरा त सिक्न चाहदैँनन् र दोस्रो कुरा सिक्न पनि उनीहरुलाई गाह्रो हुन्छू । त्यसपछि उहाँलाई आफूले गल्ती गरेछु भनेर पश्चाताप भयो ।
नेपाल जनजाति माच अस्ट्रेलियाले करीब १ वÈ्र अगाडि देखि अस्ट्रेलियन सरकारको सहयोगमा नेपाली राष्ट्रिय भाÈाका संरÔण्ँ कÔाहरु साचालन गरिरहेको छ । माचका अध्यक्ष गण्ँेश तामाङका अनुसार यो कÔा अन्तर्गत हरेक राष्ट्रिय भािÈक संस्थाले बैठक गर्दा आफ्नो मातृ भाÈामा गर्ने आफ्ना कार्यक्रमहरुमा आफ्नो भाÈालाई प्रयोग गर्ने र नयाँ पुस्ताका बालबालिकाहरुलाई राष्ट्रिय र राष्ट्रभाÈा घर परिवारबाट नै सिकाउनु पर्ने कुरामा जनचेतना अभिवृद्धिदेखि पालना समेत गर्ने गरेको बताउनुहुन्छ ।
विकल्पका मार्गहरु
सम्पूण्र्ँ नेपालीहरुलाई एकताको मालामा गाँस्ने राष्ट्रियताको एउटा सशक्त अभिव्यक्ति भनेको आफ्नै भाÈा हो । बदलिँदो समयसँगै प्रवासिएका नेपालीहरुको दोस्रो पुस्ता अब विश्वभरि फैलिसकेको छ । प्रवासी नेपालीको पहिलो पुस्ताले आफ्नो दोस्रो पुस्तालाई आफ्नो भाÈा र संस्कृति सिकाउन जागरुक भएन भने उनीहरुको नेपालसँगको सम्बन्ध मात्र टुट्दैन कि विदेशमा आफ्नो पहिचान पनि हराउनेछ । अतः पहिलो र महत्वपूण्र्ँ काम भनेको आफ्नो घरमा नेपाली भाÈामा कुरा गर्नु नै हो । त्यसबाहेक आफ्ना बच्चालाई हरेक दिन नेपाली अÔर र शब्दहरु पढ्न र लेख्न पनि सिकाउनु पर्छ । नेपाली बाल साहित्यका किताबहरु पढ्न दिने र उनीहरुलाई आफ्नो भाÈामाथि सम्मान र गर्व गर्न सानैदेखि सिकाउनु पर्छ । नेपालीहरुको समुदायमा घुलमिल गरायो भने उनीहरु आफ्नै उमेर समुहका बच्चाहरुसँग नेपाली मै कुरा गर्न पाएर दङ्ग पनि पर्छन् ।
नेपाली भाÈा र संस्कृतिको उत्थानमा लागेका नेपाली संस्थाहरुको कार्यक्रममा उनीहरुलाई लागिराख्यो भने उनीहरुले नेपाली भाÈा र संस्कृतिको बारेमा जानकारी र निरन्तर सम्पर्कमा रहन पाउछन् । आफ्नो ठाउँमा खुलेका नेपाली भाÈा पाठशालामा हरेक सप्ताहान्तमा केही घण्टा समय निकालेर अभिभावकहरुले बच्चाहरुलाई लागि दियौँ भने पनि उनीहरुले नेपाली भाÈा रुचीपुर्वक सिक्नेछन् ।
यति मात्र गर्न सक्यौँ भने पनि बिस्तारै एन आर एनका दोस्रो पुस्ताले कसले अंग्रेजको जस्तो अंग्रेजी बोल्ने भनेर प्रतिस्पर्धा हैन कसले नेपाली राम्ररी बोल्न सक्छ भनेर प्रतिस्पर्धा गर्नेछन् । नेपाली बोल्न प्रोत्साहन दिनु र उचित वातावरण्ँ तयार गर्नु नै अहिले हाम्रो दायित्व हो ।

0 प्रतिकृया:

Post a Comment